क्षेप्यास्त्र उत्पादन बढाउन किम जोङ उनको निर्देशन
क्षेप्यास्त्र उत्पादन बढाउन किम जोङ उनको निर्देशन

उत्तर कोरियाली नेता किम जोङ उनले आगामी हप्ता दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले संयुक्त अभ्यासको तयारी गरिरहेका बेला प्रमुख हतियार कारखानाको भ्रमणका क्रममा क्षेप्यास्त्र उत्पादनमा ‘व्यापक वृद्धि’ गर्न निर्देशन दिएका छन्।

किमले गत हप्ता एक महत्वपूर्ण सैन्य बैठकमा युद्धको तयार लाई तिव्रता दिन आह्वान गरेपछि शुक्रबारदेखि शनिबारसम्म यी हतियार कारखाना (प्लान्ट) हरुको भ्रमण भएको हो ।

कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए) का अनुसार किमले दुई दिनसम्म गरेको निरीक्षणमा सामरिक क्षेप्यास्त्र उत्पादन गर्ने कारखाना, ठूलो क्यालिबर कन्ट्रोल मल्टिपल रकेट लञ्चर शेलका साथै बख्तरबन्द लडाकु गाडी निर्माण गर्ने प्लान्टको भ्रमण पनि समावेश छ ।

रणनीतिक क्षेप्यास्त्र प्लान्ट फ्याक्ट्री भ्रमणका क्रममा किमले प्लान्टले उत्पादनमा उत्पन्न हुने वैज्ञानिक र प्राविधिक समस्यालाई परिपूर्ण बनाएको र हतियारको आधुनिकीकरणलाई अघि बढाएकोमा सन्तुष्टि व्यक्त गरेका थिए।

केसीएनएका अनुसार उनले विद्यमान क्षेप्यास्त्र उत्पादन क्षमतामा व्यापक वृद्धि गर्ने महत्वपूर्ण लक्ष्य राख्दै युद्धको तयारीलाई तीव्रता दिन कारखानाको भूमिकामाथि जोड दिएका छन्।

किमले ‘गोलाबारूदको उत्पादनमा वृद्धि सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् भने उनी आँफैले बख्तरबन्द लडाकू वाहन चलाएको तस्बीरसमेत सार्वजनिक गरिएको छ ।

सरकारी रोडोङ सिनमुन पत्रिकाले सार्वजनिक गरेको तस्बिरमा किम उत्तर कोरियाले ‘हालै विकसित युटिलिटी कम्ब्याट बख्तरबन्द गाडी’को चालकको सिटमा बसिरहेको देखिन्छन्।

किमले ट्रान्सपोर्टर इरेक्टर लञ्चर उत्पादन गर्ने कारखानाको पनि निरीक्षण गर्दै मोबाइल प्लेटोर्मको विकास र उत्पादनको महत्वमा जोड दिएका थिए।

'उत्तर कोरियाली सेनासँग ‘ठूलो सैन्य बल’ हुनुपर्छ र शत्रुविरुद्ध कुनै पनि समयमा कुनै पनि युद्धको सामना गर्न पूर्ण रूपमा तयार हुनुपर्छ,' किमलाई उद्धृत गर्दै केसीएनएले उल्लेख गरेको छ, 'यदि उनीहरूले आक्रमण गरे भने उत्तर कोरियाले उनीहरूमाथि धावा बोल्ने हैसियत रहनुपर्ने छ ।'

दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले अगस्ट २१ देखि अगष्ट ३१ सम्म हुने वार्षिक उल्ची फ्रिडम शिल्ड (युएफएस) अभ्यासको तयारी गरिरहेका बेला यो निरीक्षण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...