मुख्य समाचार
हिमाल चढे लामखुट्टे, कर्णालीमा डेंगु
हिमाल चढे लामखुट्टे, कर्णालीमा डेंगु

: कुनै समय कीटजन्य रोग गर्मी मौसम अर्थात तराईका जिल्लामा बढी देखिन्थ्यो। तर, पछिल्लो समय कीटजन्ज रोगको संक्रमण हिमाली जिल्लामा पनि देखिन थालेको छ। लामखुट्टेको टोकाइबाट सर्ने र संक्रमण हुने रोगहरू हिमालमा पनि देखिन थालेका छन्। चिसो मौसमका कारण विगतमा हिमाली क्षेत्रमा नदेखिने रोगहरू हिजोआज देखिन थालेका हुन्।

यसको एउटा उदारण मात्रै हो डेंगु संक्रमणको। तराइ र भित्री मधेसका जिल्लामा महामारीको रूपमा देखिने गरेको डेंगुको संक्रमण पछिल्लो समय कर्णालीका हिमाली जिल्लामा पनि देखिन थालेको छ। केहीवर्ष अघिसम्म सुर्खेत र वीरेन्द्रनगरमा मात्र छिटफुट देखिने डेंगुको संक्रमण विस्तारै कर्णालीका पहाडी र हिमाली जिल्लामा पनि देखिन थालेको हो। तापक्रम वृद्धि भएसँगै हिमालमा पनि कीटजन्य रोगहरू देखिन थालेपछि स्वास्थ्यकर्मीहरू चिन्तित बनेका छन्।

कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका अनुसार हिमाली जिल्ला जुम्लामासमेत लामखुट्टेको टोकाइबाट हुने डेंगुको संक्रमण देखिएको छ। यस्तै पहाडी जिल्लाहरूमा पनि यसको संक्रमण बढ्दो क्रममा रहेको छ।

निर्देशनालयका अनुसार चालू आर्थिक वर्षको सुरुवातसँगै कर्णालीमा हालसम्म २२ जनामा डेंगुको संक्रमण भएको छ। जसमा प्रदेश राजधानी सुर्खेतमा मात्र १३ जनामा डेंगुको संक्रमण देखिएको छ। यस्तै हिमाली जिल्ला जुम्लामासमेत ४ जनामा डेंगु संक्रमण भएको छ। त्यसैगरी पहाडी जिल्ला रुकुम पश्चिममा २ जना, दैलेख, सल्यान र कालीकोटमा एक÷एक जनामा संक्रमण देखिएको निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए।

हिमालमा बढ्दै गएको तापक्रम र विकास भएको सडक सञ्जालका कारण सवारी साधनसँगै हिमालमा पनि कीटजन्य रोग देखिन थालेको स्वास्थ्यकर्मीको भनाइ छ। ‘हिमालमा गाडीको आवतजावत भएसँगै लामखुट्टे पनि पुगे’ स्वास्थ्य शिक्षा अधिकृत कँडेल भन्छन्, ‘विस्तारै कीटजन्य रोगहरू पनि हिमाल चढ्न थाले, हिमाली जिल्लाहरूमा पनि डेंगु फैलिन थाल्यो।’ बदलिँदो मौसमका कारण कर्णालीका प्रायः जिल्लाहरूमा डेंगुको संक्रमण् फैलिंदो क्रममा रहेको उनको भनाइ छ। हिमालमा पनि कीटजन्य रोगको संक्रमण हुन थालेपछि स्वास्थ्यमा नयाँ चुनौती थपिएको स्वास्थ्यकर्मीहरू बताउँछन्। समयमै यसको नियन्त्रणमा लाग्नुपर्ने उनीहरूको सुझाव छ।

कर्णालीमा हालसम्म डेंगुको संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। तर, संक्रमणको जोखिम भने धेरै रहेको निर्देशनालयले जनाएको छ। भदौ र असोजसम्म यसको जोखिम धेरै हुने भएकाले पनि संक्रमितको संख्या धेरै बढ्न सक्ने अनुमान गरिएको छ। डेंगुको संक्रमण महामारीको रूपमा फैलिने जोखिम बढेपछि स्वास्थ्य सेवा निर्देशनालयले स्थानीय तह र जिल्लामा रहेका स्वास्थ्य कार्यालयहरूसँग समन्वय गरेर लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सुरु गरिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जापानिज इन्सेफ्लाइटिसबाट मुलुकभर १४ जनाको ज्यान गएको छ। इन्सेफ्लाइटिसबाट हुने मृत्युदर २२ दशमलव ९५ प्रतिशत छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, शंकास्पद बिरामीबाट संकलन गरिएका ६ सय ९५ नमुनामध्ये ६१ वटामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएको छ। प्रयोगशालामा पुष्टि भएका केसहरूमध्ये १४ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा कैलाली, कपिलवस्तु, पाल्पा, चितवन, सिन्धुली, ...
। यस वर्षको मनसुन सुरु भएयता जापानी इन्सेफ्लाइटिस (जेइ) को संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार १५ साउन यता जापानी इन्सेफ्लाइटिस संक्रमितको संख्या ५३ पुगेको हो । गत वर्षको तुलनामा यस वर्ष मृत्यु संख्या बढेको देखिएको छ । गत वर्ष जापानी इन्सेफ्लाइटिस संक्रमणबाट ६ जनाको मृत्यु ...
। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधन गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग राय माग गरेको छ । अस्पतालमा उपचारका सिलसिलामा चिकित्सकमाथि हुने आक्रमण नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले कानुन संशोधनका लागि कानुन मन्त्रालयसँग राय माग गरेको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए । चिकित्सकहरूले उपचारकै क्रममा बेलाबखत आफूमाथि आक्रमण तथा धम्की आउने गरेको भन्दै सुरक्षा ...
: वीरगन्जको नारायणी अस्पतालमा क्यान्सर रोगको उपचार सेवा सुरु भएको छ। मधेश प्रदेशमै पहिलो पटक वीरगन्जको नारायणी अस्पतालमा भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा क्यान्सर रोगको उपचार सेवा मंगलबारदेखि सुरु गरिएको हो। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नारायणी अस्पतालमा क्यान्सर उपचार सेवा र उक्त उपचार हुने अंकोलेजी वार्डको शुभारम्भ गरे। त्यसपछि आयोजित समारोहमा नारायणी ...
। निजी मेडिकल कलेजहरुले चिकित्साशास्त्रको स्नातकोत्तर तह (पीजी) पढाउन अस्वीकार गरेका छन् । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पीजी) अन्तर्गतको एमडी, एमएस र एमडीएसका लागि सिट संख्या माग गर्न निजी मेडिकल कलेजहरुलाई शुक्रबारसम्म समय दिएको थियो । पीजीका लागि मेडिकल कलेज तथा प्रतिष्ठानहरुले स्वमूल्यांकन गरी आफ्ना संस्थामा कुन विषयमा कति सिट आवश्यक छ भनेर माग दाबी गर्दै ...