मुख्य समाचार
लघुवित्तमा दोहोरो ऋणी करिब १० लाख
लघुवित्तमा दोहोरो ऋणी करिब १० लाख

: लघुवित्त वित्तीय संस्थामा दोहोरो ऋण लिनेको संख्या १० लाखभन्दा बढी भएको पाइएको छ। यसअघि करिब ३४ लाख ऋणी सदस्य रहेको तथ्यांक थियो।

तर, दोहोरो ऋणीको संख्या हेर्दा वास्तविक रूपमा २४ लाख मात्र ऋणी रहेको देखिएको छ। एक जनाले २ देखि १५ वटासम्म लघुवित्त संस्थाबाट ऋण लिने गरेका छन्।

दोहोरो ऋणका कारण अधिकांश ऋणीले व्याज र किस्ताको धेरैबोझ हुँदा तिर्न नसकेपछि आन्दोलन समेत गर्दै आएका छन्। यद्यपि राष्ट्र बैंकले एउटा ऋणी सदस्यलाई बढीमा २ वटासम्मको लघुवित्तबाट मात्रै ऋण दिन निर्देशन दिएको थियो।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आइतबार आयोजित स्वावलम्वन विकास केन्द्रको ३२ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै सरसर्ती हेदा झण्डै ३३–३४ लाखले लघुवित्तबाट ऋण लिएको तथ्यांक रहेको तर दोहोरो कर्जा प्रवृत्तिलाई केलाएर हेर्दा वास्तवमा लघुवित्तमा २३–२४ लाख ऋणी सदस्य रहेको जानकारी दिए।

यसैक्रममा अहिले लघुवित्तका लागि चुनौतीपूर्ण समय रहेको उनको भनाइ छ। गभर्नर अधिकारीले भने, ‘लघु उद्यमका काम भइरहँदा कतिपयले लघुवित्त चाहिँदैन भन्दै आएको देखिन्छ। कतिपय लघुवित्त संस्थाहरूले यसको सिद्धान्त, मर्मभन्दा बाहिर गएर काम गरिरहेको भन्ने छ। लघुउद्यमीहरूलाई अभिमुखीकरण पनि नपुगेको अवस्था पनि छ।’

नेपालमा वित्तीय पहुँच पुर्‍याउन र वित्तीय समावेशी कायम गर्ने शिलशिलामा लघुवित्तले दिएको योगदान महत्वपूर्ण रहेको गभर्नर अधिकारीले बताए। राष्ट्र बैंक नियामक निकाय भएकाले यसको नीतिमा केही कमीकमजोरी भए त्यसलाई परिमार्जन गर्दै लैजानेमा गभर्नर अधिकारी सकारात्मक देखिन्छन्।

‘लाईसेन्स पाएका लघुवित्तमा पनि केहि कमी कमजोरी भए केही सुधार गरेर लैजाने छौं। थप स्रोत साधनसहितको थप बलियो लघुवित्तीय प्रणाली नेपालमा लागू गर्दै लैजानुपर्ने छ। जसले समग्र आर्थिक विकासका लागि थप टेवा पुर्‍याउन सहयोग पुग्ने छ। साना साना रकममा आवश्यक पर्ने वित्तीय सेत साधनको उपलब्धता अरू संस्थाबाट पाउन गाह्रो हुन्छ’, गभर्नर अधिकारीले भने।

यसैकारण केन्द्रीय बैंकले प्रमोट गरेर नेपालमा ग्रामीण बैंकिङको अवधारणा सुरु गरेको हो। सँगसँगै फिंगोमार्फत आएर लघुवित्त प्रणाली नेपालमा लागू भएको हो।

स्वावलम्वन विकास केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठले लघुवित्तको ऋण दुरुपयोग हुनेगरी प्रयोग भएकाले बढी विकृति देखिएको बताए।

लघुउद्यम गर्न लिएको ऋण महंगो स्कुलमा पढाउने र चाहेको सुविधा दिने, अनेक रमाइलो गर्ने गतिविधि लगाउँदा आर्थिक गतिविधि गरी आम्दानी बढाउने काममा नलागेकाले दुरुपयोग भएको उनको भनाइ छ। उनी भन्छन्, ‘ऋण लिएर आर्थिक कारोबार गरी स्तर उकास्न लागि पर्नुपर्ने परिवारका सदस्यहरू बीच फजुल खर्चको बानी भयो। लघुवित्त कर्मचारीलाई पनि रमाइलो, पहिलो जस्तो मिहेनत र दुःख गर्नु परेन। कर्जा असुली गर्ने बैठक भए हुन्छ नभए हुँदैन। हप्ता हप्तामा हुने बैठक मासिक बनाए।’

