विश्वकपमा छनोट भएको आठ वर्षमै स्पेन बन्यो विश्वकप च्याम्पियन
विश्वकपमा छनोट भएको आठ वर्षमै स्पेन बन्यो विश्वकप च्याम्पियन

सिड्नी: ओल्गा कार्मोनाको निर्णायक गोलप्रेरित स्पेन फाइलनमा इङ्ल्यान्डलाई १–० को नतिजामा पराजित गर्दै फिफा महिला विश्वकप च्याम्पियन बनेको छ। अस्ट्रेलियाको सिड्नीस्थित स्टेडियम अस्ट्रेलियामा कार्मोनाले गरेको एक मात्र गोल स्पेनलाई पहिलो पटक महिला विश्वकप जिताउन पर्याप्त भयो।

पेनाल्टी बक्स भित्र मारियोना काल्डेन्टेले दिएको पासलाई डिफेन्डर कार्मोनाले सुन्दर गोलमा परिणत गरेकी थिइन्। सुरुआतमा स्पेनमाथि दबाब बनाएको युरोपेली च्याम्पियन इङ्ल्यान्डले गोल खाएपछि खेलमा पकड जमाउन सकेन।

इङ्लिस मिडफिल्डर कायरा वाल्सले ६६औं मिनेटमा १८ यार्ड बक्समा फाउल गरेपछि स्पेनसामू अग्रता दोब्बर पार्ने अवसर थियो। तर, जेनिफर हेर्मोसोले प्रहार गरेको पेनाल्टी इङ्लिस गोलपिकर मेरी अर्प्सले विफल पारिदिएकी थिइन्।

दोस्रो हाफमा सब्स्टिच्युट भएर मैदान प्रवेश गरेकी लौरेन जेम्सले ७६औं मिनेटमा ६ यार्ड बक्स अगाडिबाट गरेको सशक्त प्रहार स्पेनकी गोलकिपर काटा कोलले पञ्च आउट गरेकी थिइन्।

निर्धारित सयमको अन्त्यतिर स्पेनको रक्षापंक्तिमा निरन्तर दबाब बनाए पनि इङ्ल्यान्डले उल्लेख्य आक्रमण बुन्न सकेन। फाइनल ह्विसल बज्नुअघि सम्म निरन्तर कोसिस गरे पनि स्पेनको बलियो रक्षापंक्ति छिचोल्न नसक्दा इङ्ल्यान्डले हार टार्न सकेन। गत वर्ष इङ्ल्यान्डलाई युरोपेली च्याम्पियन बनाएकी डच प्रशिक्षक सरिना वेगम्यान लगातार दोस्रो पटक फाइनलमा पुगेर पनि उपाधि उचाल्नबाट वञ्चित भइन्।

यसअघि सन् २०१९ मा फ्रान्समा भएको पछिल्लो संस्करणमा नेदरल्यान्ड्सलाई फाइनलसम्म पुर्याएकी वेगम्यानले यसपाली इङ्ल्यान्डलाई पनि पुर्याएकी थिइन्।

यद्यपि, स्पनेले भने महिला विश्वकप खेल्न थालेको आठ वर्षमै विश्व च्याम्पियनको यात्रा तय गरेको छ। पहिलो पटक सन् २०१५ मा विश्वकपमा छनोट भएको स्पेनिस महिला टिमले यसअघि अन्तिम १६ पार गर्न सकेको थिएन।

यो संस्करणको पहिलो खेलमा कोस्टा रिका र जाम्बियालाई क्रमशः ३–० र ५–० ले हराएको स्पेन लिग चरणको अन्तिम खेलमा जापानसँग ४–० ले पराजित भएको थियो।

अन्तिम १६ मा स्वीट्जरल्यान्डमाथि ५–१ को शानदार जित निकालेको स्पेनले क्वार्टरफाइनलमा साविक उपविजेता नेदरल्यान्ड्सलाई स्तब्ध पारेको थियो।

गत संस्करणको फाइनलिस्टलाई हराएर नयाँ कीर्तिमान रच्न सुरु गरेको स्पेनले सेमिफाइनलमा स्वीडेनलाई हराएर ऐतिहासिक यात्रा कायम राखेको थियो। आइतबार ओलम्पिक पार्कस्थित स्टेडियम अस्ट्रेलियामा उपाधि उचालेसँगै पुरुष टिमले विश्वकप जितेको १३ वर्षपछि स्पेनिस महिला टिम पनि विश्व विजेता बन्यो।

सेमिफाइनलमा इङ्ल्यान्ड्ससँग पराजित भएको अस्ट्रेलिया तेस्रो स्थानका लागि स्वीडेनसँग भिडेको थियो। तर, युरोपियन टिमसँग ब्रिसबेनमा २–० ले पराजित भएसँगै अस्ट्रेलियन टिम कम्तिमा तेस्रो स्थान हासिल गर्न असफल रहेको थियो।

स्पेन विश्वकप विजेता बनेसँगै समापन भएको फिफा महिला विश्वकप २०२३ को गोल्डेन बुट जापानी खेलाडी हिनाता मियाजावाले जितिन्। उनले जापान क्वार्टरफाइनल सम्म पुग्दा सर्वाधिक पाँच गोल गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...