‘स्वदेशी र विदेशी लगानीले देशको विकास’
‘स्वदेशी र विदेशी लगानीले देशको विकास’

: प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहालले मुलुकलाई समृद्ध बनाउनका लागि स्वदेशी तथा विदेशी लगानी आवश्यक भएको बताएका छन्। लगानी बोर्ड नेपालको १२औं वार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा प्रधानमन्त्रीले रोजगारी र उत्पादन वृद्धि गर्दै उच्च, दिगो र फराकिलो आर्थिक वृद्धिमार्फत समावेशी र उत्पादनशील विकासको आधार सिर्जना गर्न स्वदेशी तथा विदेशी लगानी अपरिहार्य रहेको उल्लेख गरे।

लगानीको वातावरण सुधार गरी सरकारले लगानीकर्ताका हरेक चासो, सरोकार र समस्यालाई सम्बोधन गर्दै आएको र त्यसलाई आगामी दिनमा अझै प्रभावकारी बनाउने कुरामा उनले विशेष जोड दिए। उनले लगानी बोर्डमार्फत सार्वजनिक–निजी साझेदारी र निजी प्रत्यक्ष लगानीका परियोजना कार्यान्वयनले गति लिएको उल्लेख गरे।

त्यस्तै, लगानी बोर्डका उपाध्यक्ष एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले विदेशीसहित ठूलो निजी लगानी आकर्षित गर्न आवश्यक रहेको बताए। उनले सार्वजनिक–निजी साझेदारी र प्रत्यक्ष निजी लगानीमा पूर्वाधार र उत्पादनमूलक उद्योग सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए।

लगानी बोर्डले स्थापनाको १२ वर्षमा ऊर्जा क्षेत्रका २८ र गैर ऊर्जा क्षेत्रका १४ परियोजना गरी कुल ४२ परियोजनाका लागि १२ खर्ब ५० अर्ब रुपैयाँबराबरको लगानी स्वीकृत गरेको छ। यस अवधिमा ५ खर्ब २५ अर्ब रुपैयाँबराबरको लगानी परिचालन भएको छ। त्यस्तै ६ हजार र ३ हजारटन प्रतिदिन उत्पादन क्षमता रहेका क्रमशः होड्सी शिवम् सिमेन्ट र हुवासिन सिमेन्ट परियोजना व्यावसायिक सञ्चालनमा आएका छन्। धरानमा बेस्ट टु इनर्जी परियोजना निर्माण पूरा भई सञ्चालनमा आएको उल्लेख गरेको छ।

बोर्डका अनुसार ९०० मेगावाटको अरुण–३ जलविद्युत् परियोजना, २१६ मेगावाटको माथिल्लो त्रिशूलीलगायतका परियोजना कार्यान्वयनका क्रममा छन् भने ९०० मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् परियोजना तथा ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् परियोजनाको परियोजना विकास सम्झौता सम्पन्न भई वित्तीय व्यवस्थापनको क्रममा रहेका छन्। ४५० मेगावाटको सेती नदी–६ सहित राष्ट्रिय गौरवको ७५० मेगावाटको पश्चिम सेती जलविद्युत् परियोजना अध्ययन तथा विकासका लागि एनएचपीसीसँग समझदारी भई विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को तयार भइरहेको बताइएको छ। यसका साथै ३२७ मेगावाटको अपर मस्र्याङ्दी–२ जलविद्युत् परियोजनाको डीपीआर मूल्यांकन भइरहेको छ र पीडीएको तयारीसमेत सुरु भएको बोर्डले जनाएको छ।

नेपालमा पहिलो पुस्ताको विदेशी लगानीकर्ताको रूपमा परिचित डाबर नेपालले उत्पादन वृद्धि र विविधीकरणका लागि ९ अर्ब ६८ करोड रुपैयाँबराबरको पुनर्लगानी गर्ने भएको छ। लगानी बोर्डको ५५औं बैठकबाट चीन नेपाल मैत्री औद्योगिक पार्क परियोजनाको पीडीएका लागि वार्ता समितिले कार्य थालनी गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। चेक अनादर मुद्दामा दुई वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था गर्न सांसदहरु सहमत भएका छन् । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थ समितिमा आइतबार भएको दफाबार छलफलमा चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय गर्ने व्यवस्था राख्ने सहमति भएको हो । समिति सभापति सन्तोष चालिसेले चेक अनादर ...
। कोरोनाकालदेखि थुप्रिएका खाली कन्टेनरका कारण वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनमा समस्या आएको छ । थुप्रिएका कन्टेनरमध्ये अधिकांश कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेडका रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी गराएको छ । समितिले यी कन्टेनर फिर्ता लगेर बन्दरगाह व्यवस्थापनमा सहयोग गर्न भारतीय पक्षसँग आग्रह गरेको छ । सोमबार समिति र लिमिटेडका अधिकारीहरूबीचमा वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थित रूपमा कार्गो ...
। बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको संक्रमण देखिएपछि किसान चिन्तित बनेका छन् । फलेकसीकाटोकाको संक्रमणका कारण केराका बिरुवा र पात सुक्दै जाने, फलेका फल पाकेको जस्तो पहेँलो देखिने र विस्तारै सुकेर भुइँमा खस्ने समस्या देखिन थालेको नवलपरासी केरा उत्पादन सङ्घका अध्यक्ष लख्खु यादवले बताए । जिल्लाको सुस्ता र प्रतापपुरमा करिब एक हजार छ ...