लघुवित्तको उद्देश्य सिद्धान्त, मूल्यमान्यता, मर्म, संस्कार विधि भत्काउदै अगाडि बढेकाले लघुवित्तबाट लिएको कर्जाको उपयोग नहुँदा विकृती देखिएको उनको भनाइ छ। सरदरमा एउटा ऋणीले ५ वटा संस्थाबाट ऋण लिएको मान्ने हो भने पनि ७ लाख परिवारले मात्र कर्जा लिएको देखिन्छ’, उनले थपे।

यससँगै स्वावलम्वन विकास केन्द्रको प्रबन्ध समिति सदस्य डा. सुमित्रा मानन्धर गुरुङले धनी र गरिब बीचको खाडल पुर्ने नीतिअनुरुप सुरु गरिएको लघुवित्त आज केही हदसम्म पूरा भएको बताइन्। संस्थाले उत्कृष्ट लघुउद्यमी र लघुउद्यमलाई पुरस्कार तथा प्रशंसा पत्र प्रदान गरेको छ।

यसैक्रममा उत्कृष्ट लघुउद्यमी सदस्य पुरस्कार तीन जना महिला सदस्यमा स्वावलम्वन लघुवित्त वित्तीय संस्थाकी सदस्य बबिता मारेम्लुङ (राई), युनिक नेपाल लघुवित्त वित्तीय संस्थाकी सदस्य फूल कुमारी थारु र उपकार लघुवित्त वित्तीय संस्थाको प्रेम कुमारी बली रहेका छन्।

यस्तै, संस्थागत रुपमा प्रदान गरिने लघुउद्यमशीलता विकास पुरस्कारमा सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र शंकर मान श्रेष्ठ लघुवित्त पुरस्कार छिमेक लघुवित्त वित्तीय संस्थाले प्राप्त गर्न सफल भएका छन्।

यस्तै बनेपाको मानुषी लघुवित्त वित्तीय संस्था, मोरङको जीवन विकास लघुवित्त वित्तीय संस्था र दाङको नेपाल महिला सामुदायिक सेवा केन्द्रलाई प्रशंसापत्र प्रदान गरिएको छ।

यससँगै, मोरङको जीवन विकास लघुवित्त वित्तीय संस्थाको तालिम विभाग प्रमुख रन्जना निरौला, स्वावलम्वन विकास केन्द्र प्रबन्ध समितिका सदस्यहरूलाई प्रशंसापत्र वितरण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कन्टेनरको उचित व्यवस्थापन नहुँदा सिर्सिया सुक्खा बन्दरगाहमा फेरि कन्टेनरको चाङ लागेको छ । हाल बन्दरगाह परिसर खाली र मालवाहक कन्टेनरले भरिएको छ । बिहीबार बन्दरगाह परिसरमा १ हजार ७ सय ६५ खाली र ९ सय ९० मालबाहक समेत गरी २ हजार ७ सय ५५ कन्टेनर रहेका छन् । इन्टरमोडल यातायात विकास समिति वीरगन्जका प्रमुख ...
— एसियाली विकास बैंक (एडीबी) ले विभिन्न तीन परियोजना कार्यान्वयन गर्न १ खर्ब ५ अर्ब ६१ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । सहायता रकममध्ये ६ अर्ब ५२ करोड रुपैयाँ अनुदान हो भने बाँकी रकम सहुलियतपूर्ण ऋण हो । दोस्रो चरणको काठमाडौं उपत्यका खानेपानी आपूर्ति सुधार परियोजना, दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) विद्युत् प्रसारण तथा वितरण सुदृढीकरण ...
: उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वदेशी र विदेशी निजी लगानीलाई वृद्धि गर्न आवश्यक रहेको बताएका छन्। थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्त सम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकको समापनमा अध्यक्षका हैसियतले सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले एसिया र प्रशान्त क्षेत्रमा सार्वजनिक पूँजीले मात्र वित्तीय आवश्यकता पूरा गर्न नसक्ने भएकाले निजी ...
— नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नौ अर्ब ११ करोड ३२ लाख बराबरको नाफा कमाएको छ । यो करकट्टी गर्नुअघिको नाफा हो । चालु आवको साउनदेखि असोज मसान्तसम्म ब्याज तथा अन्य आम्दानी समेत कूल आम्दानी ४१ अर्ब ८० करोड ६८ लाख रहेको छ । यस्तै ३२ अर्ब ६९ करोड ३६ लाख बराबरको ...
: विकास साझेदारबाट लगानीको प्रत्याभूति नहुँदा माथिल्लो अरुण जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन प्रभावित भएको छ। १०६३ मेगावाटको अर्धजलाशययुक्त आयोजनामा विश्व बैंकको नेतृत्वमा एसियाली विकास बैंक (एडीबी), जाइका लगायतका साझेदार निकायले लगानी गर्ने भन्ने थियो। तर, सन् २०२४ को अक्टोबरमा गर्ने भनेको वित्तीय व्यवस्थापन अहिलेसम्म हुन सकेको छैन। आयोजनाको लगानी भूराजनीतिक कारणले अनीर्णित बनेको स्रोत बताउँछ। ...