साउदी क्लबमा नेमार
साउदी क्लबमा नेमार

पेरिस : ब्राजिलका स्टार फुटबलर नेमार साउदी अरेबियाको प्रो लिग क्लब अल हिलालमा आबद्ध भएका छन्। उनले अल हिलालसँग दुई वर्षको सम्झौता गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। साउदी लिगमा आवद्ध हुने नेमार पछिल्ला स्टार खेलाडी हुन्। यसअघि पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलगायत थुप्रै खेलाडी साउदी अरेबियामा बसाइ सरिसकेका छन्।

नेमार स्थानान्तरणका लागि अल हिलालले ९० मिलियन युरो तिरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। उनी सन् २०२५ को जुन ३० सम्म अल हिलालमा रहने जनाइएको छ। ३१ वर्षीय फरवार्ड सन् २०१७ मा कीर्तिमानी २२२ मिलियन युरोमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा आबद्ध भएका थिए।

नेमारले पेरिस छाड्ने चर्चा चुलिएपछि क्लबले पनि उनलाई टोलीमा समावेश गरेको छैन। शनिबार भएको लिग वानको पहिलो खेलमा पीएसजीले उनलाई टोलीमा समावेश गरेको थिएन। पीएसजीका मुख्य प्रशिक्षक लुइस एनरिकले पनि उनलाई नसमेटिकन नयाँ सिजनको योजना बनाएका थिए। पीएसजी छाड्ने नेमार दोस्रो स्टार खेलाडी हुन्। यसअघि अर्जेन्टिनाका सुपर स्टार लियोनल मेसी पनि पीएसजीको बसाइ छोट्¥याउँदै अमेरिकी क्लब इन्टर मियामीमा आबद्ध भएका थिए। फ्रान्सका स्टार फरवार्ड केइलिन एमबाप्पे भने यो सिजन पीएसजीमै बस्ने भएका छन्। उनी आइतबार मात्रै क्लबको नियमित प्रशिक्षणमा फर्किएका थिए। पीएसजीमा उनको भविष्यलाई लिएर विभिन्न अड्कलबाजी भइरहँदा उनी अभ्यासमा फर्किएका थिए।

नेमारले अल हिलाल पुगेर मेडिकल गर्ने जनाइएको छ। अल हिलालले नेमारलाई यसै साता आफ्ना समर्थकसमक्ष प्रस्तुत गर्ने जनाएको छ। अल हिलालमा नेमारले १० नम्बरको जर्सी लगाउने भएका छन्।

–एजेन्सी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...