डलरमा आकर्षण बढ्दा सुनको मूल्य घट्यो
डलरमा आकर्षण बढ्दा सुनको मूल्य घट्यो

: अमेरिकी डलरमा आकर्षण बढ्दा सुनको मूल्यमा सामान्य कमी आएको छ। अमेरिकी डलर मजबुत बन्दै गएका कारण त्यसतर्फ लगानीकर्ता आकर्षण हुँदा विश्व बजारमा सुनको मूल्यमा सामान्य कमी आएको हो।

डलरको मूल्य मजबुत बन्दै गर्दा त्यसले सुन बजार अनिश्चित बनेकाले बजारमा उतार चढाव देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। डलरप्रतिको आकर्षण कायमै रहे सुनको मूल्यमा कमी आउन सक्ने महासंघको आकलन छ।

नेपाली बजारमा यो साताको पहिलो दिन आइतबार प्रति १० ग्राम ९६ हजार ५ सय ३५ रुपैयाँ रहेको सुनको मूल्य साताको दोस्रो दिन सोमबार साताकै सबैभन्दा बढी अर्थात् प्रति १० ग्राम ९६ हजार ८ सय ८० रुपैयाँसम्म पुगेको थियो।

त्यसपछि ओरालो लागेको सुनको मूल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम ९६ हजार २ सय ८० रुपैयाँमा झर्‍यो। जुन साताको पहिलो दिनको तुलनामा अन्तिम दिन प्रति १० ग्राम २ सय ५५ रुपैयाँले कम हो भने साताकै उच्च मूल्य कायम भएको दिन सोमबारको तुलनामा प्रति १० ग्राम ६०० रुपैयाँले कम हो।

यो साता चाँदीको मूल्यमा पनि सामान्य कमी आएको महासंघले बताएको छ। साताको पहिलो दिन १ हजार २ सय ५२ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य दोस्रो दिन साताकै सबैभन्दा बढी अर्थात प्रति १० ग्राम १ हजार २ सय ५६ रुपैयाँ कायम भयो।

साताको अन्तिम कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ४ रुपैयाँ ५० पैसामा झरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। चेक अनादर मुद्दामा दुई वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था गर्न सांसदहरु सहमत भएका छन् । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थ समितिमा आइतबार भएको दफाबार छलफलमा चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय गर्ने व्यवस्था राख्ने सहमति भएको हो । समिति सभापति सन्तोष चालिसेले चेक अनादर ...
। कोरोनाकालदेखि थुप्रिएका खाली कन्टेनरका कारण वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनमा समस्या आएको छ । थुप्रिएका कन्टेनरमध्ये अधिकांश कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेडका रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी गराएको छ । समितिले यी कन्टेनर फिर्ता लगेर बन्दरगाह व्यवस्थापनमा सहयोग गर्न भारतीय पक्षसँग आग्रह गरेको छ । सोमबार समिति र लिमिटेडका अधिकारीहरूबीचमा वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थित रूपमा कार्गो ...
। बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको संक्रमण देखिएपछि किसान चिन्तित बनेका छन् । फलेकसीकाटोकाको संक्रमणका कारण केराका बिरुवा र पात सुक्दै जाने, फलेका फल पाकेको जस्तो पहेँलो देखिने र विस्तारै सुकेर भुइँमा खस्ने समस्या देखिन थालेको नवलपरासी केरा उत्पादन सङ्घका अध्यक्ष लख्खु यादवले बताए । जिल्लाको सुस्ता र प्रतापपुरमा करिब एक हजार छ ...