बागमती प्रदेशको अध्यक्षमा पारस खड्का निर्वाचित, भने- सिस्टमको प्रश्न अब ममाथि पनि उठ्न सक्छ
बागमती प्रदेशको अध्यक्षमा पारस खड्का निर्वाचित, भने- सिस्टमको प्रश्न अब ममाथि पनि उठ्न सक्छ

: राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का नेपाल क्रिके ट संघ, बागमती प्रदेशको अध्यक्षमा निर्वाचित भएका छन्। शक्रबार भएको निर्वाचनमा प्रतिस्पर्धी उमेश पियालाई हराउँदै पारस अध्यक्षमा निर्वाचित भएका हुन्।

पारसले २३ मत ल्याउँदा उमेशले १४ मत ल्याएका थिए। निर्वाचनमा पारिको प्यानल नै विजयी भएको छ।

उनले टिमकै कारण आफू यहाँसम्म आइपुगेको बताए। 'दुई दसक क्रिकेट खेले पनि चुनावी माहोल टफ नै हुने रहेछ। व्यक्ति आफ्नो ठाउँमा छ। तर टिम राम्रो भयो भने एकिदन सफलता मिल्छ। टिमवर्ककै कारण म यहाँ छु,' विजयी भएपछि उनले भने।

समग्र क्रिकेट र प्रदेश क्रिकेटका लागि आफ्नोतर्फबाट उत्कृष्ट काम गर्ने उनले प्रतिवद्धता जनाए। पूर्वकप्तान हुँदा जसरी सिस्टमको कुरा उनले उठाए, ती प्रश्नहरू अब आफैंमाथि पनि उठ्ने उनले बताए।

'पोजिसनभन्दा पनि टिमलाई कसरी राम्रो बनाउने भन्ने मेरो लक्ष्य हो। पूर्व कप्तान रहँदा हाम्रो क्रिकेटको सिस्टम राम्रो भएन भनेर कुरा उठाउने मै थिएँ। आजदेखि ममाथि यही प्रश्न उठ्नेछ। सकभर म त्यो प्रश्न खडा नहोस् भन्ने चाहन्छु। राम्रो काम देखाउन चाहन्छु,' उनले भने। उनले आजको मितिदेखि आफू पनि पदाधिकारी भएको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...