महिला विश्वकप फुटबल : स्पेन उपाधि नजिक
महिला विश्वकप फुटबल : स्पेन उपाधि नजिक

अकल्यान्ड : स्पेन फिफा महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। न्युजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा मंगलबार भएको खेलमा उपाधि दावेदार स्वीडेनलाई २–१ गोलले पराजित गर्दै स्पेनले पहिलो पटक फाइनलमा स्थान बनाएको हो। स्पेनलाई पहिलो पटक फाइनलमा पुर्‍याउन साल्मा पारलुएलो र कप्तान ओल्गा कारमोनाले एक÷एक गोल गरेका थिए। स्वीडेनकी रेबिका ब्लोमक्लिटले सान्त्वना गोल गरेकी थिइन्।

पहिलो हाफ बराबरी भएको खेलको अन्तिम नौ मिनेटमा तीन गोल हुँदा स्पेनले बाजी मारेको हो। निकै रोमाञ्चक र नाटकीय खेलको ८१औं मिनेटमा साल्मा पारलुएलोले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएकी थिइन्। ८८औं मिनेटमा रेबिका ब्लोमक्लिटले गोल गर्दै स्वीडेनलाई खेलमा फर्काएकी थिइन्। बराबरीतर्फ उन्मुख खेलको ९०औं मिनेटमा कप्तान ओल्गाले गोल गर्दै स्पेनलाई पहिलो पटक विश्वकपको फाइनलमा पुर्‍याइन्। सुरुवाती ६ संस्करणमा छनोट हुन नसकेको स्पेन सातौं संस्करणमा समूह चरणबाटै घर फर्किएको थियो।

गत संस्करणमा अन्तिम १६ बाटै बाहिरिएको स्पेनले यस पटक उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा स्थान बनाएको हो। समूह चरणको खेलमा एसियाली प्रतिद्वन्द्वी जापानसँग ४–० को पराजय बेहोरेको स्पेनले त्यसपछि उत्कृष्ट खेल पस्किँदै आएको छ। अन्तिम १६ मा स्विट्जल्यान्डलाई १–० गोलले पराजित गरेको स्पेनले क्वार्टरफाइनलमा नेदरल्यान्ड्सलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो। स्पेनले उपाधिका लागि इङ्ल्यान्ड र आयोजक अस्ट्रेलियाबीचको विजेतासँग खेल्नेछ। फाइन्ल प्रवेशका लागि इङ्ल्यान्ड र अस्ट्रेलियाले बुधबार प्रतिस्पर्धा गर्ने छन्।

महिला विश्वकपको सबै संस्करणमा सहभागिता जनाएको स्वीडेन यसपटक पनि सेमिफाइनलभन्दा अघि बढ्न सकेन। स्वीडेन गत संस्करणसँगै सन् २०११ र १९९१ मा सेमिफाइनलबाट बाहिरिएको थियो। स्वीडेन तीनै पटक तेस्रो भएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...