सुनको दैनिक आयात कोटा थप १० किलो बढ्दै
सुनको दैनिक आयात कोटा थप १० किलो बढ्दै

— सरकारले सुनको दैनिक आयात कोटा थप १० किलो बढाउन लागेको छ । चाडबाडलाई दृष्टिगत गरी दैनिक आयात कोटा थप १० किलो बढाएर २० किलो पुर्‍याउन लागिएको हो । भदौ १५ मा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको उपस्थितिमा नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिसहितको बैठकले कोटा बढाउने निर्णय भएको हो । कोटा बढाउनकै लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राष्ट्र बैंकलाई पत्र पठाइसकेको छ ।

‘मन्त्रीज्यूसहितको उपस्थितिमा मन्त्रालयको भएको छलफलमा कोटा बढाउने निर्णय भएको थियो । सहजीकरणका लागि तालुक राष्ट्र बैंकलाई पत्राचार गर्ने पनि सहमति भएको छ,’ एक सुन व्यवसायीले भने, ‘अब कोटा बढ्नेमा आशावादी छौं ।’

आयात कोटा बढाउनमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको मात्रै भूमिका रहन्न । राष्ट्र बैंकले सुन आयातको जिम्मा वाणिज्य बैंकहरूलाई दिएको छ । वाणिज्य बैंकले दिनको १० किलो सुन आयात गर्दै आएका छन् । वाणिज्य बैकहरूले मुख्यतः दुबई, हङकङ, स्विट्जरल्यान्ड, सिंगापुरलगायत मुलुकबाट सुन आयात गरी बिक्री गर्दै आएका छन् । थप १० किलो सुन आयातका लागि राष्ट्र बैंकले सर्कुलर जारी गर्नुपर्छ । त्यसका लागि राष्ट्र बैंकमा पत्र पठाउने निर्णय भएको छलफलमा सहभागी ती व्यवसायीले बताए । सुनको आयात कोटा थप १० किलो बढाएर २० किलो पुर्‍याउने निर्णय भएको मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीले पनि पुष्टि गरे ।

‘मन्त्रालयका तर्फबाट कोटा बढाउने निर्णय गरेर राष्ट्र बैंकलाई पत्र पठाएका छौं,’ उनले भने, ‘अब राष्ट्र बैंकले कहिले निर्णय गर्छ, त्यसमा भर पर्छ ।’ चाडबाड नजिकिँदै गर्दा गहना व्यवसायीहरूले कोटा बढाउन माग गर्दै आएका छन् । उनीहरूले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री, अर्थमन्त्री र राष्ट्र बैंकका पदाधिकारीलाई भेटेरै कोटा बढाइदिन आग्रह गरिराखेका छन् । व्यवसायीले दैनिक ३५ किलो माग गरेकामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले २० किलो पुर्‍याउन लागेको हो ।

सुन आयात निरुत्साहित गर्न सरकारले आयातमा कोटा प्रणाली लागु गरेको छ । सुन आयातको आवश्यकताअनुसार सरकारले कोटा थपघट गर्दै आएको छ । हाल दैनिक आयात कोटा १० किलो छ । ‘सिजन सुरु हुने बेला भएकाले दैनिक माग १५ किलो छ । दसैं–तिहारसम्म माग बढेर ३५ किलो पुग्छ,’ नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले भने, ‘अहिले भइरहेको कोटामा थप १० किलो बढाउने निर्णय भएको छ । राष्ट्र बैंकले छिट्टै सर्कुलर जारी गर्नेमा आशावादी छौं ।’ पछिल्लो समय सुनको माग बढ्दै गएकाले बैंकको सुन उठ्न थालेको उनले बताए । ‘आर्थिक मन्दीका कारण बजार सुस्त थियो, सुनको माग नहुँदा बैंकमा थुप्रिएको हो,’ उनले भने, ‘पछिल्लो समय बैंकको सुन उठ्न थालेको छ ।’




