मुख्य समाचार
अब वर्षा कम हुँदै जाने
अब वर्षा कम हुँदै जाने

काठमाडौं : गत शुक्रबार रातिदेखि परेको अविरल वर्षा सोमबारबाट केही कम भएको छ । शनिबार र आइतबारको तुलनामा अबको एक–दुई दिन वर्षा कम हुने जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर छ । अबको केही दिन मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर नै रहने हुनाले मनसुनी वर्षा कम हुने महाशाखाको पूर्वानुमान छ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा अहिले देशभर आङ्शिकदेखि सामान्य बदली छ । कोशी र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

रातिको समयमा पनि कोशी,मधेश,बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

वर्षाले नदीमा पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग,बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

आज कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा जलसतह घट्दो र सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आज ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सङ्खुवासभा, कास्की लमजुङ, बझाङ, बैतडी, दार्चुला, डडेलधुरा, कन्चनपुर र आसपास भई बहने केही स–साना नदीहरुमा बहाब बढ्नसक्ने पूर्वानुमान रहेकोले तटीय क्षेत्रमा सामान्य सनकर्ता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका अनुसार भोलि र पर्सी देशभरका प्रमुख नदीमा जलसतह घट्दो हुने तथा सतर्कता तहभन्दा तल हुने,नदी तटीय क्षेत्रका क्रियाकलाप उच्च सतर्कताका साथ गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रख्यात सामाजिक सञ्जाल प्लाटफर्म टिकटक अन्ततः नेपालमा आधिकारिक रूपमा सूचीकृत भएको छ । योसँगै कम्पनीले नेपालमा आफ्नो मुख्य सम्पर्क व्यक्तिसमेत तोकेको छ । टिकटकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत भएको पत्र मंगलबार बुझेको थियो । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, ०८० बमोजिम सञ्चार मन्त्रालयमा सूचीकृत हुन कम्पनीले कात्तिक पहिलो साता प्रक्रिया अघि बढाएको थियो । यो ...
। टिकटक नेपालमा आधिकारिक रुपमा दर्ता भएको छ । सरकारले राखेका सबै शर्त र नेपालका कानुनी व्यवस्था मान्न तयार भएपछि गत १९ भदौमा टिकटक माथिको प्रतिबन्ध हटेको थियो । सोही शर्तअनुसार सबै प्रक्रिया पूरा गरेर निवेदन दर्ता गरेपछि टिकटक नेपालमा दर्ता भएको हो । यसअघि भाइबर र विटक नेपालमा दर्ता भएका थिए । टिकटक नेपालमा दर्ता ...
प्रयोगकर्ताको सुरक्षा तथा गोपनीयतालाई ध्यानमा राख्दै विभिन्न नयाँ फिचर्सको घोषण गरेको छ । गुगल मेसेजका लागि निकै महत्वपूर्ण पाँचवटा फिचर्स थप गरिंदैछ । ती फिचर्सले प्रयोगकर्तालाई केवल साइबर ह्याकर तथा साइबर ठगहरुबाट मात्रै बचाउने छैनन् निर्वस्त्र तस्वीर आउँदा त्यसलाई धमिलो अर्थात् ब्लर गरिदिनेछ । गुगलले आफ्नो ब्लग पोस्टमा बताए अनुसार उसले अब प्रयोगकर्तालाई स्पाम टेक्स्ट तथा ...
। सरकारी कार्यालयको वेबसाइटमा एकरुपता कायम गर्ने निर्णय भएको छ । सोमबार सिंहदरबारमा बसेको सचिव बैठकले सरकारी कार्यालयको वेबसाइटलाई एकै खालको बनाउँदै अद्यावधिक गर्ने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विकास गरी प्रयोगमा ल्याएको एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीलाई सबै सरकारी निकायले प्रयोग गर्ने निर्णय पनि गरेको छ । बैठकले सरकारी इमेलको प्रयोग एवं सुरक्षाका ...
कम्पनीले खाना भत्ताबापत दिएको रकम कपडा धुने डिटरजेन्ट, वाइन गिलास र डण्डिफोर उपचार प्याडको खरिदमा खर्चिने करिब दुई दर्जन कर्मचारीलाई फेसबुकको मातृ कम्पनी मेटाले बर्खास्त गरेको छ । लस एन्जल्सस्थित कार्याल्यमा कार्यरत ती कर्मचारी खाना भत्ताको रकम दुरुपयोग गरेको आरोपमा बर्खास्तीमा परेका हुन् । मेटाले आफ्ना ठूला कर्पोरेट कार्यालयमा कार्यरत कर्मचारीहरुका लागि आफ्नै भव्य क्याफेटेरियामा नि:शुल्क रुपमा ...