नेमारले उछिने पेलेको कीर्तिमान
नेमारले उछिने पेलेको कीर्तिमान

: फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटको खेलमा ब्राजिलले बोलिभियालाई ५–१ को फराकिलो अन्तरले पराजित गर्दा स्टार फरावर्ड नेमारले भने भिन्न कीर्तिमानको आत्मसाथ गरेका छन्। शनिबार बिहान भएको खेलमा घरेलु टोली बोलिभियाविरुद्ध दुई गोल गरेका नेमारले ब्राजिलका सर्वकालीन महान खेलाडी पेलेको नाममा रहेको सर्वाधिक गोलकर्ताको कीर्तिमानसँग बराबरी गरेका हुन्।

नेमारले शनिबार नै पेलेलाई पछाडि छाड्ने अवसर पाएका थिए। पहिलो हाफको १७औं मिनेटमा उनी पेनाल्टीमा चुक्दा पेलेको कीर्तिमानलाई पछाडि पार्न भने सकेनन्। नेमारले एक सय २५औं खेलमा ७७ गोल गर्दै पेलेसँगको कीर्तिमान बराबरी गरेका हुन्। ‘मैले कहिले पनि यो कीर्तिमानसम्म पुग्ने कल्पनासम्म पनि गरेको थिइनँ। म राष्ट्रका लागि प्रतिनिधित्व गरेका पेले वा अन्य खेलाडीभन्दा उत्कृष्ट होइन र छैन पनि’, नेमारले भने। समग्रमा ब्राजिलका लागि सर्वाधिक गोल गर्ने खेलाडी भने महिला खेलाडी मार्टा छिन्। उनले एकसय ८९ खेलमा एक सय २२ गोल गरेकी छन्।

गत डिसेम्बरमा ८२ वर्षको उमेरमा निधन भएका पेलेले सन् १९५७ देखि १९७१ को समयमा ८२ खेलमा ७७ गोल गरेका थिए। पेले आफ्नो समयको महान खेलाडी थिए। पेलेको सामाजिक सञ्जाल ट्विटर (एक्स) ले नेमारको उपलब्धिप्रति बधाइ दिएको थियो। ‘ब्राजिलका लागि सर्वाधिक गोलकर्ता बन्दै पेलेसँग बराबरी गरेकोमा नेमारलाई हार्दिक बधाइ। निश्चित रुपमा पेलेले तपाईको सराहना गरिरहेका छन्’, ट्विटरमा भनिएको छ। ब्राजिलका प्रशिक्षक फर्नान्डो डिनिजले पनि नेमारको सराहना गरेका छन्। ‘उनी यही गर्न आएका थिए र उनले गरे पनि। दुई गोल गरे र कीर्तिमान तोडे’, प्रशिक्षक फर्नान्डोले भने, ‘उनी संसारकै उत्कृष्ट खेलाडीमध्येका हुन्। धेरैका आदर्श हुन्।’

सन् २०१७ मा नेमार विश्वकै सर्वाधिक महंगा खेलाडी बनेका थिए। सन् २०१७ मा दुई सय मिलियन पाउन्डमा स्पेनिस क्लब बार्सिलोनाबाट उनी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेका थिए। उनले यही वर्ष पीएसजीको बसाइलाई बिट मार्दै साउदी अरेबियाको प्रो लिग क्लब अल हिलालमा आवद्ध भएका थिए।

दक्षिण अमेरिकी छनोटमा ब्राजिललाई प्रभावशाली जित दिलाउन नेमारसँगै रोड्रिगोले दुई गोल गरेका थिए। अर्को खेल गोल राफिन्हाले थपेका थिए। पहिलो खेल खेलेको ब्राजिल तीन अंकका साथ शीर्ष स्थानमा छ। शनिबार नै भएको अर्को खेलमा उरुग्वेले चिलीलाई ३–१ गोलले पराजित गरेको थियो। दक्षिण अमेरिकी छनोटमा १० राष्ट्रको सहभागिता रहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाले आईसीसी विश्वकप लिग–२ मा यूएईलाई १० विकेटले हराएको छ । १०७ रनको लक्ष्य अमेरिकाले १५.५ ओभरमा पूरा गर्‍यो। ओपनर एन्ड्रिस गौस ५४ बलमा १२ चौका र १ छक्कासहित ६६ तथा स्मित पटेल ४१ बलमा ५ चौकासहित ३८ रनमा नटआउट रहे । त्यसअघि नामिबियाको विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३१.२ ओभरमा १०६ ...
। मध्यक्रमका ब्याटर कामिन्दु मेन्डिसको शतकमा घरेलु टोली श्रीलंकाले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध मध्यम ब्याटिङ गरेको छ। गालेमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका पहिलो दिनको समाप्तिमा ३०२–७ को अवस्थामा छ। कामिन्दु मेन्डिस १७३ बलमा ११ चौकासहित ११४ रनमा आउट भए । मात्रै सातौं टेस्ट खेलेका कामिन्दुको यो चौथो टेस्ट शतक हो। कुशल मेन्डिस ५०, दिनेश चान्डिमल ३०, ...
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...