मुख्य समाचार
मेडिकल सञ्चालकविरुद्ध मुद्दा
मेडिकल सञ्चालकविरुद्ध मुद्दा

: बैतडीको दोगडाकेदार गाउँपालिकाका एक मेडिकल सञ्चालकविरुद्ध मुद्दा दर्ता गरिएको छ। दोगडाकेदार-६ पन्ज्युनयाँस्थित कबीर मेडिकल हलका सञ्चालक कृष्णसिंह कार्कीविरुद्ध मुद्दा दर्ता गरिएको हो।

प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीसहितको टोलीले यही भदौ १९ गते अनुगमनका क्रममा कार्कीले मेडिकल अवैधरूपमा सञ्चालन गरिरहेको फेला पारेको थियो। अवैधरूपमा मेडिकल सञ्चालन गरेको पाइएपछि अनुगमन टोलीले सोही दिन पक्राउ गरेर प्रहरी हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ।

प्रहरी निरीक्षक खत्रीले भने, 'मेडिकल दर्ता नै नभएको र स्वास्थ्य विषय नपढे पनि क्लिनिक सञ्चालन गरेको पाइएको छ।' अनुगमनका क्रममा कार्कीको मेडिकलसहित दोगडाकेदार-७ खोचलेकस्थित रणशैनी फार्मेसी एण्ड चन्द क्लिनिक र दोगडाकेदार-३ सिल्लेगडास्थित जोशी क्लिनिक सिल गरिएको थियो।

चिकित्सकको प्रेसक्रिप्सनबिना औषधि बिक्री गर्ने गरेको, आवश्यक शैक्षिक योग्यता नभएको तथा सम्बन्धित निकायमा दर्ता प्रक्रियासमेत पूरा नगरेको पाइएकाले मेडिकल सिल गरिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जापानिज इन्सेफ्लाइटिसबाट मुलुकभर १४ जनाको ज्यान गएको छ। इन्सेफ्लाइटिसबाट हुने मृत्युदर २२ दशमलव ९५ प्रतिशत छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, शंकास्पद बिरामीबाट संकलन गरिएका ६ सय ९५ नमुनामध्ये ६१ वटामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएको छ। प्रयोगशालामा पुष्टि भएका केसहरूमध्ये १४ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा कैलाली, कपिलवस्तु, पाल्पा, चितवन, सिन्धुली, ...
। यस वर्षको मनसुन सुरु भएयता जापानी इन्सेफ्लाइटिस (जेइ) को संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार १५ साउन यता जापानी इन्सेफ्लाइटिस संक्रमितको संख्या ५३ पुगेको हो । गत वर्षको तुलनामा यस वर्ष मृत्यु संख्या बढेको देखिएको छ । गत वर्ष जापानी इन्सेफ्लाइटिस संक्रमणबाट ६ जनाको मृत्यु ...
। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधन गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग राय माग गरेको छ । अस्पतालमा उपचारका सिलसिलामा चिकित्सकमाथि हुने आक्रमण नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले कानुन संशोधनका लागि कानुन मन्त्रालयसँग राय माग गरेको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए । चिकित्सकहरूले उपचारकै क्रममा बेलाबखत आफूमाथि आक्रमण तथा धम्की आउने गरेको भन्दै सुरक्षा ...
: वीरगन्जको नारायणी अस्पतालमा क्यान्सर रोगको उपचार सेवा सुरु भएको छ। मधेश प्रदेशमै पहिलो पटक वीरगन्जको नारायणी अस्पतालमा भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा क्यान्सर रोगको उपचार सेवा मंगलबारदेखि सुरु गरिएको हो। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नारायणी अस्पतालमा क्यान्सर उपचार सेवा र उक्त उपचार हुने अंकोलेजी वार्डको शुभारम्भ गरे। त्यसपछि आयोजित समारोहमा नारायणी ...
। निजी मेडिकल कलेजहरुले चिकित्साशास्त्रको स्नातकोत्तर तह (पीजी) पढाउन अस्वीकार गरेका छन् । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पीजी) अन्तर्गतको एमडी, एमएस र एमडीएसका लागि सिट संख्या माग गर्न निजी मेडिकल कलेजहरुलाई शुक्रबारसम्म समय दिएको थियो । पीजीका लागि मेडिकल कलेज तथा प्रतिष्ठानहरुले स्वमूल्यांकन गरी आफ्ना संस्थामा कुन विषयमा कति सिट आवश्यक छ भनेर माग दाबी गर्दै ...