मुख्य समाचार
हलिउड हड्तालबीच सुरु हुँदै भेनिस फिल्म फेस्टिभल, सुनसान हुनेछ रेडकार्पेट
हलिउड हड्तालबीच सुरु हुँदै भेनिस फिल्म फेस्टिभल, सुनसान हुनेछ रेडकार्पेट

। प्रतिष्ठित भेनिस फिल्म फेस्टिभलले अर्को साता ८० औं संस्करण मनाउँदैछ । तर हलिउड हड्तालका कारण विश्वकै पुरानो मानिने यो फेस्टिभलमा रोमन पोलास्न्की र वुडी एलेनबाहेकका स्टार उपस्थित हुनेछैनन् ।

बुधबारदेखि सुरु हुने यो फेस्टिभल आगामी ओस्कार अवार्डका लागि प्रवर्द्धन अभियान थाल्ने पहिलो अवसर समेत बन्नेछ । तर हलिउड हड्तालका कारण ६० वर्ष पुरानो इतिहास बोकेको फेस्टिभल स्टारविहीन बन्नेछ किनभने कलाकारलाई फेस्टिभलमा बोल्न र उपस्थित हुन प्रतिबन्ध लगाइएको छ ।

दुःखद् कुरा के छ भने भेनिस प्रिमियरबाट अभिनेत्री एम्मा स्टोन हराउनेछिन् । उनले फ्रान्केनस्टाइन जस्तो प्राणीको भूमिका निर्वाह गरेको फिल्म ‘पुअर थिंग्स’को विश्व प्रिमियर भेनिसमा हुँदैछ । साथै, अभिनेता तथा निर्देशक ब्राड्ली कुपर जसले संगीतकार लियोनार्ड बर्नस्टाइनबारे निर्देशन गरेको फिल्म ‘माएस्ट्रो’ पनि प्रिमियर हुँदैछ । कुपर पनि भेनिसमा उपस्थित हुनेछैनन् ।

जे होस्, फिल्म देखाइँदैछ र धेरै नाम चलेका निर्देशक पनि भेनिसमा उपस्थित हुँदैछन् । जसले सेप्टेम्बर ९ मा घोषणा हुने शीर्ष पुरस्कार गोल्डेन लायनमा प्रतिस्पर्धा गरिरहेका छन् ।


सोफिया कोपोलाले एल्विस प्रेस्लीकी पत्नीको बारेमा बायोपिक फिल्म ‘प्रिस्किला’ प्रस्तुत गर्दैछिन् । डेभिड फिन्चर ‘द किलर’ मार्फत फर्कंदैछन् । हड्तालको प्रमुख असर जेन्डाया अभिनित टेनिस ड्रामा ‘च्यालेन्जर्स’लाई हुने देखिएको छ । फेस्टिभलको ओपनिङ फिल्मको रुपमा रहेको यो फिल्मको प्रिमियरमा जेन्डाया उपस्थित नहुने भएपछि फिल्मको प्रिमियर अर्को वर्षलाई सारिएको छ ।

वुडी एलेन र रोमन पोलन्स्कीलाई सहभागी हुँदा धेरैको ध्यान तानिने त छ तर यसले फेस्टिभललाई नै विवादमा तान्न सक्छ किनभने उनीहरु हलिउडमा विवादित छन् । ८७ वर्षीय एलेनमाथि धर्मपुत्री मामिलामा अनुसन्धान भइरहेको छ । जसकारण उनलाई हलिउडले कालोसूचीमा राखेको छ । ९० वर्षीय पोलान्स्की सन् १९७० को दशकमा नाबालिगलाई बलात्कार गरेको अभियोगमा अमेरिकाबाट फरार छन् ।

