मुख्य समाचार
अमेरिकाको हवाई टापुको डढेलोमा मृत्यु हुनेको संख्या सयभन्दा बढी
अमेरिकाको हवाई टापुको डढेलोमा मृत्यु हुनेको संख्या सयभन्दा बढी

वासिङटन डिसी : हवाई टापुको माउई जङ्गलमा लागेको डढेलो बस्तीसम्म फैलिँदा सय जनाको मृत्यु भएको छ भने केयौँ घाइते भएका छन् । हवाईका गभर्नर जोस ग्रीनले मृतकको सङ्ख्या दोब्बरले बढ्न सक्ने बताएका छन् ।

गत मङ्गलबार वनबाट सल्केको डढेलोले लहाइनाका झण्डै १३ हजार घरमा क्षति भएको छ । बितेका सय वर्षमा यति भीषण एवं भयावह अवस्थाको सामना अमेरिकी जनताले गर्नुपरेको थिएन । विपत्तिको चेतावनी दिने ‘इमर्जेन्सी साइरन’ नबज्दा जनधनको व्यापक क्षति भएको जनसाधारण क्रुद्ध भएका छन् ।

आगोले खरानी नपारेका भग्नावशेषमा मृतकको खोजी जारी छ । हरेक दिन १० देखि २० जनाको डढेको शरीर फेला पर्दैछ, त्यसैले मृतकको सङ्ख्या दुई सयभन्दा बढी हुनसक्ने अनुमान गरिएको खोजमा संलग्न एक जना अधिकारीले बताएका छन् ।


डढेलोले हवाईका ग्रामीण क्षेत्रमा व्यापक क्षति भएको छ भने भवन ध्वस्त भएका छन्, अस्पतालहरू भत्किएका छन् र सयौँ विस्थापित भएका छन् । अधिकारीहरूले दुई हजार दुई सयभन्दा बढी भौतिक संरचना नष्ट भएका तथा पाँच अर्ब ५० करोडभन्दा अधिकको धनमाल नोक्सानी भएको बताएका छन् ।

लहाइनाका घर, पसल र व्यवसायको नामोनिशान छैन, सडक किनारमा राखिएका मोटरकार फलामका पातामा परिणत भएका छन्, टेलिफोनका खम्बा डढेर काला भएका छन्, पैदलयात्री मार्गको खरानी पन्साउँदै हिँड्नुपर्ने अवस्था छ, सबैतिर अग्निको विनाश नै विनाशमात्र देखिन्छ । डढेका पशुको दुर्गन्धले नाक छाप्दै सफाइ गर्नुपरेको छ ।

आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ । सम्बन्धित निकायका अधिकारीले स्थिति साम्य हुने वित्तिकै क्षतिको मूल्याङ्कन गरिने बताएका छन् । आगालागी भएको स्थानको सरसफाइमा वारुणयन्त्रका कर्मचारीले पनि साथ दिइरहेका छन् । केही स्थानमा क्षतिको आकलन पनि थालिएको छ ।

गभर्नर ग्रीन नेतृत्वको टोली आज पनि आगलागी भएको स्थानमा पुगेको छ । सरसफाइका लागि जुटेकाहरूले तालिमप्राप्त कुकुरको सहायताले भग्नावशेषमा शवको पनि खोजी गरिरहेका छन् ।

प्रचण्ड गर्मीमा ठूलो विपत्ति बनेर आउने वन डढेलो टापुराज्य हवाईका निम्ति अभिषाप बनेको छ । दशकौँमा हुने यो प्राकृतिक विपत्तिमा सुनामीमा भन्दा धेरैले ज्यान गुमाएका छन् । सन् १९६० को सुनामीमा ६१ जनाको मृत्यु भएको थियो भने त्यसको १४ वर्षअघिको सुनामीमा भने एक सय ६० जनाले ज्यान गुमाएका थिए । त्यसपछि आपत्कालको सूचना दिन शहरबजारमा साइरन जडान गर्न थालियो तर यसपटक वनबाट फैलिएको आगोले माउईलाई जलाउँदा ती साइरन किन बजेनन् भन्ने प्रश्नको उत्तर हवाईका जनताले खोजिरहेका छन्।

आगोमा ज्यान गुमाएकाहरूको डिएनए परीक्षण गरी परिवारलाई बुझाउन चुनौतीपूर्ण बनेको छ । चिकित्सकहरूले मासुको टुक्रा परीक्षणका निम्ति उठाउँदा त्यो खसेर अर्को निकाल्नुपर्ने दारुण स्थिति उत्पन्न भएको छ । द्रुत गतिमा डिएनए परीक्षण गर्न गभर्नर ग्रीनले निर्देशन दिएका छन्।

