— चीनले जापानमा उत्पादन हुने सबै सामुद्रिक उत्पादनको आयातमा रोक लगाएको छ । जापानले परमाणु विकिरणबाट उत्पन्न दुषित पानी प्रशान्त महासागरमा फाल्न सुरु गरेपछि चीनले सामुद्रिक उत्पादनको आयातमा रोक लगाएको हो ।
परमाणु विकिरणबाट दुषित पानीको जोखिमबाट बच्न भन्दै चीनको भन्सार कार्यालय(जीएसी) रेडियोधर्मी प्रदूषणबाट बच्न भन्दै जापानी सामुद्रिक उत्पादनको आयातमा रोक लगाएको हो । जीएसीले चीनको खाद्य सुरक्षा कानुन, खाद्य आयात र निर्यातसम्बन्धी सुरक्षाको प्रशासनिक मापदण्डमा रहेर आयातमा रोक लगाएको जनाएको छ ।
जापान सरकारले बिहीबारदेखि फुकुसिमा दाइची परमाणु ऊर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दुषित पानी समुन्द्रमा फाल्न सुरु गरेको हो । बिहीबार दिउँसो १ बजेदेखि टोक्यो इलेक्ट्रिक पावर कम्पनी (टेप्को) ले पानी फाल्न सुरु गरेको हो । पानी फाल्न सुरु गरेसँगै समुन्द्रमा माछा मार्नेहरू, स्थानीय र छिमेकी देशहरूले विरोध जनाएका छन् ।
टेप्कोका अनुसार पहिलो चरणमा १७ दिनभित्रमा ७ हजार ८ सय टन दाइची परमाणु ऊर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दुषित पानी फालिनेछ ।