हरेक महिना बैंकमा थुप्रिन्छ सुन

व्यवसायीले सुनको आयात कोटा बढाउन माग गरिरहँदा बैंकमा हरेक महिना सुन थुप्रिएको एक तथ्यांकले देखाएको छ । वाणिज्य बैंकमा सुन थुप्रिएपछि गत आर्थिक वर्षको चैत र असारमा सुन आयात नै नभएको नेपाल बैंकर संघको तथ्यांक छ । तथ्यांकअनुसार ०७९/८० साउनमा २ सय किलो आयात भएको थियो । आयातित सुनमध्ये २६.५ किलो मौज्दात बस्यो । भदौमा ४ सय किलो आयात भयो । भदौमा ५०.५ किलो सुन मौज्दात रह्यो । बैंकहरूले असोजमा ३ सय किलो आयात गरेका थिए । असोजसम्म आइपुग्दा ८५ किलो मौज्दात रहेको संघले जनाएको छ । कात्तिकमा २ सय किलो आयात हुँदा बैंकमा १ सय ९ किलोसम्म थुप्रिएको थियो ।

मंसिरमा ३ सय किलो आयात भयो । बिहेको सिजन भएकै कारण बैंकको मौज्दात घटेर २१ किलोमा झरेको थियो । त्यसपछि पुसमा १ सय किलो सुन आयात भयो । तर व्यवसायीले बैंकको सुन किनेनन् । त्यसपछि बैंकमा १ सय २० किलो सुन मौज्दात भएको संघको विवरणमा उल्लेख छ । माघमा मौज्दात घटेर ६६ किलोमा झर्‍यो । माघमा ३ सय किलो सुन आयात भएको थियो । फागुनमा आइपुग्दा बैंकहरूले ५ किलो आयात गरे । आयात वृद्धिसँगै बैंकमा फेरि १ सय ४४ किलो सुन थुप्रिएको छ । त्यसपछि चैतमा सुन आयात भएन । बैंकमा थुप्रिएको सुन घटेर १ सय ३० किलो पुगेको संघको विवरणमा उल्लेख छ ।

गत वैशाखमा फेरि ४ सय किलो सुन आयात भयो । त्यतिबेला ५४ किलो मौज्दात थियो । जेठमा २ सय किलो आयात हुँदा मौज्दात बढेर फेरि १ सय ९१ किलो पुग्यो । त्यसपछि बैंकहरूले असारमा सुन आयात गरेनन् । आयात बन्द हुँदा मौज्दात घटेर १ सय १९ किलोमा झरेको संघको तथ्यांक उल्लेख छ । संघका अनुसार ०८०/८१ साउनमा २ सय किलो सुन आयात भयो । साउनमा १ सय ३ किलो सुन मौज्दात थियो । भदौ १७ सम्म २ सय ५० किलो आयात भएकामा बैंकमा १ सय २६ किलो मौज्दात रहेको संघको तथ्यांक छ । व्यवसायीले भने बैंकमा थुप्रिएको सुन उठ्ने दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। चेक अनादर मुद्दामा दुई वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था गर्न सांसदहरु सहमत भएका छन् । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थ समितिमा आइतबार भएको दफाबार छलफलमा चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय गर्ने व्यवस्था राख्ने सहमति भएको हो । समिति सभापति सन्तोष चालिसेले चेक अनादर ...
। कोरोनाकालदेखि थुप्रिएका खाली कन्टेनरका कारण वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनमा समस्या आएको छ । थुप्रिएका कन्टेनरमध्ये अधिकांश कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेडका रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी गराएको छ । समितिले यी कन्टेनर फिर्ता लगेर बन्दरगाह व्यवस्थापनमा सहयोग गर्न भारतीय पक्षसँग आग्रह गरेको छ । सोमबार समिति र लिमिटेडका अधिकारीहरूबीचमा वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थित रूपमा कार्गो ...
। बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको संक्रमण देखिएपछि किसान चिन्तित बनेका छन् । फलेकसीकाटोकाको संक्रमणका कारण केराका बिरुवा र पात सुक्दै जाने, फलेका फल पाकेको जस्तो पहेँलो देखिने र विस्तारै सुकेर भुइँमा खस्ने समस्या देखिन थालेको नवलपरासी केरा उत्पादन सङ्घका अध्यक्ष लख्खु यादवले बताए । जिल्लाको सुस्ता र प्रतापपुरमा करिब एक हजार छ ...