मुख्य समाचार
सङ्खुवासभामा कोरोना विरुद्धको बुस्टर खोप अभियान सुरु
सङ्खुवासभामा कोरोना विरुद्धको बुस्टर खोप अभियान सुरु

: सङ्खुवासभामा कोरोना भाइरसविरुद्धको बुस्टर खोप अभियान सुरु भएको छ। आइतबारबाट कोरोना भाइरसविरुद्धको बुस्टर खोप अभियान सुरु गरिएको हो। बुस्टर खोप अभियानका क्रममा खोप लगाउन छुटेका १२ वर्षदेखि माथिका सबैलाई पहिलो र दोस्रो मात्रा लगाइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

बुस्टर खोप अभियानको पहिलो चरणमा २० हजारभन्दा बढीलाई कोरोना भाइरसविरुद्धको बुस्टर खोप लगाइने छ। कोरोना भाइरसविरुद्धको बुस्टर अभियानमा १० स्थानीय तहका २० हजार एक सय ६० जनालाई खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी रोशन श्रेष्ठले जानकारी दिए। जिल्लाका १२ वर्ष माथिका एक लाख २० हजार जनालाई बुस्टर खोप लगाउने लक्ष्य राखिएको उनले बताए।

बुस्टर खोप अभियान यही भदौ १७ गतेदेखि सुरु भएको सूचना अधिकारी श्रेष्ठले बताए। बुस्टर खोप अभियानका लागि दुई सय २४ स्वास्थ्यकर्मी र चार सय ४४ स्वयम्सेवक परिचालन गरिएको उनले बताए। कोरोना भाइरसविरुद्धको खोप हालसम्म १२ वर्षमाथिका पहिलो मात्रा ८६ प्रतिशत, दोस्रो मात्रा ९३ प्रतिशत, पहिलो बुस्टर ६९ प्रतिशत र दोस्रो बुस्टर खोप ११ प्रतिशतले लगाइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

कोरोना भाइरसविरुद्धको खोपका लागि एक सय खोप केन्द्र तोकिएको छ। बुस्टर डोज लगाउन छुट भएकालाई पनि खोप लगाउन आग्रह गरिएको छ। - रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा झडपमा परेर घाइते भएकालाई आइतबार दिउँसो विराटनगरबाट थप उपचारका लागि काठमाडौं पठाइएको छ । शनिबारको झडपमा आन्दोलनकारी र सुरक्षाकर्मी गरेर २६ जना घाइते भएका थिए । तीमध्ये तीनजनालाई थप उपचारका लागि आइतबार बिहानै विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको थियो । नोबेलबाट थप उपचारका लागि काठमाडौं पठाएको मोरङका प्रमुख जिल्ला ...
: चिकित्सा शिक्षामा स्नातक तह एमबीबीएस र बीडीएसको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्सिङ) परीक्षामा झन्डै ६८ प्रतिशत परीक्षार्थी फेल भएका छन् । नेपाल मेडिकल काउन्सिलले लिएको लाइसेन्सिङ परीक्षामा सहभागीमध्ये दुईतिहाइभन्दा बढी परीक्षार्थी अनुत्तीर्ण भएका छन् । मंगलबार र बुधबार चिकित्सक दर्ता प्रमाणपत्रको परीक्षा भएको थियो । काउन्सिलका रजिष्ट्रार डा.सतिसकुमार देवका अनुसार, एमबीबीएस र बीडीएसतर्फ कुल ८ सय ४४ जना ...
— मृगौला फेल भएका बिरामीको उपचारका लागि भारतीय दूतावासबाट प्राप्त भएका ६ वटा ‘हेमोडायलाइसिस’ मेसिन एक वर्षदेखि थन्किएका छन् । बाराको महागढीमाई र सिम्रौनगढ नगरपालिकालाई दूतावासले स्वास्थ्य मन्त्रालय मार्फत अनुदान स्वरुप उपलब्ध गराएका तीन/तीन वटा हेमोडायलाइसिस मेसिन जनशक्ति र पूर्वाधार अभावमा थन्किएका हुन् । भौतिक पूर्वाधार, जनशक्ति, बजेट अभावले मेसिन सञ्चालनमा ल्याउन नसकेको सिम्रौनगढ नगरपालिकालका स्वास्थ्य ...
— एक सय रुपैयाँ कमाउँदा ५४ रुपैयाँ स्वास्थ्यमा खर्च गर्नुपर्दा हरेक वर्ष ५ लाख नेपाली गरिबीको रेखामुनि गएको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बताएका छन् । ‘नेपालीले सहज रूपमा उपचार पाउन सकेको छ वा उपचारका निम्ति कति पैसा खर्च गर्नु परेको छ ? मानौं एक नेपालीले १ सय रुपैयाँ कमाउँदा ५४ रुपैयाँ स्वास्थ्यमै खर्च गर्नु परेको ...
। काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) ले सोमबारदेखि स्वास्थ्य बीमा कार्यक्रम पूर्णरूपमा पुनः सञ्चालनमा ल्याएको छ । गत १२ भदौदेखि आंशिक रूपमा स्थगित गरिएको यो सेवा पाँच महिनापछि पूर्ण रूपमा सञ्चालनमा आएको हो । अस्पतालका निमित्त निर्देशक डा. घनश्याम गुरुङका अनुसार स्वास्थ्य बीमा बोर्डले ल्याएको नयाँ प्याकेजप्रतिको असहमति र बोर्डबाट प्राप्त हुनुपर्ने सोधभर्ना रकम ...