कच्चा तेलको भाउ २०२३ कै उच्च विन्दुमा, नेपालमा पनि मूल्य बढ्ने
कच्चा तेलको भाउ २०२३ कै उच्च विन्दुमा, नेपालमा पनि मूल्य बढ्ने

— अन्तर्राष्ट्रिय बजारमा निरन्तर बढ्दै गएको कच्चा तेलको भाउ सन् २०२३ कै उच्च विन्दुमा पुगेको छ । यो साता शुक्रबार बजार बन्द हुँदा डब्लूटीआई तेलको मूल्य प्रतिब्यारेल ८५.५५ डलर कायम भएको छ । शुक्रबार एकै दिन २.३ प्रतिशतले मूल्य बढेको हो । त्यस्तै ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ८८.५५ डलर कायम भएको छ भने मुर्बान तेलको ९०.६९ डलर पुगेको छ ।


अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्नुमा मुख्यतः दुई कारण रहेको सञ्चारमाध्यम ‘आयलप्राइस’ले औंल्याएको छ । अमेरिकाको इनर्जी इन्फर्मेसन प्रशासनका अनुसार एक सातामै अमेरिकाको तेल मौज्दात २.४ प्रतिशत (१ करोड ६ लाख ब्यारेल) घटेको छ ।

यसले गर्दा तेलको माग बढ्न गई मूल्य बढ्न गएको सो सञ्चारमाध्यमले जनाएको छ । त्यस्तै आगामी अक्टोबर महिनादेखि रुस तथा साउदी अरेबियाले कच्चा तेलको उत्पादनमा कटौती गर्ने तयारी गर्नुले पनि केही त्रास बढेको छ । रुसले यो साता तेल कटौतीबारेको निर्णय पारित गर्नेछ भने साउदीले दैनिक करिब १० लाख ब्यारेल कटौतीको तयारी गरेको छ । यसले मूल्यवृद्धि बढेको औंल्याइएको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी)ले अन्तर्राष्ट्रिय बजारको कच्चा तेलको मूल्य, आफ्नो लागत समेत समायोजनसहित प्रशोधित तेलको मूल्य निर्धारण गरी १५–१५ दिनमा नेपाल आयल निगमलाई सूची पठाउने गरेको छ । सो सूचीका आधारमा नेपालमा पनि स्वचालित प्रणालीबाट मूल्य समायोजन हुँदै आएको छ । जसले गर्दा नेपाल आयल निगमले पनि उपभोक्ताका लागि इन्धनको मूल्य बढाउँदै लगेको छ । भारतबाट बढेर मूल्यसूची आउँदा नेपालमा पनि मूल्य बढ्दै जानेछ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै जानुले आगामी दिनहरुमा यहाँको मूल्यवृद्धिसँगै मुलुकबाट बाहिरिने विदेशी मुद्रामा समेत दवाव पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। चेक अनादर मुद्दामा दुई वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था गर्न सांसदहरु सहमत भएका छन् । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थ समितिमा आइतबार भएको दफाबार छलफलमा चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय गर्ने व्यवस्था राख्ने सहमति भएको हो । समिति सभापति सन्तोष चालिसेले चेक अनादर ...
। कोरोनाकालदेखि थुप्रिएका खाली कन्टेनरका कारण वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनमा समस्या आएको छ । थुप्रिएका कन्टेनरमध्ये अधिकांश कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेडका रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी गराएको छ । समितिले यी कन्टेनर फिर्ता लगेर बन्दरगाह व्यवस्थापनमा सहयोग गर्न भारतीय पक्षसँग आग्रह गरेको छ । सोमबार समिति र लिमिटेडका अधिकारीहरूबीचमा वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थित रूपमा कार्गो ...
। बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको संक्रमण देखिएपछि किसान चिन्तित बनेका छन् । फलेकसीकाटोकाको संक्रमणका कारण केराका बिरुवा र पात सुक्दै जाने, फलेका फल पाकेको जस्तो पहेँलो देखिने र विस्तारै सुकेर भुइँमा खस्ने समस्या देखिन थालेको नवलपरासी केरा उत्पादन सङ्घका अध्यक्ष लख्खु यादवले बताए । जिल्लाको सुस्ता र प्रतापपुरमा करिब एक हजार छ ...