लैंगिक विभेदविरुद्ध नेता बनेकी जेनी
लैंगिक विभेदविरुद्ध नेता बनेकी जेनी

— स्पेनी मिडफिल्डर जेनी हर्मोसोले महिला विश्वकपको उपाधि पहिलोपल्ट आफ्नो देशलाई दिलाउन उत्कृष्ट खेल प्रदर्शन गरेकी थिइन् । तर, उनी त्यसपछि अनपेक्षित रूपमा स्पेनी फुटबलमा ‘लैंगिक विभेदविरुद्धकी नेता’ भएकी छन् ।

स्पेनी फुटबल महासंघका अध्यक्ष लुइस रुबिलेसले सिड्नीमा भएको पुरस्कार वितरण समारोहमा जबरजस्ती जेनीको ओठमा चुम्बन गरेका थिए, जसले आलोचनाको तरंग नै ल्याइदियो । यसमा विश्वकै ध्यान केन्द्रित भएको छ, जसले उनको टिमको सफलतालाई ओझेलमा पारिदिएको छ । रुबिलेसले पदबाट राजीनामा दिन अस्वीकार गरेका छन् । चुम्बन सहमतिमै भएको दाबी गरेका छन्, जसलाई ३३ वर्षीया जेनीले अस्वीकार गरिदिएकी छन् । त्यसैले विश्वले नै साथीहरूसँग बिदामा रहेकी जेनीको तर्फबाट रुबिलेसविरुद्धको संघर्षमा साथ दिएका छन् । यसलाई उनले फुटबलमा अहिलेसम्मकै सबैभन्दा राम्रो भन्दै खुसियाली मनाएकी छन् ।

रुबिलेसले आफ्नो भाषणमा राजीनामा गर्न अस्वीकार गरेपछि परिस्थिति झनै उर्लियो र जेनीले पनि बलिया शब्दसाथ पुरुषप्रधान कार्यबाट दुर्व्यवहार पीडित भएकी भन्दै प्रस्ट पारेकी छन् । उनीसँगै स्पेनका ८१ जना खेलाडीले राष्ट्रिय टिमबाट नखेल्ने भन्दै हड्ताल घोषणा गरेका छन् । उनीहरूले नेतृत्व परिवर्तन नभएसम्म नफर्कने बताएका छन् । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले रुबिलेसलाई निलम्बन गरिसकेको छ । स्पेनको फौजदारी अदालतले यौन हिंसाका बारेमा अनुसन्धान थालेको छ र जेनीलाई मुद्दा दायर गर्न बोलाएको छ । यी सबै कुराको बाबजुद जेनीको खेल करिअरका लागि विश्वकपको जित महत्त्वपूर्ण छ ।

उनी एट्लेटिको म्याड्रिडका पूर्वगोलकिपर एन्टोनियो हर्नान्डेजकी नातिनी हुन् । म्याड्रिडमा जन्मिएकी उनले युवा अवस्थामा एट्लेटिकोबाटै खेल्न सुरु गरेकी थिइन् । उनले बच्चा छँदा पार्कमा पनि खेलेकी छन्, जसले उनलाई आफ्नै शैलीमा ढाल्न सहयोग गरेको सोच्छिन् । उनले फर्नान्डो रेडोन्डो र जिनेदिन जिदान रियल म्याड्रिडमा रहँदा खेल हेरेर रमाइलो गरेकी थिइन् । तर, एट्लेटिकोमा आबद्ध हुनुपूर्व उनको कुनै त्यस्तो निश्चित आदर्श खेलाडी थिएन । त्यहाँ महिला टिमकी खेलाडी अना फर्नान्डेज थिइन्, जो नर्भी नामले चिनिएकी थिइन् । उनले तत्कालै जेनीलाई हेर्न थालिन् ।

खेलाडी छनोटकर्ताका लागि कुनै बजेट थिएन, जुन भूमिका सिनियर महिला खेलाडीले पूरा गर्थे । नर्भीले जेनीलाई छनोट गरेकी थिइन् । त्यतिबेला ५० युवालाई क्लबमा आबद्ध गर्न अर्का एक खेलाडी पनि छनोट गरिएको थियो । ‘उनी म जस्तै बायाँहाते थिइन् । उनी पनि उही पोजिसनमा खेल्थिन्, जहाँ म खेल्थें । र, उनी जस्तो थिइन्, मलाई त्यो मलाई मनपरेको थियो । उनमा धेरै आकर्षण थियो,’ तीन वर्षअघि जेनीले भनेकी थिइन् । उनी सन् २०१० मा रायो भालेकानोमा पुगिन्, जहाँ उनले स्पेनी लिगको उपाधि जितिन् । त्यसपछि उनले छोटो समय स्विडेनी क्लब टारेसोबाट पनि खेलिन् । उनले ब्राजिली लिजेन्ड मार्टासँगै पनि खेलेकी छन् ।




