सन र हालान्डको ह्याट्रिक
सन र हालान्डको ह्याट्रिक

— सन ह्युङ–मिनको ह्याट्रिकको सहयोगमा टोटेनहम हर्टस्परले पछाडि परेको स्थिति उल्टाउँदै बर्नलीलाई टर्फ मुरमा शनिबार ५–२ ले पराजित गरेर प्रिमियर लिगको नयाँ सिजनमा अपराजित यात्रा कायम राखेको छ ।


लिली फोस्टरले आकर्षक गोलमा चौथो मिनेटमै बर्नलीलाई अगाडि बढाएका थिए । तर, कप्तान सनले १२ औं मिनेटमै टोटेनहमलाई बराबरी दिलाए । त्यसपछि पाहुना टिमले पछाडि फर्किनुपरेन । क्रिस्टियन रोमेरोले पहिलो हाफको इन्ज्युरी समयमा उत्कृष्ट गोल गर्दै टोटेनहमलाई २–१ ले अघि बढाए । जेम्स म्याडिसनले ५४ औं मिनेटमा टोटेनहमको अग्रता बढाए । त्यसपछि ६३ र ६६ औं मिनेटमा गोल गर्दै सनले ह्याट्रिक पूरा गरे । उनले गत वर्ष सेप्टेम्बर लेस्टरलाई ६–२ ले पराजित गरेयता पहिलो ह्याट्रिक गरेका हुन् । उनले प्रिमियर लिगमा चौथोपल्ट ह्याट्रिक गरेपछि आंगे पोस्टेकोग्लुको टिम अंकतालिकाको दोस्रो स्थानमा उक्लियो । अन्तिम समयमा जोस ब्रोनहिलले गोल गर्दै बर्नलीको हार अन्तर छोट्याएका थिए ।

अर्को खेलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले फुलहमलाई ५–१ ले हरायो । उक्त खेलमा इर्लिङ हालान्डले पनि ह्याट्रिक गरे । उनले व्यक्तिगत पहिलो गोल ५८ औं मिनेटमा गरेका थिए । प्राप्त पेनाल्टीलाई ७० औं मिनेटमा गोलमा परिणत गरेका हालान्डले इन्ज्युरी समयमा अर्को गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । यससँगै उनले यो सिजनका चार खेलमा ६ गोल पुर्‍याएका छन् । सिटीको शतप्रतिशत जितमा जुलियन अल्भारेज र नाथन अकेले पनि गोल गरे । खेलमा पहिलो गोल गर्ने क्रममा अल्भारेजलाई बल हालान्डले दिएका थिए । फुलहमलाई ३३ औं मिनेटमा टिम रिमले १–१ को स्थितिमा पुर्‍याए पनि त्यसलाई फुलहमले कायम राख्न सकेन ।

अर्नोट डान्जुमाको गोलमा एभरटन लगातार चार हार बेहोर्नबाट बचेको छ । डच फरवार्डले ५५ औं मिनेटमा गोल गरेपछि एभरटनले सेभिल्ड युनाइटेडलाई २–२ मा रोक्यो । सिन डायचको टिमले यसपालि खराब सुरुआत गरेको छ । तर, प्रिमियर लिगको नवप्रवेशी क्लब सेफिल्डको बराबरीले पनि एभरटनलाई सबैभन्दा खराब स्थितिमै पुर्‍याएको छ ।

पहिलो हाफसम्म सेभिल्ड २–१ ले अगाडि थियो । तर, अग्रता भने एभरटनले लिएको थियो । अब्दोउलेय डोकोरेले १४ औं मिनेटमा यो सिजनको लिगमा एभरटनको पहिलो गोल गरेका थिए । तर, क्यामरुन आर्चरले बराबरी गरिदिए भने एभरटनका गोलकिपर जोर्डन पिकफोर्डले आफ्नै पोस्टमा गोल गरेपछि सेफिल्डले अग्रता लिएको हो । भिल्लारियलबाट ‘लोन’ मा आएका डान्जुमाले गोल गर्दै एभरटनलाई अंक दिलाएका हुन् । तर, यो सिजन पनि डायचको टिमले रेलिगेसन टार्न संघर्ष गर्नुपर्ने देखिएको छ । यो सिजनको पहिलो अंक जोडेको एभरटन १८ औं स्थानमा छ । सुरुका तीन खेल हारेको अवस्थामा एभरटनलाई गोल अन्तरमा उछिनेको सेफिल्ड एक स्थानमाथि छ ।

एभरटनले लिग कपमा यसै साता चौथो श्रेणीको क्लब डंकास्टरलाई २–१ ले हराएको थियो । टोलीले लिगमा विपक्षी टिमको मैदानमा भएका पछिल्ला २३ खेलमध्ये दुई खेलमात्रै जितेको छ । एभर्टनले पछिल्ला दुई सिजन मुस्किलले रेलिगेसन टारेको छ । एलेक्स इओबी र निल मुपेलाई बिक्री गरे पनि स्थानान्तरणको अन्तिम दिन शुक्रबार खेलाडी अनुबन्ध गर्न असफल एभरटनमा तनाव नै देखियो । यो सिजनमा ३ सय १६ मिनेट र ४६ प्रहारपछि बल्ल सेफिल्डविरुद्ध १४ औं मिनेटमा गोलको खाता खोल्यो ।

पहिलो हाफको इन्ज्युरी समयमा मैदानमा प्रवेश गरेका एन्थोनी एलाङ्गाले ४८ औं मिनेटमा गोल गरेपछि नटिङ्घम फरेस्टले स्टामफोर्ड ब्रिजमा चेल्सीलाई १–० ले हरायो । ब्रेनफोर्डले घरेलु मैदानमा बर्नमाउथसँग २–२ खेल्दै अंक बाँड्यो । शुक्रबारको खेलमा वेस्टह्यामले ल्युटनमाथि २–१ को जित हात पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाले आईसीसी विश्वकप लिग–२ मा यूएईलाई १० विकेटले हराएको छ । १०७ रनको लक्ष्य अमेरिकाले १५.५ ओभरमा पूरा गर्‍यो। ओपनर एन्ड्रिस गौस ५४ बलमा १२ चौका र १ छक्कासहित ६६ तथा स्मित पटेल ४१ बलमा ५ चौकासहित ३८ रनमा नटआउट रहे । त्यसअघि नामिबियाको विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३१.२ ओभरमा १०६ ...
। मध्यक्रमका ब्याटर कामिन्दु मेन्डिसको शतकमा घरेलु टोली श्रीलंकाले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध मध्यम ब्याटिङ गरेको छ। गालेमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका पहिलो दिनको समाप्तिमा ३०२–७ को अवस्थामा छ। कामिन्दु मेन्डिस १७३ बलमा ११ चौकासहित ११४ रनमा आउट भए । मात्रै सातौं टेस्ट खेलेका कामिन्दुको यो चौथो टेस्ट शतक हो। कुशल मेन्डिस ५०, दिनेश चान्डिमल ३०, ...
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...