डिजेल र पेट्रोलको आयात रकममा घट्यो, परिमाण बढ्यो
डिजेल र पेट्रोलको आयात रकममा घट्यो, परिमाण बढ्यो

— मुलुकमा सबैभन्दा बढी आयात हुने वस्तुमा डिजेल र पेट्रोल पर्दछ । यी दुई वस्तुको आयात साउनमा रकमका आधारमा घटेको छ भने परिमाणमा आधारमा बढेको छ । भन्सार विभागका अनुसार यो साउन महिनामा कुल ७ अर्ब ३४ करोड रुपैयाँ बराबरको डिजेल आयात भएको छ । गत वर्षको साउनमा भने ८ अर्ब ९८ करोडको डिजेल आयात भएको थियो ।
आयातित डिजेलको परिमाण भने बढेको छ । गत वर्षको साउनमा ६५ हजार १८६ किलोलिटर डिजेल आयात भएकोमा यो साउनमा ७६ हजार ७१६ किलोलिटर आयात भएको छ । अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य परिवर्तनले यस्तो असर परेको हो ।

त्यस्तै पेट्रोलको आयात पनि रकममा घटेको छ भने परिमाणमा बढेको छ । गत वर्षको साउनमा ६ अर्ब ३८ करोड रुपैयाँ बराबरको पेट्रोल आयात भएकोमा यो साउनमा ५ अर्ब ४४ करोडको आयात भएको छ । गत वर्षको साउनमा ५४ हजार ७०४ किलोलिटर पेट्रोल आयात भएकोमा यो साउनमा ५६ हजार ९०१ किलोलिटर आयात भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। चेक अनादर मुद्दामा दुई वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था गर्न सांसदहरु सहमत भएका छन् । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थ समितिमा आइतबार भएको दफाबार छलफलमा चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय गर्ने व्यवस्था राख्ने सहमति भएको हो । समिति सभापति सन्तोष चालिसेले चेक अनादर ...
। कोरोनाकालदेखि थुप्रिएका खाली कन्टेनरका कारण वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनमा समस्या आएको छ । थुप्रिएका कन्टेनरमध्ये अधिकांश कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेडका रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी गराएको छ । समितिले यी कन्टेनर फिर्ता लगेर बन्दरगाह व्यवस्थापनमा सहयोग गर्न भारतीय पक्षसँग आग्रह गरेको छ । सोमबार समिति र लिमिटेडका अधिकारीहरूबीचमा वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थित रूपमा कार्गो ...
। बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको संक्रमण देखिएपछि किसान चिन्तित बनेका छन् । फलेकसीकाटोकाको संक्रमणका कारण केराका बिरुवा र पात सुक्दै जाने, फलेका फल पाकेको जस्तो पहेँलो देखिने र विस्तारै सुकेर भुइँमा खस्ने समस्या देखिन थालेको नवलपरासी केरा उत्पादन सङ्घका अध्यक्ष लख्खु यादवले बताए । जिल्लाको सुस्ता र प्रतापपुरमा करिब एक हजार छ ...