युनाइटेडमा अझै धेरै समस्या
युनाइटेडमा अझै धेरै समस्या

— नयाँ गोलरक्षक र स्ट्राइकरमा मन खुलेर खर्च गरेपछि म्यानचेस्टर युनाइटेडले सम्भवतः आफ्ना केही कमजोरीलाई सुल्झाएको छ । यसमै टिकेर युनाइटेडले इंग्लिस प्रिमियर लिग उपाधिका लागि चुनौती पेस गर्न सक्छ । तर, युनाइटेडमा अझै पनि धेरै समस्या छन् ।


यसैबीच क्लबको किनबेचको सम्भावित प्रक्रिया चलिरहेको नै छ । यता मैदानमा भने युनाइटेडले सुस्त सुरुआत लिएको छ । घरमा भएको पहिलो खेलमा युनाइटेडले उल्भ्सलाई १–० ले हराएको थियो ।

यो जित खासै प्रभावशाली रहेन । पछि टोटेनहमको हातबाट २–० ले पराजित रह्यो । बलमा खेल्न रूचाउने गोलरक्षक आन्द्रे ओनाना इन्टर मिलानबाट युनाइटेड आएका छन् । एटलान्टाबाट युवा स्ट्राइकर रास्मस होजलन्ड भित्रिएका छन् । दुवैको मूल्य एकै ठाउँमा १४ करोड डलर हुन आउँछ । उनीहरू दुवैलाई युनाइटेडमा अभ्यस्त हुन समय पनि लाग्नेछ । त्यसमाथि चोट बोकेका होजलन्डले टिमसँगै पूर्ण अभ्यास गर्न पाएका छैनन् ।

युनाइटेडले अफ–सिजनको मौका छोपेर किनेका मेसन माउन्ट छन् । उनको भूमिका नम्बर ८ को रूपमा हो । यही भूमिकामा युनाइटेडमा ब्रुनो फर्नान्डेज छन् । उनीहरू दुवैले होल्डिङ मिडफिल्डर कासमिरोको अगाडि खेल्नेछन् । अहिलेसम्म युनाइटेडका मध्यपंक्ति असन्तुलित नै देखिएको छ । यसमा सुधार चाहिएको छ । माउन्ट आफैं घाइते भइसकेका छन् । उनलाई फेरि मैदानमा फर्कन कम्तीमा ६ साता लाग्न सक्ने छ ।

सम्भवतः यस्ता परिस्थितिसँग युनाइटेडका व्यवस्थापक एरिक टेन हाग परिचित छन् । उनी केही राम्रो हुने विश्वासमा छन् । युनाइटेडलाई किन्न दुई पक्ष तयार देखिन्छ । यसमा एक भए, कतारी बैंकर शेख जसिम विन हमाद अल थानी भए । अर्को बेलायती अरबपति धनाढ्य जिम र्‍याटक्लिफ । यसमध्ये जसले युनाइटेड किने पनि टेन हागले नयाँ खेलाडी किन्न अझ धेरै रकम पाउन सक्ने छन् ।



समयमै क्लब किनबेचको कुरा अगाडि बढेको भए, सम्भवतः ह्यारी केन र डेक्लन राइस युनाइटेडकै खेलाडी हुन्थे कि ? केन बायर्न म्युनिख र राइस आर्सनल गइसकेका छन् । खेलाडी स्थानान्तरणको समय सकिन आठ दिनमात्रै बाँकी छ । केही ठूलो भएन भने युनाइटेड नयाँ खेलाडी किन्न असफल पनि हुन सक्नेछ । अहिले तत्कालका लागि टेन हाग शनिबार ओल्ड ट्राफोर्डमा हुने खेलमा केन्द्रित छन्, जसमा नटिङ्घम फरेस्ट पाहुना टिम रहेको छ । युनाइटेडका लागि घरमा अर्को जित निकाल्न अवसर हुनेछ, किनभने फरेस्ट आफ्नो घरबाहिर सबैभन्दा कमजोर टिममा पर्छ ।

तर आर्सनलसँग इमिरेट्समा २–१ ले पराजित हुँदा फरेस्ट खासै कमजोर पनि देखिएन । होजलन्ड पूर्णतः तयार नभएसम्म मार्कस रसफोर्ड नै सेन्टर स्ट्राइकरको भूमिकामा तैनाथ हुनेछन् । जबकि रसफोर्डका लागि सबैभन्दा उपयुक्त भूमिका लेफ्ट विंग्सबाट खेल्ने नै हो । अहिलेका लागि यही लेफ्ट विंग्सको भूमिकामा भने जाडोन सान्चो छन् । उनी दुई वर्षअगाडि बोरुसिया डर्टमन्डबाट युनाइटेड आएका थिए । युनाइटेडका डिफेन्डर भिक्टर लिन्डेलोफ के मान्छन् भने युनाइटेड जत्तिको टिममा जे भए पनि आलोचना त हुने नै गर्छ ।

यो सप्ताहन्त युनाइटेडले फरेस्टलाई हराउन सके त्यसले राहत त पक्कै दिनेछ । त्यसपछि युनाइटेडसामु दुई कडा खेल छ । आर्सनल र ब्राइटनविरुद्ध । त्यसपछि पालो आउने छ युरोपेली च्याम्पियन्स लिगको समूह चरणका खेल । यो त्यस्तो प्रतियोगिता हुनेछ, जसमा युनाइटेडका खास परीक्षा हुनेछ । टेन हाग भने फेरि एक अर्को सिजन आफ्ना लागि युनाइटेड बसाइ राम्रो होस् भन्ने चाहनामै हुनेछन् । भलै यो काम सजिलो नहुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...