एक अन्तर्वार्तामा गभर्नर ग्रीनले खोजी तथा सरसफाइ पूरा गर्न कम्तीमा १० दिन लाग्ने बताउँदै दैनिक १० देखि २० जना मृतक भेटिएका जानकारी दिएका छन् । दश दिनमा नै काम पूरा हुन्छ भन्न सक्ने अवस्था नभएको उनले स्पष्ट गरेका छन्।

गभर्नर ग्रीनका अनुसार दर्जनौँ स्वयम्सेवक एवं कर्मचारीका साथै २० वटा तालिम प्राप्त कुकुरको सहायतामा खोजीलाई तीव्र गतिमा अघि बढाइएको छ । हराएका मानिसको सङ्ख्या दुई हजारको हाराहारीमा रहेकामा मोबाइल सेवा पुनः शुरु भएसँगै त्यो सङ्ख्या एक हजार तीन सयमा घटेको जानकारी उनले दिए । वास्तविक क्षतिको विवरण सङ्कलन गर्न अरु केही समय लाग्ने उनले बताए। पुनर्निर्माणका काम थाल्न समय लाग्ने तथा त्यो वर्षौँसम्म जारी रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भारतको राजधानी नयाँ दिल्लीमा जीआरएपी-४ लागू भएको छ। वायु प्रदूषणको मात्रा अत्यधिक बढेपछि जिआरपी-४ लागू गरिएको हो। यससँगै दिल्ली-एनसीआरमा इलेक्ट्रिक वा बीएस-६ डिजेलको गाडी र अति आवश्यक सामान ल्याउने ट्रकलाई मात्र प्रवेश अनुमति दिइनेछ। भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डले सोमबार विहान वायु प्रदूषणको सूचकांकलाई 'गम्भीर' श्रेणीमा राखेको थियो। विहान ८ बजे दिल्लीको आनन्द ...
— अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई बारुदी सुरुङहरू उपलब्ध गराउन सहमत भएका छन् । किभलाई अमेरिकी क्षेप्यास्त्रहरू प्रयोग गर्न अनुमति दिएको केही दिनभित्र बाइडेन बारुदी सुरुङहरू दिन सहमत भएका हुन् । युक्रेनले मंगलबार मात्रै रुसी भूमिमा अमेरिकामा निर्मित लामो दूरीको क्षेप्यास्त्रहरू प्रयोग गरेको थियो । रुसी अधिकारीहरूका अनुसार युक्रेनले अमेरिकामा निर्मित पाँचवटा क्षेप्यास्त्र प्रहार गरेको ...
: श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले नयाँ मन्त्रिमण्डल गठन गरेका छन्। गत हप्ता भएको मध्यावधि संसदीय निर्वाचनपछि बनेको नयाँ २२ सदस्यीय मन्त्रिमण्डलमा रक्षा र वित्त (अर्थ) मन्त्रालयको जिम्मेवारी आफ्नै मातहतमा राखेका हुन्। गत सेप्टेम्बरमा भएको राष्ट्रपतीय चुनावमा विजयी भएका वामपन्थी नेताले आफ्नो अन्तरिम मन्त्रिमण्डलका सहकर्मीहरू प्रधानमन्त्री हरिनी अमरासुरिया र विदेशमन्त्री विजिता हेराथले आफ्नो जिम्मेवारी सम्हाल्ने बताएका ...
— हङकङको एक अदालतले त्यहाँका प्रमुख लोकतन्त्रवादी नेता तथा कार्यकर्तालाई देशद्रोहको अभियोगमा १० वर्षसम्मको जेल सजाय सुनाएको छ । उनीहरूलाई राष्ट्रिय सुरक्षासम्बन्धी एक मुद्दामा यसअघि नै दोषी ठहर गरिएको थियो । सजाय पाउनेमा बेनी ताई र जोशुआ वङसहित ४५ जना लोकतन्त्र पक्षधर छन् । उनीहरू 'हङकङ-४७' समूहसँग आवद्ध छन् । अदालतले ताईलाई १० वर्ष र वोङलाई ...
— अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्चित 'परियोजना २०२५' नामक दस्तावेज लेख्न प्रमुख भूमिका निभाएका टेलिकम क्षेत्रका अधिवक्ता ब्रेन्डन कार अमेरिकाको संघीय सञ्चार आयोगको प्रमुख आयुक्त नियुक्त हुने भएका छन् । लामो समयदेखि सोही आयोग र अन्य निकायमा रहेर उनले ट्रम्पका सञ्चार र प्रविधि नीतिको चर्को वकालत गर्दै आएका थिए । कारको नियुक्तिले नवनिर्वाचित राष्ट्रपतिका अर्का ...