म्यान्मार–नेपाल : दोस्रो खेल आज
म्यान्मार–नेपाल : दोस्रो खेल आज

— विश्वकप २०२६ पहिलो चरणको छनोटको तयारीमा यांगुनमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले दोस्रो मैत्रीपूर्ण खेलमा सोमबार घरेलु टिम म्यान्मारविरुद्ध प्रतिस्पर्धा गर्दै छ । थुवुना रंगशालामा शुक्रबार भएको पहिलो खेल गोलरहित टुंगिएको थियो । उक्त खेलमा अधिकांश समय म्यान्मारले पाहुना टिमलाई दबाबमा राखेको थियो ।


लगातार गोलको अवसर सिर्जना पनि गरेको थियो । नेपाली खेलाडीहरूको रक्षापंक्तिमा जुझारु खेल र गोलकिपर किरण चेम्जोङको उत्कृष्ट प्रदर्शनमा म्यान्मार गोलविहीन रोकिएको थियो । उक्त खेलमा सबैभन्दा राम्रो अवसर भने नेपालले पाएको थियो । दोस्रो हाफमा पाएको पेनाल्टीमा अञ्जन विष्ट गोल गर्न असफल भएका थिए ।

सोमबार अञ्जन फेरि पुरुषको राष्ट्रिय टिमका लागि सबैभन्दा बढी गोल गरेका नीराजन रायमाझी र हरि खड्काको कीर्तिमान भेटाउने प्रयासमा हुनेछन् । कीर्तिमानभन्दा एक गोल पछाडि परेका अञ्जनले १२ गोल गरेका छन् । सन् २०१९ मा म्यान्मारमै भएको मैत्रीपूर्ण खेलमा ३–० ले हारेको नेपालका लागि गोलरहित बराबरी नतिजा पनि उपलब्धिमूलक नै मान्न सकिन्छ । विश्वकप छनोटको तयारीमा कमजोरी सच्याउने अभियानमा रहेका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेस बराबरीभन्दा पनि राम्रो नतिजा चाहन्छन् म्यान्मारविरुद्ध ।

इटालियन प्रशिक्षक एनेसले दुई स्ट्राइकर आर्मीका जिलेस्पीजंग कार्की र जावलाखेल युवा क्लबका हिसुब थपलियालाई शुक्रबार डेब्यु दिएका थिए । उनले डेब्यु गर्न बाँकी अरू खेलाडीलाई पनि सोमबार मैदानमा ओर्लने अवसर दिन सक्छन् । विशेष गरी डिफेन्समा पोजिसनअनुसारका खेलाडी अभाव रहेको छ । त्यसैले उनले विश्वकपको प्रारम्भिक छनोटमा लाओसविरुद्धको खेलका लागि अन्तिम तयारी भएकाले टिममा केही परिवर्तन गर्न सक्छन् ।

फिफा वरीयतामा नेपाल १ सय ७५ औं स्थानमा रहेको छ भने म्यान्मार १ सय ६० औं स्थानमा छ । पछिल्लो वरीयतामा एसियाका शीर्ष २६ स्थानमा पर्न असफल भएपछि नेपाल र म्यान्मार विश्वकप छनोटको पहिलो चरणमै मैदानमा ओर्लनुपर्ने स्थिति आएको हो । जर्मन प्रशिक्षक माइकल फेइटेनबेनरको टिम म्यान्मार पनि विश्वकप २०२६ पहिलो छनोटको अन्तिम तयारीमा रहेको छ । म्यान्मारले छनोटमा मकाउविरुद्ध खेल्दै छ भने नेपालले लाओसविरुद्ध प्रतिस्पर्धा गर्नेछ । छनोटका प्रतिस्पर्धा होम एन्ड अवेका आधारमा आउने अक्टोबरमा सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाले आईसीसी विश्वकप लिग–२ मा यूएईलाई १० विकेटले हराएको छ । १०७ रनको लक्ष्य अमेरिकाले १५.५ ओभरमा पूरा गर्‍यो। ओपनर एन्ड्रिस गौस ५४ बलमा १२ चौका र १ छक्कासहित ६६ तथा स्मित पटेल ४१ बलमा ५ चौकासहित ३८ रनमा नटआउट रहे । त्यसअघि नामिबियाको विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३१.२ ओभरमा १०६ ...
। मध्यक्रमका ब्याटर कामिन्दु मेन्डिसको शतकमा घरेलु टोली श्रीलंकाले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध मध्यम ब्याटिङ गरेको छ। गालेमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका पहिलो दिनको समाप्तिमा ३०२–७ को अवस्थामा छ। कामिन्दु मेन्डिस १७३ बलमा ११ चौकासहित ११४ रनमा आउट भए । मात्रै सातौं टेस्ट खेलेका कामिन्दुको यो चौथो टेस्ट शतक हो। कुशल मेन्डिस ५०, दिनेश चान्डिमल ३०, ...
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...