भिल्लामाथि लिभरपुलको प्रभाव
भिल्लामाथि लिभरपुलको प्रभाव

— लिभरपुलले इंग्लिस प्रिमियर लिगमा आइतबार एस्टन भिल्लामाथि ३–० को प्रभावशाली जित निकालेको छ ।
एनफिल्डमा भएको खेलमा डोमोनिक सोबजलाइज र मोहम्मद सलाहले गोल गरे । अर्को गोल म्याटी क्यासको नाममा आत्मघाती रह्यो । यो जितपछि लिभरपुलको चार खेलबाट १० अंक भएको छ र नयाँ सिजन लिगमा अपराजित रहेको छ ।
भिल्ला छ अंकमा रह्यो । अर्को खेलमा ओडसन एडुवार्डको दुई गोल मद्दतले क्रिस्टल प्यालेसले उल्भ्सलाई ३–२ ले पराजित गर्‍यो । प्यालेसले एडुवार्डको गोलले अग्रता लिएयता उल्भ्सका लागि ह्वाङ हि–चानले बराबरी गोल फर्काए । त्यसपछि एडुवार्ड र इबेरेची एजेले एक–एक गोल गरे । खेलको अन्त्यतिर उल्भ्सका लागि म्याथेस कुन्हाले सान्त्वना गोल फर्काए ।


किशोर खेलाडी इभान फर्गुसनको ह्याट्रिक मद्दतले न्युकासल युनाइटेडलाई ३–१ ले हराएको थियो । आयरल्यान्डका १८ वर्षीय स्ट्राइकरले २७, ६५ र ७० औं मिनेटमा गोल गरे । यस जितपछि ब्राइटनको चार खेलबाट नौ अंक भएको छ ।

स्पेन

म्याड्रिड– जुड वेलिङघमले दोस्रो हाफको इन्ज्युरी समयको पाँचौं मिनेटमा गरेको निर्णायक गोल मद्दतले रियल म्याड्रिडले शनिबार स्पेनी ला लिगामा गेटाफेलाई २–१ ले हराएको छ । नयाँ सिजन रियलको यो लगातार चौथो जित हो । यससँगै उसको १२ अंक भएको छ र लिग तालिकाको शीर्ष स्थानमा छ ।

बर्नाबाउमा भएको खेलमा बोरजा मायोरलको गोलले गेटाफेले ११ औं मिनेटमा अग्रता लिएको थियो । त्यसपछि जोसेलुले ४७ औं मिनेटमा बराबरी गोल फर्काए । अन्य खेलमा रियल सोसिडाडले ग्रेनेडालाई ५–३, एलालेभसले भ्यालेन्सियालाई १–० र रियल बेटिसले रायो भाल्कानोलाई १–० ले पराजित गरे ।

इटाली

नेपल्स– डिफेन्डिङ च्याम्पियन नेपोलीले इटालीको सिरी ‘ए’ मा शनिबार घरमै लाजियोसँग २–१ को स्तब्धपूर्ण हार बेहोरेको छ । नयाँ सिजन सुरु भएयता नेपोलीको यो पहिलो हार हो । लाजियोका लागि लुइस अल्बर्टो र कामादाले गोल गरे । जापानी मिडफिल्डर कामदाले इन्ट्राख्ट फायन्कफर्टबाट लाजियो आएयता गरेको यो पहिलो गोल हो । नेपोलीका लागि पिट्र जिलिन्स्कीले एक गोल फर्काए । यसअघि बोलोग्नाले कागलिरीलाई २–१ ले हरायो भने युडिनेजी र फ्रोसिनेले गोलरहित बराबरी खेले ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...