मुख्य समाचार
मलद्वार नभएको शिशुको सफल शल्यक्रिया
मलद्वार नभएको शिशुको सफल शल्यक्रिया

विराटनगर : जन्मदेखि नै मलद्वार नभएका शिशुको जटिल शल्यक्रिया भएको छ। भारत बिहार राज्यको फारविसगंजका ९ महिने शिशुको पारस अस्पताल विराटनगरमा सफल शल्यक्रिया भएको हो।

अस्पतालका निर्देशक डा. सफिर रहमानको नेतृत्वको चिकित्सकको टोलीले करिब ५ घण्टा लगाएर शल्यक्रिया गरेर मलद्वार बनाएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत हेमनारायण मेहताले जानकारी दिए । अस्पतालमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर अस्पतालले सफल शल्यक्रिया गरेर डिस्चार्ज गरेको जानकारी दिए ।

फारबिसगंजका मो ईस्तीकारको दोस्रो सन्तानको रुपमा जन्मेको छोराको मलद्वार नहुँदा देब्रे तर्फको ठूलो आन्द्रामा प्वाल बनाएर दिसा निकाल्ने व्यवस्था गरिएको थियो। डा. सफिर रहमामनका अनुसार ठूलो आन्द्रा बाहिर निस्केका बेला शिशुलाई उपचारका लागि अस्पताल ल्याएको जानकारी दिए ।

बालकका परिवार आर्थिक अवस्था कमजोर भएकाले अस्पतालले सामान्य खर्चमा ठूलो शल्यक्रिया गरेर मलद्वार बनाएको बताए । पटनमा शल्यक्रिया गराउन जाँदा स्वास्थ्य चेकजाँचमा नै ५० हजार खर्च भएको र शल्यक्रिया गर्दा अझै धेरै रकम लाग्ने अस्पतालले जनाएपछि शिशुलाई घरमा नै राखिएको थियो ।

पारस अस्पतालमा कम खर्चमा जटिलभन्दा जटिल शल्यक्रिया गर्ने गरेको थाहा पाएर अस्पताल आएको र चिकित्सकले सामान्य खर्चमा शल्यक्रिया गरी छोराको ज्यान जोगाएको इस्तीकारले बताए । चिकित्सकले औषधि र वेड समेत निशुल्क गरिदिएको उनले बताए ।

चिकित्सक रहमानले रेकटल मालफामेसन भएका शिशुलाई शल्यक्रिया गरेर एनो प्लाष्टिक बनाएको बताए । बच्चा पूर्णरुपमा स्वस्थ्य रहेकाले डिस्चार्ज गरेको उनले बताए । उनका अनुसार एक महिनामा बच्चाले मलद्वारबाट नै सामान्य रुपमा दिसा गर्ने दावी गरे ।

सो अस्पताले विपन्न तथा गरिबलाई निशुल्क उपचार गर्न गिरिजाप्रसाद कोईराला फाउन्डेसन कोशी प्रदेशसँग सम्झौता गरेर विपन्न तथा गरिबको निशुल्क उपचार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जापानिज इन्सेफ्लाइटिसबाट मुलुकभर १४ जनाको ज्यान गएको छ। इन्सेफ्लाइटिसबाट हुने मृत्युदर २२ दशमलव ९५ प्रतिशत छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, शंकास्पद बिरामीबाट संकलन गरिएका ६ सय ९५ नमुनामध्ये ६१ वटामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएको छ। प्रयोगशालामा पुष्टि भएका केसहरूमध्ये १४ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा कैलाली, कपिलवस्तु, पाल्पा, चितवन, सिन्धुली, ...
। यस वर्षको मनसुन सुरु भएयता जापानी इन्सेफ्लाइटिस (जेइ) को संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार १५ साउन यता जापानी इन्सेफ्लाइटिस संक्रमितको संख्या ५३ पुगेको हो । गत वर्षको तुलनामा यस वर्ष मृत्यु संख्या बढेको देखिएको छ । गत वर्ष जापानी इन्सेफ्लाइटिस संक्रमणबाट ६ जनाको मृत्यु ...
। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधन गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग राय माग गरेको छ । अस्पतालमा उपचारका सिलसिलामा चिकित्सकमाथि हुने आक्रमण नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले कानुन संशोधनका लागि कानुन मन्त्रालयसँग राय माग गरेको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए । चिकित्सकहरूले उपचारकै क्रममा बेलाबखत आफूमाथि आक्रमण तथा धम्की आउने गरेको भन्दै सुरक्षा ...
: वीरगन्जको नारायणी अस्पतालमा क्यान्सर रोगको उपचार सेवा सुरु भएको छ। मधेश प्रदेशमै पहिलो पटक वीरगन्जको नारायणी अस्पतालमा भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा क्यान्सर रोगको उपचार सेवा मंगलबारदेखि सुरु गरिएको हो। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नारायणी अस्पतालमा क्यान्सर उपचार सेवा र उक्त उपचार हुने अंकोलेजी वार्डको शुभारम्भ गरे। त्यसपछि आयोजित समारोहमा नारायणी ...
। निजी मेडिकल कलेजहरुले चिकित्साशास्त्रको स्नातकोत्तर तह (पीजी) पढाउन अस्वीकार गरेका छन् । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पीजी) अन्तर्गतको एमडी, एमएस र एमडीएसका लागि सिट संख्या माग गर्न निजी मेडिकल कलेजहरुलाई शुक्रबारसम्म समय दिएको थियो । पीजीका लागि मेडिकल कलेज तथा प्रतिष्ठानहरुले स्वमूल्यांकन गरी आफ्ना संस्थामा कुन विषयमा कति सिट आवश्यक छ भनेर माग दाबी गर्दै ...