— म्यानचेस्टर सिटीले बुधबार पहिलोपल्ट यूईएफए सुपरकप जितेको छ । उसले एथेन्समा भएको खेलमा सेभियालाई टाइब्रेकरमा ५–४ ले हराएको हो । निर्धारित समयको खेल १–१ को बराबरीमा रहेको थियो ।
सेभियाले युसेफ इन–नेसरीको गोलले अग्रता लिएयता सिटीका लागि कोल पाल्मरको गोलले बराबरी गोल फर्काए । पेनाल्टी सुटआउटमा सिटी शतप्रतिशत गोल गर्न सफल रह्यो ।
तर सेभियाका डिफेन्डर नेमान्जा गुडेल्जीको प्रहार पोस्टमा लागेको थियो । पेप ग्वार्डिओलाको सिटीले पेनाल्टीमै आर्सनलविरुद्धको कम्युनिटी सिल्ड गुमाए पनि यसपल्ट भने चुकेन् ।