मुख्य समाचार
जोकोभिचले जिते कीर्तिमान २४ औं ग्रान्ड स्लाम
जोकोभिचले जिते कीर्तिमान २४ औं ग्रान्ड स्लाम

— नोभाक जोकोभिचले ड्यानिल मेभडेभेडलाई सिधा सेटमा पराजित गर्दै शनिबार यूएस ओपनको उपाधि जितेका छन् । उनले जितेको यो चौथो यूएस ओपनको उपाधि हो । यस्तै जोकोभिचले २४औं ग्रान्ड स्लामको उपाधि जित्दै कीर्तिमान बराबर पनि गरेका छन् ।

दुई वर्षअघिको यूएस ओपन फाइनलमा जोकोभिच रुसी खेलाडी मेडभेडेभकै हातबाट पराजित भएका थिए । अब उनले यसको पनि बदला लिएका छन् । यससँगै उनी एकै सिजन चार पल्ट तीन ग्रान्ड स्लामको उपाधि जित्ने पहिलो खेलाडी पनि भएका छन् ।

आधुनिक समयमा सबैभन्दा बढी उमेरमा यूएस ओपन जित्ने कीर्तिमान पनि बनाएका ३६ वर्षीय जोकोभिच आर्थर ऐस स्टेडियमको कोर्टमा भएको फाइनलमा ६–३, ७–६ (७/५) र ६–३ ले विजयी रहे ।

सन् २०२१ को फाइनलमा भने मेडभेडेभले जोकोभिचलाई सिधा सेटमा हराएको थियो । यसक्रममा सर्बियाली खेलाडी एकै वर्ष चार ग्रान्ड स्लाम उपाधि जित्नबाट वञ्चित भएका थिए । जोकोभिचले मार्टरेट कोर्टको नाममा रहेको २४ ग्रान्ड स्लाम उपाधिको कीर्तिमान बराबर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मध्यक्रमका ब्याटर कामिन्दु मेन्डिसको शतकमा घरेलु टोली श्रीलंकाले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध मध्यम ब्याटिङ गरेको छ। गालेमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका पहिलो दिनको समाप्तिमा ३०२–७ को अवस्थामा छ। कामिन्दु मेन्डिस १७३ बलमा ११ चौकासहित ११४ रनमा आउट भए । मात्रै सातौं टेस्ट खेलेका कामिन्दुको यो चौथो टेस्ट शतक हो। कुशल मेन्डिस ५०, दिनेश चान्डिमल ३०, ...
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...