भारतका सराभनन बने मिस्टर एसिया
भारतका सराभनन बने मिस्टर एसिया

काठमाडौं : ५५औं एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको टिम च्याम्पियनसिपमा नेपाल तेस्रो भएको छ। २६० अंक हासिल गर्दै नेपालले तेस्रो स्थान हात पारेको हो। ७९५ अंकका साथ भारत पहिलो र ५९० अंक जोडेको थाइल्यान्ड दोस्रो भयो। महिलामा थाइल्यान्ड पहिलो, भियतनाम दोस्रो र हङकङ तेस्रो भयो।

च्याम्पियनसिपअन्तर्गत मिस्टर एसियाको उपाधि भारतका सराभनन मनिले जितेका छन्। १० प्रतिस्पर्धीलाई पछि पार्दै मनिले उपाधि जितेका हुन्। शारीरिक सुगठनतर्फको विभिन्न १० तौल समूहका विजेताबीच भएको मिस्टर एसियाको प्रतिस्पर्धामा मनिले शीर्ष उपाधि जितेका हुन्। उनी ९० केजी तौल समूहमा विजेता हुँदै ओभरअल राउन्डमा प्रवेश गरेका थिए।

एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स फेडेरेसनको आयोजना तथा नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघको ब्यवस्थापनमा भएको च्याम्पियनसिपको पुरुष एथलिट फिजिक १८२ सेमीमा नेपालका विप्लव कार्कीले कांस्य पदक जिते। यस विधामा पहिलो स्थान भारतका रामा सोमाशेखर र दोस्रो स्थान भुटानका टान्डिन वाङचेनले हासिल गरे।

च्याम्पियनसिपमा नेपालले तीन स्वर्ण ६ रजत र पाँच कांस्य पदक जित्यो। विशाल पौडेलले जुनियर शारीरिक सुगठन, सनम मुलगुठीले स्वीम सुट, रजनी श्रेष्ठले महिला ५५ केजी तौल समूहको शारीरिक सुगठनमा स्वर्ण पदक जितेका थिए। ५५ केजीमा सुरेश दुवाल, ६० केजीमा असिमबाबु गरुङ, ६५ केजीमा मनोज सुवेदी, ७५ केजीमा ललित धिमाल, फिटनेस फिजिकमा राजु राई र मोडल फिजिक्समा तारा खैजुले रजत पदक जितेका थिए। यस्तै ६० केजीमा कमल भण्डारी, ८० केजीमा कृष्णप्रसाद श्रेष्ठ, फिटनेस फिजिक्समा रञ्जित लामा, एथलिट फिजिकमा विप्लव कार्की र एथलेट फिजिकमै निहालमान जोशीले कांस्य पदक जिते।

च्याम्पियनसिपमा १७ राष्ट्रका १६८ पुरुष र ६८ महिला गरी २३६ खेलाडीहरूले विभिन्न ४५ विधामा प्रतिस्पर्धा गरेका थिए। च्याम्पियनसिपमा पुरुषमा २८, महिलामा १६ र मिक्स एक गरी ४५ विधामा प्रतिस्पर्धा भएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाले आईसीसी विश्वकप लिग–२ मा यूएईलाई १० विकेटले हराएको छ । १०७ रनको लक्ष्य अमेरिकाले १५.५ ओभरमा पूरा गर्‍यो। ओपनर एन्ड्रिस गौस ५४ बलमा १२ चौका र १ छक्कासहित ६६ तथा स्मित पटेल ४१ बलमा ५ चौकासहित ३८ रनमा नटआउट रहे । त्यसअघि नामिबियाको विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३१.२ ओभरमा १०६ ...
। मध्यक्रमका ब्याटर कामिन्दु मेन्डिसको शतकमा घरेलु टोली श्रीलंकाले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध मध्यम ब्याटिङ गरेको छ। गालेमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका पहिलो दिनको समाप्तिमा ३०२–७ को अवस्थामा छ। कामिन्दु मेन्डिस १७३ बलमा ११ चौकासहित ११४ रनमा आउट भए । मात्रै सातौं टेस्ट खेलेका कामिन्दुको यो चौथो टेस्ट शतक हो। कुशल मेन्डिस ५०, दिनेश चान्डिमल ३०, ...
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...