— जिम्बावेली क्रिकेटका सफलतम खेलाडीमध्ये एक रहेका हिथे स्ट्रिकको आइतबार क्यान्सरका कारण ४९ वर्षको उमेरमा निधन भएको छ । कलेजोको क्यान्सरबाट पीडित स्ट्रिकको मृत्यु भएको उनको पत्नीले पुष्टि गरेकी हुन् ।
स्ट्रिकको परिवारले जिम्बावेको दोस्रो ठूलो सहर बुलावायोको उत्तरपश्चिममा रहेको घरमा उनको निधन भएको बताएको छ । पछिल्लो समय उपचारका क्रममा उनी दक्षिण अफ्रिका आउने जाने गरिरहेका थिए ।
सफल तीव्र गतिका बलर रहेका स्ट्रिक उपयोगी ब्याटर पनि थिए । सन् १९९० देखि २००० बीच जिम्बावेले अन्तर्राष्ट्रिय क्रिकेटमा बलियो चुनौती पेस गर्दा उनी एक प्रमुख खेलाडी थिए ।
सट्टेबाजी गरेको आरोपमा उनलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले आठ वर्ष प्रतिबन्ध समेत लगाएको थियो । पछिल्लो मे महिनादेखि उनी बिरामी थिए ।