काठमाडौं : समग्रमा मुलुकको अर्थतन्त्रका परिसूचकहरूमा सुधार भए पनि महँगी भने सोचेको भन्दा उच्च छ। आर्थिक वर्ष २०७९÷०८० मा बाह्य क्षेत्र सुधार भएको छ। आयातमा कमी आउँदा, रेमिट्यान्समा वृद्धि भई विदेशी विनिमय सञ्चिति ढुक्क हुने अवस्था छ। नेपालबाट बाहिरिनेभन्दा भित्रिने विदेशी मुद्रा बढ्दा शोधनान्तर स्थितिमा बचतको आकार फराकिलो भएको छ। यसर्थ अब अर्थतन्त्र सामान्यीकरणतर्फ जाने नेपाल राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ बताउँछन्।
नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको गत आवको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदनले मुलुकको अवस्था क्रमशः सामान्यीकरणतर्फ गएको अर्थतन्त्रको चित्रण गरेको छ। तर, मूल्यवृद्धि भने राष्ट्र बैंकले गत आवमा तोकेको सीमाभन्दा माथि पुगेको छ। आर्थिक वर्ष २०७९÷०८० मा मुद्रास्फीति ७ प्रतिशतभित्र कायम राख्ने गरी मौद्रिक नीतिको कार्यदिशा तय गरिएको थियो। तर, २०८० असारसम्मको औसत मुद्रास्फीति ७.७४ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ६.३२ प्रतिशत रहेको थियो।
खाद्यान्न, दुग्धपदार्थ, मसला, घरायसी उपभोग्य वस्तुहरू, आयातीत वस्तुहरू र इन्धनको मूल्यवृद्धिका साथै अमेरिकी डलरसँग नेपाली रुपैयाँँ अवमूल्यन भएका कारण उपभोक्ता मूल्यमा चाप परेको हो। तर, आन्तरिक मागमा कमी आएको र भारतमा थोक मूल्य घट्ने प्रवृत्ति देखा परेकोले मूल्यमा परेको चाप कम हँुदै जाने राष्ट्र बैंकको भनाइ छ। नेपालमा उपभोक्ता मुद्रास्फीतिलार्ई मुख्य रूपमा आन्तरिक उत्पादन तथा माग, आयातीत वस्तुहरूको मूल्य, नेपाली रुपैयाँँको विनिमय दर र थोक तथा खुद्रा बिक्रेताले लिने मार्जिनले निर्धारण गर्ने गरेको छ।
मूल्यवृद्धिलार्ई लक्षित स्तरमा राख्न आन्तरिक उत्पादन सुदृढ बनाउने, माग र आपूर्तिबीच सन्तुलन मिलाउने गरी नीतिगत कार्यदिशा तय गर्ने र बजार मूल्य अनुगमनलार्ई प्रभावकारी बनाई कृत्रिम मूल्य वृद्धि हुन नदिने उपाय अवलम्बन गर्न आवश्यक रहेको राष्ट्र बैंकले औंल्याएको छ।
अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७९÷०८० मा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रेस्टुरेन्ट तथा होटल उपसमूहको मूल्यवृद्धि १४.४२ प्रतिशत, मरमसलाको १२.५० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १०.७० प्रतिशत, सुर्तीजन्य पदार्थको ९.८८ प्रतिशत र दुग्ध पदार्थ तथा अन्डाको ९.२३ प्रतिशत रहेको छ। साथै, गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उपसमूहको मूल्यवृद्धि १३.५० प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १०.१८ प्रतिशत, स्वास्थ्यको १०.०१ प्रतिशत, शिक्षाको ८.७९ प्रतिशत र घरायसी उपयोगका वस्तुहरूको ८.६५ प्रतिशत रहेको छ।
नेपाल राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक मूल्यवृद्धि औसतमा उच्च नै रहेको स्वीकार गर्छन््। उनी भन्छन््, ‘अन्तर्राष्ट्रिय स्तरमै महँगी बढेकाले मूल्य नियन्त्रणमा आउन नसक्दा तोकेको लक्ष्यभन्दा बढी हुन पुगेको हो। तर समग्रमा अर्थतन्त्र सामान्यीकरणतर्फ छ।’
यद्यपि बाह्य क्षेत्रमा धेरै सुधार हुनु सकारात्मक पक्ष भएको डा. श्रेष्ठको दाबी छ। तथ्यांकले पनि यसलार्ई पुष्टि गर्छ। गत आवको वार्षिक तथ्यांकअनुसार शोधनान्तर स्थिति २ खर्ब ९० अर्ब ५२ करोडले बचतमा छ। जबकि गत आव २ खर्ब ५५ अर्ब २६ करोडले घाटामा थियो। देशबाट बाहिरिने विदेशी मुद्राभन्दा भित्रिने बढी हुँदा शोधनान्तर बचतमा हुन्छ। यो मुलुकको अर्थतन्त्रका लागि सकारात्मक पक्ष हो। रेमिट्यान्स बढेको छ। यसकारण सुदृढ हुनु स्वाभाविक हो। विप्रेषण आप्रवाह २१.२ प्रतिशतले वृद्धि भएको छ। यसरी बढ्दा गत आवसम्म १२ खर्ब २० अर्ब ५६ करोड विप्रेषण आयो। अघिल्लो वर्ष विप्रेषण आप्रवाह ४.८ प्रतिशतले बढेको थियो।