उनी जनवरी २०१४ मा बार्सिलोना गइन्, जहाँ उनी महिला टिमको इतिहासकै सबैभन्दा बढी गोलकर्ता भइन् । उनले दुईपल्ट बार्सिलोनामा रहँदा २ सय २४ खेलमा १ सय ८१ गोल गरिन् । सन् २०१७ मा उनी पेरिस सेन्ट जर्मेनमा एक सिजनका लागि आबद्ध भइन् । एट्लेटिको फर्कनुअघि एक सिजन बिताइन् । उनी एट्लेटिकोबाट फेरि २०१९ मा बार्सिलोना फर्केकी थिइन् । उनी बार्सिलोनाले पहिलोपल्ट च्याम्पियन्स लिगको उपाधि २०२१ जित्दा टिमकी सदस्य थिइन् । चेल्सीलाई फाइनलमा ४–० ले पराजित गर्दा उनले पेनाल्टी जितेकी थिइन् ।

मैदानबाहिर सहकर्मीहरू जेनीलाई ड्रेसिङ रूममा डिजेको रूपमा देख्ने गर्छन् । उनलाई अगाडि पठाइँदैन थियो । यी प्लेमेकरलाई फल्स नाइनमा खेलाइन्थ्यो । उनी अहिले मेक्सिकन क्लब पाचुकामा छन्, जहाँ उनले २०२२ मा हस्ताक्षर गरेकी थिइन् । उनलाई माथिल्लो स्तरबाट टाढिएको भनेर केहीले सुझाव पनि दिएका थिए ।

‘म सेवानिवृत्त भएकी थिएँ र मैले विश्वकप जितें,’ उनले सामाजिक सञ्जालमा आलोचकमाथि आक्रोश पोखेकी छन् । गम्भीर विवादमा परेकी भए पनि यसले उनलाई पोख्त बनाउँदै लगेको छ । उनी स्पेनी महिला टिमकै सबैभन्दा बढी गोलकर्ता हुन् । उनले इंग्ल्यान्डविरुद्ध फाइनलमा पेनाल्टीमा चुके पनि ५१ गेल गरेकी छन् । उनले घुँडाको चोटका कारण युरो २०२२ गुमाएकी थिइन् । र, उनी प्रशिक्षक जोर्गे भिल्दा र फुटबल महासंघसँगको विवादमा परेर राष्ट्रिय टिमबाट बाहिरिएका १५ खेलाडीमा पनि थिइनन् ।

‘कहिलेकाहीं अवसर एकपल्ट मात्रै आउँछ । इमान्दारीपूर्वक भन्नुपर्दा मानिसले के भन्छ म वास्ता गर्दिनँ,’ विश्वकपअघि उनले भनेकी थिइन् । विद्रोह गरेकामध्ये तीन खेलाडी टिममा फर्किए र विश्वकपको उपाधि पनि जिते । तर, अब बाँकी टिम र अरू धेरै खेलाडीले स्पेनी फुटबल महासंघको नेतृत्व परिवर्तन नभएसम्म भनेर आफैंलाई बाहिर राखेका छन् । जेनीलाई आफ्नै फुटबलका आदर्श पत्ता लगाउन केही समय लागेको थियो । तर, अर्को पुस्ताका लागि उनी त्यो व्यक्तित्व भइसकेकी छन् ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाले आईसीसी विश्वकप लिग–२ मा यूएईलाई १० विकेटले हराएको छ । १०७ रनको लक्ष्य अमेरिकाले १५.५ ओभरमा पूरा गर्‍यो। ओपनर एन्ड्रिस गौस ५४ बलमा १२ चौका र १ छक्कासहित ६६ तथा स्मित पटेल ४१ बलमा ५ चौकासहित ३८ रनमा नटआउट रहे । त्यसअघि नामिबियाको विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३१.२ ओभरमा १०६ ...
। मध्यक्रमका ब्याटर कामिन्दु मेन्डिसको शतकमा घरेलु टोली श्रीलंकाले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध मध्यम ब्याटिङ गरेको छ। गालेमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका पहिलो दिनको समाप्तिमा ३०२–७ को अवस्थामा छ। कामिन्दु मेन्डिस १७३ बलमा ११ चौकासहित ११४ रनमा आउट भए । मात्रै सातौं टेस्ट खेलेका कामिन्दुको यो चौथो टेस्ट शतक हो। कुशल मेन्डिस ५०, दिनेश चान्डिमल ३०, ...
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...