१९ औं एसियाली खेलकुद सुरु हुन ३० दिन बाँकी
१९ औं एसियाली खेलकुद सुरु हुन ३० दिन बाँकी

— चीनको हाङझाउमा हुने १९ औं एसियाली खेलकुद सुरु हुन बिहीबार ३० दिन बाँकी रहेको छ । आयोजक सहर यो प्रतियोगिता इतिहासमै सबैभन्दा सफल हुनेमा विश्वस्त देखिएको छ ।

प्रतियोगिताको कार्यकारी महासचिव चेन वेइछिङले हाङझाउमा पत्रकार सम्मेलन गर्दै हाङझाउ सहरले आठ वर्ष लगाएर गरेको तयारी सम्पूर्ण रूपमा पूरा भएको बताएका छन् । चीनमा हुन लागेको यो तेस्रो एसियाली खेलकुद हो । यसअघि पेचिङ र ग्वाङझाउले यो प्रतियोगिताको सफल आयोजना गरेको थियो । कोभिड भाइरस संक्रमण महामारीको कारण एक वर्ष पछाडि सरेको प्रतियोगिताको सफल आयोजनाका लागि हाङझाउ पूर्ण तयार देखिएको छ ।
प्रतियोगितामा कुल ४ सय ८१ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको अन्तिम पूर्ण कार्यक्रम अगस्ट महिनाको अन्त्यसम्म प्रकाशित हुनेछ । प्रतियोगिता असोज ६ देखि २१ सम्म आयोजना हुनेछ । आयोजकका अनुसार यसमा पहिलो स्वर्णको निर्णय उद्घाटन समारोहको भोलिपल्ट फुयाङ वाटर स्पोर्टस सेन्टरमा हुने प्रतिस्पर्धामा हुनेछ । बिहीबार आयोजित पत्रकार सम्मेलनअनुसार ४५ देशको सहभागिता रहनेछ । सबै दर्ता प्रक्रिया पनि पूरा भइसकेको छ ।

भदौ २२ मा हाङझाउबाट टर्च र्‍याली सुरु हुनेछ । त्यसमा २ हजार २२ को सहभागिता रहनेछ । त्यसमा सबैभन्दा कान्छा सहभागी १४ वर्ष र सबैभन्दा पाका सहभागी ८४ वर्षका हुनेछन् । प्रतियोगिताको सफल आयोजनाका लागि ३७ हजार ६ सय स्वयंसेवक सहभागी हुने पनि आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनका क्रममा आयोजकले पदक वितरण समारोह कस्तो हुनेछ भनेर त्यसको पूरा विवरण पनि प्रस्तुत गरेको छ । यो कार्यक्रम पूर्णतः हाङझाउको संस्कृतिमा आधारित हुनेछ । त्यसै अनुसार फुलको गुच्छा तथा पोडियम प्रयोगमा आउने छन् । यी सबैले खेलभावनामा जोड दिने पनि आयोजकले भनेको छ । पत्रकार सम्मेलनकै अवसरमा प्रतियोगिताको आधिकारिक गीत सार्वजनिक गरेको छ । यसको शीर्षक रहेको छ, ‘द लभ वी सेयर’ ।

एसियाडमा नेपालबाट २ सय ५३ खेलाडीले भाग लिने छन् । प्रतियोगितामा हुने ४० खेलमा नेपालले २९ खेलमा प्रतिनिधित्व गर्दै छ । यसपालि धेरै टिम खेललाई प्राथमिकतामा राखेर लैजाने राखेपले जनाएको छ ।

सन् १९५१ मा भारतको नयाँदिल्लीमा भएको पहिलो संस्करणदेखि नै नेपालले एसियाडमा भाग लिन थालेको हो । नयाँदिल्लीदेखि अहिले हाङझाउसम्म आइपुग्दा नेपाली खेलाडी एसियाडका १८ संस्करण खेल्न लागिरेहको छ । तर नेपालले स्वर्ण पदक जित्न सकेको छैन । दुई रजत र २२ कांस्य पदकमै नेपालको एसियाड इतिहास अल्झेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...