काठमाडौं : पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर १४ रुपैयाँले वृद्धि गरेको हो।
भारतबाट पेट्रोल र डिजेलको मूल्य बढेर आएपछि निगमले नेपाली बजारमा पनि तेलको मूल्य वृद्धि गरेको हो। नयाँ मूल्य सूचीअनुसार काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको प्रतिलिटर १७८ रुपैयाँ पर्नेछ र भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ पर्नेछ।
ग्यास र हवाई इन्धनको मूल्य भने यथावत छ। निगमले यसअघि नै पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ।