भारतले पाकिस्तानलाई दियो २६७ रनको लक्ष्य
भारतले पाकिस्तानलाई दियो २६७ रनको लक्ष्य

: एसिया कपमा भारतले पाकिस्तानलाई २६७ रनको लक्ष्य प्रस्तुत गरेको छ। श्रीलंकाको क्यान्डीमा टस जितेर ब्याटिङ गरेको भारतले ७ बल अगावै आलआउट हुँदै २६६ रन बनायो।

इशान किसन र हार्दिक पाण्डेले इनिङ सम्हालेपछि भारतले सम्मानजनक लक्ष्य प्रस्तुत गर्न सकेको हो। ९० बल खेलेका हार्दिकले ७ चौका र एक छक्कासहित सर्वाधिक ८७ रन बनाए। त्यसअघि पेभेलियन फर्किएका किशनले ९ चौका र दुई छक्कासहित ८२ रन बनाए।

भारतले दस ओभरको खेलमै महत्वपूर्ण तीन विकेट गुमाउन पुगेको थियो। भारतले कप्तान रोहित शर्मा, विराट कोहली र श्रेयश लयरलाई सुरुवातमै गुमाउन पुगेको थियो। रोहितले ११, विराटले ४ र श्रेयशले १४ रन बनाएका थिए।

त्यस्तै शुभम गिलले १०, रविन्द्र जडेजाले १४, श्रदुल ठाकुरले ३, कुल्दीप यादवले ४, जसप्रित बुमराहले १६ रन बनाए भने मोहम्म सिराज १ रनमा अविजित रहे।

पाकिस्तानका लागि साहिन शाह अफ्रिदीले ४ सर्वाधिक ४ विकेट लिए। त्यस्तै नसिम शाह र हरिस राउफले तीन-तीन विकेट लिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...