पालिकाको खातामा रहेको रकमको ६० प्रतिशत बैंकले निक्षेपमा गणना गर्न पाउने, ६० अर्ब निक्षेप थपिने
पालिकाको खातामा रहेको रकमको ६० प्रतिशत बैंकले निक्षेपमा गणना गर्न पाउने, ६० अर्ब निक्षेप थपिने

— अब वाणिज्य बैंकहरुले स्थानीय तहको सञ्चित खातामा रहेको रकमको ६० प्रतिशत निक्षेपमा गणना गर्न पाउने भएका छन् । अर्थमन्त्री प्रकाशशरण महतले उक्त निर्णय गरेका हुन् । उक्त निर्णय कार्यान्वयनका लागि आइतबार मात्र नेपाल राष्ट्र बैंकलाई पत्र पठाइएको अर्थ मन्त्रालयको प्रवक्ता धनिराम शर्माले बताए ।

अब राष्ट्र बैंकले निर्देशन जारी गरेपछि मात्र उक्त निर्णय कार्यान्वयन हुनेछ । उक्त निर्णय कार्यान्वयनमा आएपछि तत्काल बैंकहरुमा करिब ६० अर्ब रुपैयाँ थपिनेछ ।

बैंकहरुले गत असार मसान्तसम्म स्थानीय तहको खातामा रहेको रकमको ८० प्रतिशतसम्म निक्षेपमा गणना गर्दै आएका थिए । अर्थ मन्त्रालयले निर्णय नगरेकै कारण साउन १ देखि भने उक्त सुविधा खोसिएको थियो । अहिले यसअघिको ८० प्रतिशतको सीमा घटाएर ६० प्रतिशत बनाएर फेरी उक्त सुविधा निरन्तर गरिएको हो ।

निर्णयमा यो सुविधाको अवधि नतोकिए पनि क्रमशः घटाउँदै लैजाने भन्ने रहेको अर्थ मन्त्रालयका प्रवक्ता शर्माले बताए । यसरी प्राप्त रकमका आधारमा बैंकहरुले प्रवाह गर्ने कर्जाको सदुपयोगिताबारे अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक समिति गठन गरिएको र समितिको सुझावका आधारमा यो सुविधा निन्तरता हुने नहुनेबारे निर्णय हुने प्रवक्ता शर्माको भनाइ छ ।

स्थानीय तहको खातामा रहेको रकमको ६० प्रतिशत बैंकलाई निक्षेपमा गणना गर्न दिनेबारे अर्थ मन्त्रालयको निर्णयको पत्र भर्खरै प्राप्त भएको राष्ट्र बैंक स्रोतले पुष्टि गरेको छ । उक्त निर्णय कार्यान्वयनका लागि केहीदिन भित्रै निर्देशन जारी गर्ने राष्ट्र बैंक स्रोतले जनायो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। चेक अनादर मुद्दामा दुई वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था गर्न सांसदहरु सहमत भएका छन् । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थ समितिमा आइतबार भएको दफाबार छलफलमा चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय गर्ने व्यवस्था राख्ने सहमति भएको हो । समिति सभापति सन्तोष चालिसेले चेक अनादर ...
। कोरोनाकालदेखि थुप्रिएका खाली कन्टेनरका कारण वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनमा समस्या आएको छ । थुप्रिएका कन्टेनरमध्ये अधिकांश कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेडका रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी गराएको छ । समितिले यी कन्टेनर फिर्ता लगेर बन्दरगाह व्यवस्थापनमा सहयोग गर्न भारतीय पक्षसँग आग्रह गरेको छ । सोमबार समिति र लिमिटेडका अधिकारीहरूबीचमा वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थित रूपमा कार्गो ...
। बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको संक्रमण देखिएपछि किसान चिन्तित बनेका छन् । फलेकसीकाटोकाको संक्रमणका कारण केराका बिरुवा र पात सुक्दै जाने, फलेका फल पाकेको जस्तो पहेँलो देखिने र विस्तारै सुकेर भुइँमा खस्ने समस्या देखिन थालेको नवलपरासी केरा उत्पादन सङ्घका अध्यक्ष लख्खु यादवले बताए । जिल्लाको सुस्ता र प्रतापपुरमा करिब एक हजार छ ...