पेन्गुइन चराको बढुवा, बन्यो सेनाको उपरथी !
पेन्गुइन चराको बढुवा, बन्यो सेनाको उपरथी !

हरेक देशको सेनामा जवानदेखि सेना प्रमुखसम्मका विभिन्न पदहरु हुन्छन् । नेपाली सेनाको संरचनामा उपरथी भनेको तेस्रो ठूलो दर्जा हो । के मेजर जनरल अर्थात् उपरथी जस्तो ठूलो सैन्य पदमा कुनै चरा नियुक्त हुन्छ भनेर पत्याउन सकिन्छ ? सामान्यतया यो सम्भव नै नहुने कुराजस्तो लाग्नसक्छ । तर नर्वेको सेनामा भने एउटा पेंगुइन हालै सहायकरथी अर्थात् ‘ब्रिगेडियर जनरल’बाट उपरथी अर्थात् ‘मेजर जनलर’ पदमा बढुवा भएको छ ।

स्कटल्याण्डको एडिनबर्ड चिडियाखानामा रहेको सर निल्स ओलाव तृतीय नामको एउटा पेन्गुइनलाई नर्वेजियनद सेनाको बिग्रेडियर पदबाट मेजर जनरल पदमा बढुवा गरिएको हो । नर्वेजियन किंग्स गार्डका लागि निकै सौभाग्यशाली मानिने उक्त पंक्षीलाई चिडियाखानामा आयोजित एक विशेष समारोहमा बढुवाको सम्मान प्रदान गरिएको हो ।

वास्तवमा त्यहाँ पेन्गुइनलाई सम्मानित गर्ने परम्परा सन् १९७२ मा सुरु भएको थियो । नर्वेजियन किंग्स गार्डका एक अधिकारीले एडिनबर्ड चिडियाखाना घुम्ने क्रममा एउटा पेन्गुइनलाई एडप्ट गरेसँगै पेन्गुइनलाई सेनामा सामेल गरेर सम्मान गर्ने परम्पराको सुरुवात भएको थियो । नर्वेजियन शाही रक्षक सेनाले सो पेन्गुइनलाई आफ्नो सौभाग्य मान्दछ र निरन्तर बढुवा गर्दै आएको छ ।

निल्स ओलाव तृतीयलाई नर्वेजियन सेनाको तेस्रो सर्वोच्च पदमा बढुवा गर्न आयोजित समारोहका तस्वीरहरु सोसल मिडियामा भाइरल भएका छन् । पेन्गुइनको बढुवाको घोषणा ट्वीटरमा पनि गरिएको थियो ।


चिडियाखानाले उपरथी बनेको चर्चित पेन्गुइन सर निल्स ओलाव तृतीयको विस्तृत विवरण शेयर गरेको छ । जसमा भनिएको छ कि महामहिम निल्स ओलाव शाही रक्षक सेनाको सौभाग्य रहेको र त्यसलाई रोयल एडिनबर्ग सैन्य परेडको ब्याण्ड तथा ड्रिल टिममा सहभागिताका बेलामा अपनाइएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...