मियामी फाइनलमा
मियामी फाइनलमा

— लियोनल मेसीले गोल गर्ने क्षमता कायम राख्दै इन्टर मियामीलाई लिग कपको फाइनलमा पुर्‍याएका छन् । उनको आकर्षक गोलसँगै फिलाडेल्फिया युनियनलाई ४–१ ले हराएर मंगलबार इन्टर मायमी फाइनलमा पुगेको हो ।


अर्जेन्टिनी सुपरस्टार मेसीले फिलाडेल्फियाको सुबरु पार्कमा रोमाञ्चक गोल गर्दै इन्टर मियामीका लागि ६ खेलमा ९ गोल पुर्‍याएका हुन् । इन्टर मियामीका लागि भेनेजुएलाका खेलाडी जोसेफ मार्टिनेज, बार्सिलोनामा मेसीका पूर्वसहकर्मी जोर्डी अल्बा र सब्स्टिच्युट डेविड रुइजले पनि गोल गरे । सेमिफाइनलमा फिलाडेल्फियाबाट अलेजान्द्रो बेदोयाले गरेको गोल सान्त्वना बन्यो ।

यस नतिजासँगै मेसी करिअरको ४२ औं उपाधि नजिक पुगेका छन् । मेक्सिको र मेजर लिग सकरका टिमले प्रतिस्पर्धा गर्ने विश्वकप शैलीको प्रतियोगिता लिग कपको शनिबार हुने फाइनलमा इन्टर मियामीले नेसभिल एससीविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेसभिलले मंगलबार नै भएको अर्को सेमिफाइनलमा मेक्सिकन टिम मोन्टेरेरीको चुनौती २–० ले पन्छाउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । लिग कपको फाइनल पनि उसैको मैदानमा हुँदै छ ।

सेमिफाइनलको जितसँगै इन्टर मियामी अर्को सिजनको क्षेत्रीय प्रतियोगिता कन्काकाफ च्याम्पियन्स कपमा पनि छनोट भएको छ । यो प्रतियोगितामार्फत टोलीले फिफाको विस्तारित प्रतियोगिता क्लब विश्वकप २०२५ मा स्थान बनाउन सक्छ ।

‘हाम्रो लक्ष्य अर्को सिजनको अन्तर्राष्ट्रिय प्रतियोगितामा छनोट हुने हो, जुन आज (मंगलबार) राति हामीले पूरा गरेका छौं,’ इन्टर मायमीका मुख्य प्रशिक्षक गेरार्डो टाटा मार्टिनोले भने, ‘यसमा सबैभन्दा महत्त्वपूर्ण कुरा कन्काकाफ च्याम्पियन्स कपमा छनोट भएको उपलब्धि हो ।


अब हामीले यस प्रतियागिता जित्ने तयारी गर्नुपर्छ, जसले हामीलाई धेरै उत्साह प्रदान गर्नेछ र आत्मविश्वासी बनाउने छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...