मुख्य समाचार
एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स : रजनीलाई स्वर्ण
एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स : रजनीलाई स्वर्ण

: नेपालकी रजनी श्रेष्ठले काठमाडौंमा जारी ५५ औं एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छन्। महिला शारीरिक सुगठनको ५५ केजी तौल समूहमा भारतकी सविता बानियाँलाई पछि पार्दै रजनीले स्वर्ण पदक जितेकी हुन्।

रजनीले यसअघि माल्दिभ्समा आयोजना भएको ५३औंमा एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स च्याम्पियनसिपमा रजत र कांस्य पदक जितेकी थिइन्। तेस्रो स्थानमा भियतनामकी दिन्ह किम लोन रहिन्। महिलातर्फकै १५५ सेमीसम्मको मोडल फिजिकमा तारा खाइजुले रजत पदक जितिन्। थाइल्यान्डकी किरातिया छन्त्रतले स्वर्ण जित्दा भारतकी निमा डोमा लामाले कांस्य पदकमा चित्त बुझाइन्।

एसियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स फेडेरेसनको आयोजना तथा नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको ब्यवस्थापनमा जारी च्याम्पियनसिपको १७० सेमी सम्मको पुरुष फिजिकमा राजु राईले रजत पदक पक्का गरे। उनले मालदिभ्समा सम्पन्न अघिल्लो संस्करणमा कांस्य पदक जितेका थिए। थाइल्यान्डका वान्चाइ कान्जानापिमिनेले स्वर्ण र भियतनामका तरान होङ थुआनले कांस्य पदक पाए। यस्तै १७ सेमीमाथिको प्रतिस्पर्धामा रञ्जित लामाले कांस्य पदक पाए। पहिलो स्थानमा थाइल्यान्डका दाम्रोङसाक सोयश्री र मकाउका अउ मान किटले रजत पदक प्राप्त गरे।

पुरुषको ७५ केजी तौल समूहमा ललित धिमालले नेपालका लागि रजत प्राप्त गरे। भारतका राहुल चिन्डाले स्वर्ण र भारतकै जगन्नाथ खुन्तियाले कांस्य पाए। ८० केजी तौल समूहमा नेपालका कृष्णप्रसाद श्रेष्ठले कांस्य पदक पक्का गर्दा थाइल्यान्डका पतैवात अल्कावतले स्वर्ण र भारतका प्रकाश प्रधानले रजत जिते।

च्याम्पियनसिपमा नेपालले तीन स्वर्ण, ६ रजत र ३ कांस्य पदक जितेको छ। नेपालका विशाल पौडेलले शारीरिक सुगठनको ७५ केजीमाथिको तौल समूह र सनम मुलगुठीले महिला स्विम सुट फिजिक खुला विधामा स्वर्ण जितेका हुन्। नेपालले अब चार विधामा प्रतिस्पर्धा गर्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— म्यानचेस्टर सिटीका व्यवस्थापक पेप ग्वार्डिओलाले मंगलबार क्लबसँग थप एक वर्षको अनुबन्ध गरेका छन् । यससँगै इंग्लिस प्रिमियर लिगमा स्पेनी प्रशिक्षकको बसाइ १० वर्ष पुग्ने भएको छ । ग्वार्डिओला सन् २०१६ मा सिटी आएका थिए र त्यसयता उनले क्लबका लागि १६ उपाधि जितिसकेका छन् । त्यसमा छ प्रिमियर लिग उपाधि पनि पर्छन् । यस सिजनको अन्त्यसँगै ...
— लिभरपुल मिडफिल्डर डोमिनिक सबोस्लाईले पेनाल्टीबाट गरेको गोलमा हंगेरीले यूईएफ नेसन्स लिगमा मंगलबार जर्मनीलाई १–१ को नाटकीय बराबरीमा रोकेको छ । सबोस्लाईले दोस्रो हाफको इन्ज्युरी समयको नवौं मिनेटमा बराबरी गोल गरेका हुन् । जर्मनीले फेलिक्स एनमेचाको गोलले ७६ औं मिनेटमा अग्रता लिएको थियो र जिततर्फ अग्रसर देखिएको थियो । बराबरीका बाबजुद जर्मनीले लिग–वान ग्रुप–थ्री जित्ने निश्चित भइसकेको ...
। यूईएफए नेसन्स लिग फुटबलअन्तर्गत भएको खेलमा स्पेनले रोमाञ्चक जित निकालेको छ । लिग ए समूह ४ अन्तर्गत गएराति भएको खेलमा स्पेनले स्वीट्जरल्याण्डलाई ३-२ गोलअन्तरले हराएको हो । स्पेनको जितमा येरेमी पिनो, ब्रायन गिल र ब्रायन जारागोजाले एक-एक गोल गरे । स्वीट्जरल्याण्डका जोएल मोन्टेरो र एण्डी जेकिरीले एक-एक गोल गरे । रोमाञ्चक खेलमा स्पेनले दुईपटकसम्म अग्रता लिँदा ...
। पाकिस्तानसँगको तीन खेलको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अस्ट्रेलियाले क्लिन-स्वीप गरेको छ । सोमबार भएको तेस्रो खेलमा ७ विकेटको जित निकाल्दै अस्ट्रेलियाले सिरिज ३-० ले जितेको हो । पाकिस्तानले दिएको ११८ रनको लक्ष्य अस्ट्रेलियाले ११.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । अस्ट्रेलियाका मार्कस स्टोइनिसले २७ बलमा ५ चौका र ५ छक्कासहित ६१ रनको अविजित पारी ...
। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को प्रायोजकमा एनसेल पनि जोडिएको छ । एनपीएलको पहिलो संस्करणलाई थप प्रभावकारी बनाउन एनसेललाई ‘पावर्ड बाई’ प्रायोजकका रूपमा अनुबन्ध गरिएको जनाइएको छ । एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रालि र क्यानको संयुक्त पहलमा यो महत्त्वपूर्ण प्रायोजन सम्झौता सम्पन्न भएको हो । यसअघि ...