— डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा शुक्रबार शानदार सुरुआत लिएको छ । उसले बर्नलीलाई ३–० ले हरायो र त्यसमा इर्लिङ हालान्डले दुई गोल गरे ।
तर सिटीको यो जित केभिन डे ब्रुएनाले बेहोरेको चोटका कारण ओझेलमा पर्यो । ह्याम्सट्रिङ इन्ज्युरीका कारण ब्रुएनाले केही साता खेल गुमाउन सक्ने छन् ।
हालान्डले ४ र ३६ औं मिनेटमा गोल गरेयता रोड्रीले ७५ औं मिनेटमा तेस्रो गोल थपे । सिटी लगातार चौथो पल्ट लिग उपाधि जित्ने पहिलो क्लब हुने प्रयासमा छ ।
स्पेनी ला लिगा पनि शुक्रबारदेखि सुरु भएको छ र त्यसको पहिलो खेलमा भ्यालेन्सियाले सेभियालाई २–१ ले हरायो । भ्रमणकारी सेभियाका लागि २० वर्षीय खेलाडी ज्याभी गुएराले ८८ औं मिनेटमा निर्णायक गोल गरे ।
यसैबीच फ्रान्सेली लिग वानको शुक्रबार भएको उद्घाटन खेलमा निस र लिलेले १–१ को बराबरी खेले ।