मुख्य समाचार
गायिका अधिकारीले चार फेसबुक पेजविरुद्ध दिइन् प्रहरीमा निवेदन
गायिका अधिकारीले चार फेसबुक पेजविरुद्ध दिइन् प्रहरीमा निवेदन

— आफ्नो इज्जत प्रतिष्ठामाथि आँच आउने कार्य गरी समाचार लेखेर पोस्ट गरेको भन्दै गायिका समीक्षा अधिकारीले चार फेसबुक पेजविरुद्ध कास्की जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी छन् । त्यस्तो कार्य साइबर अपराधसम्बन्धी घटना भएकाले कानुनबमोजिम कारबाहीको माग गर्दै उनले आइतबार निवेदन दिएकी हुन् ।

उनले 'ताजा खबर,' 'ग्लोबल नागरिक' 'हाम्रो लर्निङ सेन्टर' र 'रुटिन अफ बुटवल बन्द' नामका फेसबुक पेजले आफ्नो विषयमा अतिरञ्जित कुरा लेखी हुँदै नभएको कुराहरु बिना प्रमाण समाचारका रुपमा प्रेषित गरेको निवेदनमा उल्लेख गरेकी छन् । ‘कुनै प्रमाण नभइ बिना आधार जे मन लाग्यो त्यही कुराहरु लेखी पोस्ट गरेको हुँदा उक्त फेसबुक पेज चलाउने व्यक्तिलाई खोजतलास गरी कानुनी कारवाही गरी पाउँ र उक्त आईडीहरु बन्द गराइ पाउँ,’ निवेदनमा भनिएको छ ।
उनले आफ्नो विषयमा नराम्रो कुरा लेखी समाचार सम्प्रेषण गरेर मानसिक यातना दिएको निवेदनमा खुलाएकी छन् । उनले प्रमाणस्वरुप ती फेसबुक पेजबाट पोस्ट भएका सामग्रीको स्क्रिनसट प्रहरीलाई बुझाएकी छन् ।

अस्ट्रेलियाको भिसामा भएको ढिलाइको विषयलाई लिएर सामाजिक सञ्जालमा आफूलाई कालो सूचीमा राखेको भन्ने झुटो खबर फैलाइएकाले त्यसको प्रतिवादस्वरुप जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएको उनले आफ्नो फेसबुक पेजमार्फत बताएकी छन् ।

‘वास्तविक कुरा नबुझी आफ्नो सञ्जाल प्रचारको लागि कसैको जिन्दगीसँग खेलबाड गर्नु जघन्य अपराध रहेको मेरो निष्कर्ष रहेको छ,’ उनले भनेकी छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले गायिका अधिकारीको निवेदन आइतबार साँझ ढिलो गरी आएकाले त्यस विषयमा के गर्ने भन्ने सोमबार छलफल गर्ने बताए । ‘उहाँलाई सोमबार छलफलका लागि बोलाएका छौं,’ उनले भने, ‘प्रदेश प्रहरी कार्यालयमार्फत साइबर ब्युरोमा पठाउने कि के गर्ने भन्ने सोमबार नै तय हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ‘पुष्पा २ : द रुल’ले यतिबेला इन्टरनेट प्लाटफर्ममा उछाल ल्याएको छ । नेपाल सीमावर्ती भारतीय राज्य विहारको गान्धी मैदानमा आइतबार बेलुका निर्माताले फिल्मको बहुप्रतीक्षित ट्रेलर सार्वजनिक गरे । युट्युब र सामाजिक सञ्जालका प्लाटफर्ममा अपलोड गरेपछि यसले इन्टरनेटमा आँधी ल्यायो । रिलिजको एक घण्टाभित्रै लाखौं भ्युज सिर्जना भए । मिथ्री मुभी मेकर्सको युट्यब च्यानलमा ट्रेलर रिलिजको ...
। यस वर्षका ठूला सौन्दर्य प्रतियोगितामा नेपालको उपस्थिति कमजोर देखिएको छ । मिस अर्थ र मिस इन्टरनेसनलमा नेपाल प्रारम्भिक चरणबाटै बाहिरिनुपर्‍यो । नेपाली समयानुसार आइतबार बिहानको मिस युनिभर्सको प्रतिस्पर्धामा पनि नेपालले ठोस उपलब्धि हासिल गर्न सकेन । अन्तिम ३० मा नेपालले स्थान बनाउन सकेन । मेक्सिको सिटीमा आयोजित भव्य ग्राण्ड फिनालेमा डेनमार्ककी भिक्टोरिया जैरले ताज चुम्दा ...
। बलिउड निर्देशक कबीर खानले ललितपुरमा आयोजना हुने फिल्म साउथ एसियामा फिल्म निर्देशनबारेको कार्यशाला सञ्चालन गर्ने भएका छन् । ६ मंसिर बिहीबारदेखि ९ मंसिर आइतबारसम्म ललितपुरको यलमाया केन्द्रमा महोत्सव हुँदैछ । निर्देशक खान चर्चित बलिउड फिल्महरु ‘चन्दु च्याम्पियन’, ‘फ्यान्टम’, ‘बजरंगी भाइजान’, ‘एक था टाइगर’, ‘काबुल एक्सप्रेस’, ८३’ जस्ता फिल्मका लागि परिचित छन् । उनको नयाँ फिल्म ...
। चर्चित भारतीय हास्य कलाकार सुनिल ग्रोवरले नेपालमा प्रस्तुति दिने भएका छन् । १४ मंसिरमा होटल एभरेस्टको मैदानमा हुने ‘सुनिल ग्रोवर लाइभ इन नेपाल’ इभेन्टमा उनले प्रस्तुति दिनेछन् । सुनिलले नेपाली प्रशंसकलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा भिडियो सन्देश पनि जारी गरेका छन् । आफ्नो कमेडीलाई प्रत्यक्ष हेर्न र उपस्थित हुन उनले दर्शकलाई अनुरोध गरेका छन् । पर्दामा ...
। पुस ५ र ६ गते हायात होटलमा ‘के पप टुर इन नेपाल’ आयोजना हुने भएको छ । दिउँसो १ बजेदेखि राति १० बजेसम्म कार्यक्रममा नेपाल (ने-पप), दक्षिण कोरिया (के-पप) र जापान (जे-पप)का कलाकारले प्रस्तुति दिने जनाइएको छ । तीन मुलुकको पप संस्कृतिका कलाकारले एकसाथ प्रस्तुति दिन लागेको यो पहिलो अवसर हो । दक्षिण कोरियासँग नेपालको ...