चन्द्रमापछि सूर्यतर्फ यान पठाउँदै भारत
चन्द्रमापछि सूर्यतर्फ यान पठाउँदै भारत

चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक खोजी यान अवतरण गराउने पहिलो राष्ट्र बन्न सफल भारतले सूर्यको अनुसन्धान गर्ने अन्तरिक्ष अभियान पनि सुरु गरेको छ। अन्य प्राविधिक समस्या नआए शनिबार (आज) त्यहाँ अन्तरिक्ष यान पठाउने तयारीमा भारत रहेको बीबीसीले उल्लेख गरेको छ।

‘भारतको योजना अन्तरिक्षमा आधारित एउटा यान त्यता प्रक्षेपण गर्नु हो,’ बीबीसीमा भनिएको छ, ‘जस्ले पृथ्वीको सबैभन्दा नजिकको तारा पनि भनिने सूर्यको अनुगमन र अनुसन्धान गर्न सकोस्।’ यस्तो भारतको पहिलो अन्तरिक्ष अभियानले नजिकबाट सौर्य आँधीजस्ता अन्तरिक्ष मौसमी गतिविधिहरूको अध्ययन गर्नेछ।

सूर्यको अध्ययन गर्ने त्यो नितान्त पहिलो अन्तरिक्ष अभियान भने होइन। नासा र युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए) ले त्यस्तो उद्देश्यका साथ पहिले नै सूर्यको परिक्रमा गर्ने यान पठाइसकेका छन्। तर, भारतको यो पछिल्लो अन्तरिक्ष अभियानका केही अर्थमा विशिष्ट गुणहरू पनि छन्।

सबै योजनाअनुसार नै भएमा उक्त अन्तरिक्ष यान शनिबार सेप्टेम्बर दुई तारिखमा स्थानीय समयअनुसार बिहानको ११:५० मा प्रक्षेपण गरिनेछ। भारतको चेन्नाईबाट सय किलोमिटर उत्तरमा पर्ने श्रीहरिकोटास्थित देशको अन्तरिक्ष यान प्रक्षेपणस्थबाट उक्त यानलाई अन्तरिक्षमा पठाइनेछ। भारतीय अन्तरिक्ष निकायले सार्वजनिक गरेका तस्बिरहरूमा प्रक्षेपण केन्द्रको ‘लन्च प्याड’ मा अन्तरिक्षमा परिक्रमा गर्ने यान बोकेको रकेट पूर्ण रूपमा तयार अवस्थामा देखिन्छ।

अन्तरिक्षमा पठाइने यान खासमा हाम्रो सबैभन्दा नजिकको तारा, सूर्यमा पुग्ने होइन। त्यसको गन्तव्य पृथ्वीबाट १५ लाख किलोमिटर टाढा रहेको स्थान हो। त्यो भनेको पृथ्वी र चन्द्रमा बीचको दूरीभन्दा करिब चार गुणाले बढी दूरी हो। तर, त्यो पृथ्वीबाट सूर्यसँगको दूरीको चाहिँ एक प्रतिशत मात्रै हो। सूर्य पृथ्वीबाट १५.१ लाख किलोमिटर टाढा छ। नासाले अन्तरिक्षमा पठाएको पार्करनामक यान एक हप्ताअघि मात्रै शुक्र ग्रहको नजिक भएर गएको छ र त्यो अन्ततः सूर्यको सतहबाट ६१ लाख किलोमिटर टाढाको बिन्दुसम्म पुग्नेछ।

भारतले पठाएको यानलाई आफ्नो गन्तव्यमा पुग्न केही समय लाग्नेछ। यसको नाम आदित्य एल वान राखिएको छ। आदित्यको अर्थ संस्कृतमा सूर्य हो। ‘प्रक्षेपण गरिएदेखि लाग्राञ्ज बिन्दु भनिने अन्तरिक्षको स्थानसम्म पुग्नका लागि यसलाई लाई करिब चार महिना लाग्नेछ,’ भारतको अन्तरिक्ष अनुसन्धान अर्गनाइजेसन (इसरो) ले एक्स (पहिलेको ट्विटर)मा लेखेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...