मेसीसँग छैन संन्यास योजना
मेसीसँग छैन संन्यास योजना

— लियोनल मेसीले आफ्नो खेलजीवनको अन्तिम समय रमाएर बिताउन चाहेको बताएका छन् । उनले संन्यासको कुनै योजना नभएको बिहीबार सुनाएका छन् । अर्जेन्टिनाका विश्वकप विजेताले आफ्नो नयाँ क्लब इन्टर मियामीका लागि लिग कपका रूपमा पहिलो उपाधि जितिसकेका छन् ।

त्यसका लागि मियामीले पेनाल्टी सुटआउटमा बुधबार नासभिललाई हराएको थियो । फ्लोरिडा क्लबमा आएयता मेसीले ७ खेलमा १० गोल गरिसकेका छन् । गत महिना मियामीसँग साढे दुई वर्षको अनुबन्ध गरेका ३६ वर्षीय मेसीले भविष्यबारे धेरै नसोचेको पनि बताए । उनले भने, ‘मैले संन्यासबारे केही पनि सोचेको छैन । अहिले म फुटबलमै रमिरहेको छु ।’
सातपल्टको बालोन डी’अर विजेता मेसीले थपेका छन्, ‘जतिबेला सक्नेछु, त्यतिबेलासम्म फुटबल खेलिरहने छु । म भने प्रत्येक दिनको फुटबलमा रमाउन चाहन्छु ।’ मेसीको मियामीले सिनसिनाटीलाई पेनाल्टी सुटआउटमै ५–४ ले पराजित गर्दै युएस ओपनको फाइनलमा तय गरेको छ । मियामीले दुई गोलले पछाडि उल्टाएर निर्धारित र अतिरिक्त समयको खेल ३–३ को बराबरीमा ल्याएको थियो ।

फाइनल प्रवेश गरेसँगै मियामी अर्को उपाधिको नजिक पुगेको छ । यूएस ओपन अमेरिकाको सबैभन्दा पुरानो फुटबल प्रतियोगिता हो । यसको सुरुआत सन् १९१४ बाट भएको थियो । यसको स्वरूप इंग्ल्यान्डको एफए कप र स्पेनको कोपा डेल रे जस्तै छ । मियामीले यसको फाइनलमा ह्युस्टन डायनामोको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...