सूर्यको अध्ययन गर्न भारतद्वारा रकेट प्रक्षेपण
सूर्यको अध्ययन गर्न भारतद्वारा रकेट प्रक्षेपण

— चन्द्रयान–३ को सफल अवतरणपछि भारतले सूर्यको अध्ययन गर्न शनिबार रकेट प्रक्षेपण गरेको छ । आदित्य एल–१ नामको रकेटलाई वैज्ञानिक उपकरणसहित सूर्यको बाहिरी सतह अध्ययन गर्न चार महिनाको यात्राका लागि पठाइएको हो ।

उक्त रकेटले सौर्य वायुहरूको अध्ययन गर्ने बताइएको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का अनुसार सूर्यको व्यवस्थित अध्ययनका लागि रकेटले सातवटा ‘साइन्टिफिक पेलोड’हरू बोकेर त्यसतर्फ जाँदै गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आदित्य एल–१ लाई चार महिनामा १५ लाख किमि अर्थात् ९ लाख ३० हजार माइल यात्रा गर्न सक्ने गरी डिजाइन गरिएको छ । यो दूरी पृथ्वी र चन्द्रमाबीचको दूरीको चार गुणा बढी हो, जबकि सूर्य र पृथ्वीबीचको दूरीको केवल १ प्रतिशत मात्र हुन आउँछ । पृथ्वीबाट सूर्यको दूरी १५.१ करोड किमि छ ।

मिसनअन्तर्गत एल–१ नामको प्वाइन्टमा रहेर यानले अध्ययन सुरु गर्नेछ । उक्त प्वाइन्टलाई अन्तर्राष्ट्रिय रूपमा ‘ल्यागरेन्ज’ भनिन्छ । यो स्थानको नाम फ्रान्सेली गणितज्ञ लुइस ल्यागरेन्जको नाममा राखिएको हो, जसले १८ औं शताब्दीमा यो बिन्दुको खोजी गरेका थिए । यो अन्तरिक्षको एक यस्तो स्थान हो, जहाँ सूर्य र पृथ्वीको गुरुत्वाकर्षण बल सन्तुलित हुन्छ । यो एक प्रकारको न्यूट्रल प्वाइन्ट पनि हो, जहाँ अन्तरिक यानको इन्धन सबैभन्दा कम खपत हुन्छ । भारतको यो पहिलो सूर्य मिसन हो । यसअघि नासा र युरोपेयिन स्पेन्स एजेन्सी (ईएसए) ले पनि सूर्यको अध्ययन गर्न रकेट प्रक्षेपण गरेका थिए । भारतको रकेटले अन्तरिक्षको मौसम र त्यहाँको हलचलका बारेमा पनि अध्ययन गर्नेछ । ‘यसबाट सूर्यको विकिरणको पनि अध्ययन हुनेछ, जुन पृथ्वीको आउने क्रममा यहाँको वातावरणका कारण फिल्टर हुने गरेको छ,’ इसरोले जनाएको छ ।

भारत सरकारले सन् २०१९ मा यो प्रोजेक्टका लागि अनुमति दिएको थियो, जसको लागत ४.६ करोड अमेरिकी डलर छ । यो यान ५ वर्षसम्म अन्तरिक्षमा रहने बताइएको छ । शनिबार रकेट प्रक्षेपण गरेको दृश्य इसरोले प्रत्यक्ष प्रसारण गर्दा ८ लाख ६० हजारभन्दा धेरै दर्शकले एकै पटक अवलोकन गरेका थिए । भारतको मानवरहित चन्द्रयान–३ पछिल्लो साता चन्द्रमाको सतहमा उत्रिएको थियो । यसका साथै भारत अमेरिका, रुस र चीनपछि चन्द्रमा मिसन सफलतापूर्वक सम्पन्न गर्ने चौथो देश बनेको थियो । भारतले आगामी वर्ष पृथ्वीको कक्षमा तीन दिनका लागि मानवयुक्त मिसन पठाउने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...