म्यान्मारमा खानीमा पहिरो जाँदा २५ जना बेपत्ता
म्यान्मारमा खानीमा पहिरो जाँदा २५ जना बेपत्ता

म्यानमारको दुर्गम क्षेत्रमा रहेको जेड (बहुमुल्य पत्थर) खानीमा गएको पहिरोमा परी कम्तीमा २५ जना बेपत्ता भएको उद्धारकर्मीले बताएका छन् ।

सन् २०२० मा सयौं खनिकहरू पहिरोमा फसेका उत्तरी काचिनको हापाकान्त नगर नजिकै आइतबार भएको यो घटना मुसलधारे वर्षा र बाढीले देशको अधिकांश भाग जलमग्न भएको केही दिनपछि भएको हो ।

अत्यधिक आकर्षक जेड खनन उद्योग प्रायः अनियमित छ, जसका लागि आप्रवासी कामदारहरूले खतरनाक अवस्था र अक्सर घातक दुर्घटनाहरू सहन्छन् ।

नाम नबताउने शर्तमा एक उद्धारकर्मीले एएफपीसँग भने, 'करीब २५ व्यक्ति वेपत्ता भएको पुष्टि भएको छ । यहाँ पुग्न निकै कठिन छ त्यसैले हामीलाई विस्तृत सूची प्राप्त भएको छैन ।'

उनले १५०–१८० मिटर (५००–६०० फिट) अग्लो माटोको विशाल थुप्रो तीव्र वर्षाले गलेको र भत्किएको बताए ।

खोजी र उद्धार कार्य जारी रहेको तर जेड भेट्टाउने आशामा केही कामदार आफ्नो शरिरको जोखिम मोलेर पनि घटनास्थलमा फर्किसकेका उनले बताए । उनले भने, 'अहिलेसम्म कुनै पनि शव फेला परेको छैन ।'

अर्का एक उद्धारकर्मीले एएफपीसँग कुरा गर्दै दोस्रो पटक पहिरो खस्ने डरका बाबजुद पनि उद्धारको प्रयास जारी रहेको पुष्टि गरेका छन् ।

आपतकालीन समूह ‘म्यान्मार रेस्क्यु’मा रहेका ती व्यक्तिले नाम नबताउने शर्तमा भने, 'उद्धारकर्मीका लागि वेपत्ताको खोजी गर्नु सुरक्षित छैन ।'

वर्षायाममा खानी सञ्चालन बन्द गरिएको भए पनि पहिरोमा फसेका स्थानीयले सहजै धनी बन्ने लालसामा खानीभित्र गएको वेला दुर्घटना भएको हुनसक्ने उनले बताए ।

छिमेकी मुलुक चीनमा अत्यधिक लोभलाग्दो रत्न कोर्न कम तलब पाउने आप्रवासी कामदारको प्रयोग गर्ने कमजोर नियमन गरिएको तर आकर्षक जेड उद्योगमा काम गर्दा वर्षेनी दर्जनौँको मृत्यु हुने गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...