गउफलाई यूएस ओपन
गउफलाई यूएस ओपन

— अमेरिकी किशोर खेलाडी कोका गउफले एक सेटले पछाडि रहेको स्थिति उल्टाउँदै शनिबार बेलारुसकी आरयना साबलेन्कालाई पराजित गर्दै यूएस ओपन जितेकी छन् । उनले जितेको यो पहिलो ग्रान्ड स्लाम उपाधि हो ।

आर्थर ऐस स्टेडियम कोर्टमा उत्कृष्ट प्रदर्शन गर्ने क्रममा १९ वर्षीया गउफले २ घण्टा ६ मिनेट चलेको खेल २–६, ६–३ र ६–२ ले आफ्नो पक्षमा पारिन् । फाइनल अगाडि फ्लोरिडाकी गउफसामु दोस्रो वरीयताकी साबलेन्का उपाधिका लागि बलियो प्रत्याशी थिइन् । तर फाइनलमा कीर्तिमान २८ हजार १ सय ४३ दर्शक अगाडि गउफको प्रदर्शन निर्णायक रह्यो ।

जुलाईमा मात्रै गउफ विम्बल्डनको पहिलो चरणबाटै बाहिरिएकी थिइन् । त्यसपछि भने उनले वासिङ्टन तथा सिनसिनाटीमा उपाधि जितेकी थिइन् र आफ्नो खेल जीवनलाई ठोस दिन सकेकी थिइन् । उपाधिपछि गउफले भनिन्, ‘यो सफलताले मेरो जीवनमा धेरै महत्त्व राख्नेछ । जितपछि म आफैं भने केही हदसम्म स्तब्ध जस्तै छु ।’

गत वर्ष उनी फ्रेन्च ओपनको फाइनलमा पराजित भएकी थिइन् । गउफले थपिन्, ‘पछिल्लो पटक फ्रेन्च ओपनको फाइनलमा पराजित हुँदा मेरा लागि त्यो हृदयविदारक थियो । त्यसैले पनि आजको जित अझ विशेष भएको छ ।’ उनी यूएस ओपन जित्ने तेस्रो अमेरिकी किशोर खेलाडी पनि भएकी छन् । यसअघि ट्रेसी अस्टिन र सेरेना विलियम्सले किशोरी छँदै यूएस ओपन जितेका थिए । उपाधि जितेयता उनले आफ्नो प्रतिभाप्रति शंका गर्नेलाई पनि धन्यवाद दिइन् ।






उनले ठट्यौली पारामा भनिन्, ‘इमान्दारितापूर्वक भन्दा मैले ती सबैलाई धन्यवाद दिर्नै पर्छ, जसले मलाई कहिले पनि विश्वास गरेनन् । जसले मलाई विश्वास गरिरहेका थिएनन्, तिनीहरूले मलाई अझ राम्रो खेल्न प्रेरित गरिरहेका थिए । त्यसैको परिणाम आज आएको छ ।’ अर्कोतर्फ उपविजेतामा सीमित रहेकी साबलेन्काले आफ्नो हारको कारण आफ्नै भूल जिम्मेवार रहेको दाबी गरिन् । उनको भनाइ थियो, ‘मैले आफूविरुद्ध आफैं खेलें जस्तो लाग्छ ।’

गउफबारे बोल्दै उनले भनिन्, ‘आजको खेलमा उनी निकै प्रभावशाली रहिन् । दोस्रो सेट पुग्दा म सायद धेरै सोचिरहेकी थिएँ, त्यसपछि त मैले आफ्नो पकड खेलबाट गुमाउँदै गएँ । त्यसको फाइदा उठाएर गउफले अझ राम्रो खेलिन् भने मैले भूलमाथि भूल गर्दै गएँ ।’ खेलको पहिलो गेममै गउफ आत्तिएको देखिएको थियो र साबलेन्काले सजिलै उनको सर्भिस ब्रेक गरिन् । त्यस स्थितिबाट साबलेन्काले तुरुन्तै २–० को अग्रता लिएकी थिइन् ।

केही उतारचढावपछि पहिलो सेट साबलेन्काको नाममा रह्यो । यस्तोमा उनी केही तनावमा देखिइन् र तुरुन्तै दोस्रो सेटमा ३–१ ले पछाडि परिन् । अन्तिम तथा निर्णायक सेटमा पनि गउफले २–० को अग्रता लिएपछि पछाडि फर्केर हेर्नु परेन । गउफले सन् २ं०१९ को विम्बल्डनमा राम्रो प्रदर्शन गरेपछि धेरैले उनलाई भविष्यका खेलाडीका रूपमा गणना गर्न थालेका थिए । तर धेरैको अपेक्षाअनुसार उनको प्रदर्शन रहेन र उनको खेलको सबैभन्दा ठूलो विशेषता नै एकपरूपता नभएको प्रदर्शन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...