मुख्य समाचार
सन्दीप लामिछानेको मुद्दामा अभिलेख झिकाउने आदेश
सन्दीप लामिछानेको मुद्दामा अभिलेख झिकाउने आदेश

: जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा गौशाला-२६ को बसाइँसराइ तथा जन्मदर्ता सम्बन्धी थप अभिलेख झिकाउने आदेश गरेको छ।

न्यायाधीश सकुन्तला कार्कीको इजसालमा आज भएको सुनुवाइपछि थप केही कागजातको अभिलेख झिकाउने आदेश भएको अदालतका श्रेस्तेदार कौशलेश्वार ज्ञवालीले जानकारी दिए।

यसअघि नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले रू २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो।

सर्वोच्च अदालतले लामिछानेलाई विदेशमा हुने प्रतियोगितामा भाग लिन जान पाउने आदेश गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— आइसीसी यू–१९ महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले हार व्यहोरेको छ । युनाइटेड अरब इमिरेट्स (युएई)को अजमानस्थित द सेभेन रङ्गशालामा शनिबार भएको खेलमा घरेलु टोली युएईले नेपाललाई १३ रनले हरायो । युएईले दिएको एक सय २३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय नौ रन मात्रै बनाउन सक्यो ...
: नेपाल क्रिकेट संघ (क्यान)ले हेमन्त धामीको कप्तानीमा यु-१९ टोली घोषणा गरेको छ। एसिया कप खेल्नका लागि क्यानले धामीको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरेको छ। यसअघि देव खनाल यु-१९ का कप्तान थिए। उनी निरन्तर सिनियर टोलीमा खेल्न थालेपछि धामीलाई कप्तानीको जिम्मा दिइएको हो। त्यस्तै अर्जुन कुमाललाई उपकप्तानको जिम्मेवारी दिइएको छ। टोलीमा आकाश त्रिपाठी, उत्तम रांगु ...
— काठमान्डु गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि इंग्लिस क्रिकेटर ड्यान डौथवेटलाई अनुबन्ध गरेको छ । इंग्लिस क्रिकेटका अनुभवी डौथवेटले मंसिर १५ देखि हुने एनपीएलमा काठमान्डु गोर्खाजको प्रतिनिधित्व गर्ने भएका छन् । २७ वर्षे मिडियम पेस अलराउन्डर डौथवेटले कार्डिफ मेरिलेबोन क्रिकेट क्लबबाट सन् २०१९ मा प्रथम श्रेणीमा ‘डेब्यू’ गरेका थिए । पछिल्लो समय उनले ...
— म्यानचेस्टर युनाइटेडले बिहीबार यो सिजनको पहिलो युरोपा लिग जित हात पारेको छ । उसले ओल्ड ट्रायफोर्डमा भएको खेलमा ग्रिक च्याम्पियन पीएओकेलाई २–० ले हराएको हो । यो जितमा एमड डिएलोले दोस्रो हाफमा दुई गोल गरे । युनाइटेडमा नयाँ प्रशिक्षकका रूपमा रुबेन एमोरिन भित्रिनु अगाडि यो प्रभावशाली जित हात परेको हो । अर्को इंग्लिस प्रिमियर लिग क्लब ...
— नेपाल प्रिमियर लिग (एनपीएल) कै महँगो टिम पोखरा एभेन्जर्सले पोखरावासीको समर्थन जुटाउन बिहीबार आयोजना गरेको र्‍यालीमा दक्षिण अफ्रिकाका लिजेन्ड क्रिकेटर जोन्टी रोड्स सहभागी भए । टिमको मेन्टरका रूपमा आएका उनी क्रिकेटप्रति पोखरावासीको लगाव देखेर उत्साही भए । पोखराको एक चक्कर लगाएर उनले रंगशालास्थित क्रिकेट मैदानको पनि अवलोकन गरे । उनले भारतको धर्मशालामा रहेको रंगशालालाई उत्कृष्ट भनिए पनि पोखरा ...