पैसा बाहिरिने मुख्य स्रोत आयातीत वस्तुमा हो यसअघि शोधनान्तर घाटा चुलिँदा सरकारले विलासिताका वस्तु आयातमा लगाएको प्रतिबन्ध र राष्ट्र बैंकले केही वस्तुको आयातमा राखेको अनिवार्य नगद मार्जिनले नियन्त्रणमा आउन थालेको थियो। जसले गर्दा गत आवमा कुल वस्तु आयातमा १६.१ प्रतिशतले घट्यो। जसले १६ खर्ब ११ अर्ब ७३ करोडबराबरको वस्तु तथा सेवा आयात भयो।
जबकि अघिल्लो वर्ष यस्तो आयात २४.७ प्रतिशतले बढेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १४.४ प्रतिशत, १५.९ प्रतिशत र २०.७ प्रतिशतले घटेको छ। वस्तुगत आधारमा स्पोन्ज आइरन, रासायनिक मल, अन्य स्टेसनरी सामान, अलकत्रा, कागजलगायतका वस्तुको आयात बढेको छ भने सवारीसाधन तथा स्पेयर पार्टस, एमएस विलेट, औषधि, पेट्रोलियम पदार्थ, कच्चा भटमासको तेललगायतका वस्तुको आयात घटेको छ।
अहिले निर्यात घटेको छ। कुल वस्तु निर्यातमा २१.४ प्रतिशतले कमी आई १ खर्ब ५७ अर्ब १४ करोडमात्रै भएको छ। अघिल्लो वर्ष यस्तो निर्यात ४१.७ प्रतिशतले बढेको थियो। गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३१.३ प्रतिशतले घटेको छ भने चीन तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ११८.३ प्रतिशत र १०.७ प्रतिशतले वृद्धि भएको छ। वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, अलैंची, ऊनी गलंैचा, पोलिस्टर धागोलगायतका वस्तुको निर्यात बढेको छ भने सोयाबिन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुनचाँदीका सामान तथा गरगहनालगायतका वस्तुको निर्यात घटेको छ। समग्र निर्यातको ठूलो हिस्सा ओगटेको पाम तेल र भटमासको निर्यात नहुँदा कुल हिस्सामा आधा निर्यात घटेको हो। भारतले उक्त तेल आयातमा सहज वातावरण बनाएपछि नेपालबाट निर्यात हुने उक्त वस्तुको मात्रा ह्वात्तै घटेको छ। तर, यसबाट नेपाललार्ई खासै फाइदा भने भएको थिएन। केवल डलरमा किनेर ल्याएर ३० प्रतिशत अतिरिक्त मूल्य थप भारुमा भारतमा बिक्री गर्ने काम मात्रै भएको थियो।
आयातबाट रकम बाहिरिन केही कम भएकाले विदेशी विनिमय सञ्चितिमा पनि सुधार देखिएको छ। कुल विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले वृद्घि भई २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २३.१ प्रतिशतले वृद्घि भई ११ अर्ब ७४ करोड कायम छ। आर्थिक वर्ष २०७९÷८० को आयातलार्ई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.७ महिनाको वस्तु आयात र १० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। गत आव मा न्यूनतम ७ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न सक्ने गरी विदेशी विनिमय सञ्चिति कायम राख्ने लक्ष्य थियो। यो भने कायम रहेको छ।
वैदेशिक अध्ययन र भ्रमणबाट पैसा बाहिरिँदा सेवा खाता घाटामा
सेवा क्षेत्रबाट बढी विदेशी मुद्रा भने बाहिरिएको छ। जसले सेवा क्षेत्र घाटामा छ। विदेश अध्ययन गर्न जाने विद्यार्थीको खर्च बढेकाले यस्तो स्थिति आएको देखिन्छ। गत आवमा खुद सेवा आय ८३ अर्ब ८५ करोडले घाटामा छ। अघिल्लो वर्ष खुद सेवा आय १ खर्ब ८ अर्ब १२ करोडले घाटामा रहेको थियो। सेवा खाताअन्तर्गत भ्रमण आय ८९.६ प्रतिशतले वृद्धि भई रु. ६१ अर्ब ५२ करोड पुगेको छ। तर सेवा खाताअन्तर्गत भ्रमण व्यय ४८.४ प्रतिशतले वृद्धि भई १ खर्ब ४४ अर्ब ४६ करोड पुगेको छ। यसमध्ये शिक्षातर्पmको व्यय १ खर्ब ४२ करोड छ। अघिल्लो वर्ष भ्रमण व्यय रु.९७ अर्ब ३२ करोड रहेकोमा शिक्षातर्फको व्यय ६७ अर्ब ७० करोड थियो।
राष्ट्र बैंकका कार्यकारी अधिकृत डा. श्रेष्ठ नेपालमै शिक्षाका सम्भावना र रोजगारी सिर्जना गर्न सरोकारवालाहरूको ध्यानाकर्षण गराउँछन्। यद्यपि गत आर्थिक वर्षको समीक्षा गर्दा समग्रमा अब अर्थतन्त्र सामान्यीकरणतिर जाने उनले बताए। ‘वर्षमै शिक्षामा सय अर्ब रुपैयाँँ बाहिरिएको छ। विद्यार्थीहरू पढ्नका लागि बिदेसिदा पनि सञ्चितिमा प्रभाव पर्न सक्ने भएकाले भविष्यमा यसलार्ई कसरी रोक्ने र पर्यटकहरूलार्ई कसरी बढी भिœयाउने भन्नेमा सचेत हुन जरुरी भएको छ,’ उनले अन्नपूर्णसँग भने।