हालै बलात्कारको आरोपबाट सफाइ पाएका फ्रान्सेली निर्देशक लुक बेसन उनको फिल्म ‘डगम्यान’लाई लिएर प्रतिस्पर्धामा छन् । फेस्टिभल निर्देशक अल्बर्टो बारबेराले अनुसन्धानकर्ता र अदालतले सफाइ दिइसकेकाले उनीहरुलाई पनि महोत्सवमा समावेश गरिएको प्रष्टीकरण दिएका छन् ।

वार्ता असफल भएपछि हलिउड कलाकार जुलाइदेखि हड्तालमा छन् । मे महिनादेखि लेखकहरुले हड्ताल थालेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ‘पुष्पा २ : द रुल’ले यतिबेला इन्टरनेट प्लाटफर्ममा उछाल ल्याएको छ । नेपाल सीमावर्ती भारतीय राज्य विहारको गान्धी मैदानमा आइतबार बेलुका निर्माताले फिल्मको बहुप्रतीक्षित ट्रेलर सार्वजनिक गरे । युट्युब र सामाजिक सञ्जालका प्लाटफर्ममा अपलोड गरेपछि यसले इन्टरनेटमा आँधी ल्यायो । रिलिजको एक घण्टाभित्रै लाखौं भ्युज सिर्जना भए । मिथ्री मुभी मेकर्सको युट्यब च्यानलमा ट्रेलर रिलिजको ...
। यस वर्षका ठूला सौन्दर्य प्रतियोगितामा नेपालको उपस्थिति कमजोर देखिएको छ । मिस अर्थ र मिस इन्टरनेसनलमा नेपाल प्रारम्भिक चरणबाटै बाहिरिनुपर्‍यो । नेपाली समयानुसार आइतबार बिहानको मिस युनिभर्सको प्रतिस्पर्धामा पनि नेपालले ठोस उपलब्धि हासिल गर्न सकेन । अन्तिम ३० मा नेपालले स्थान बनाउन सकेन । मेक्सिको सिटीमा आयोजित भव्य ग्राण्ड फिनालेमा डेनमार्ककी भिक्टोरिया जैरले ताज चुम्दा ...
। बलिउड निर्देशक कबीर खानले ललितपुरमा आयोजना हुने फिल्म साउथ एसियामा फिल्म निर्देशनबारेको कार्यशाला सञ्चालन गर्ने भएका छन् । ६ मंसिर बिहीबारदेखि ९ मंसिर आइतबारसम्म ललितपुरको यलमाया केन्द्रमा महोत्सव हुँदैछ । निर्देशक खान चर्चित बलिउड फिल्महरु ‘चन्दु च्याम्पियन’, ‘फ्यान्टम’, ‘बजरंगी भाइजान’, ‘एक था टाइगर’, ‘काबुल एक्सप्रेस’, ८३’ जस्ता फिल्मका लागि परिचित छन् । उनको नयाँ फिल्म ...
। चर्चित भारतीय हास्य कलाकार सुनिल ग्रोवरले नेपालमा प्रस्तुति दिने भएका छन् । १४ मंसिरमा होटल एभरेस्टको मैदानमा हुने ‘सुनिल ग्रोवर लाइभ इन नेपाल’ इभेन्टमा उनले प्रस्तुति दिनेछन् । सुनिलले नेपाली प्रशंसकलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा भिडियो सन्देश पनि जारी गरेका छन् । आफ्नो कमेडीलाई प्रत्यक्ष हेर्न र उपस्थित हुन उनले दर्शकलाई अनुरोध गरेका छन् । पर्दामा ...
। पुस ५ र ६ गते हायात होटलमा ‘के पप टुर इन नेपाल’ आयोजना हुने भएको छ । दिउँसो १ बजेदेखि राति १० बजेसम्म कार्यक्रममा नेपाल (ने-पप), दक्षिण कोरिया (के-पप) र जापान (जे-पप)का कलाकारले प्रस्तुति दिने जनाइएको छ । तीन मुलुकको पप संस्कृतिका कलाकारले एकसाथ प्रस्तुति दिन लागेको यो पहिलो अवसर हो । दक्षिण कोरियासँग नेपालको ...