अल्कारेज स्तब्ध,जोकोभिच फाइनलमा
अल्कारेज स्तब्ध,जोकोभिच फाइनलमा

— रुसी डानिल मेदभेदेभ शुक्रबार डिफेन्डिङ च्याम्पियन कार्लोस अल्कारेजलाई पराजित गर्दै यूएस ओपन टेनिसको फाइनलमा पुगेका छन् । उपाधिका लागि उनले २३ ग्रान्ड स्लाम जितेका नोभाक जोकोभिचसँग प्रतिस्पर्धा गर्नेछन् । यो फाइनल दुई वर्षअगाडि पुनरावृत्ति हुनेछ ।

मेदभेदेभले स्पेनका अल्कारेजलाई ७–६ (७/३), ६–१, ३–६, ६–३ ले पराजित गर्दै पाँचौं पटक प्रमुख प्रतियोगिताको फाइनल तय गरेका हुन् । सन् २००८ मा रोजर फेडेररले न्युयोर्कमा उपाधि रक्षा गरेयता त्यो अभियानमा पहिलो खेलाडी बन्ने दौडमा रहेका अल्कारेजको सपना यसपालि तुहिएको छ । ३६ वर्षे सर्बियाका जोकोभिचले सफलता हात पारेमा सर्वाधिक २४ ग्रान्ड स्लाम जित्ने कीर्तिमान बराबरी गर्दै उनी अर्को साता पुनः विश्व नम्बर एक बन्ने छन् ।

‘साँच्चै भन्ने हो भने उनको (अल्कारेज) खेल अविश्वसनीय छ, उनलाई पराजित गर्न आफैंभन्दा राम्रो गर्नुपर्छ र मैले त्यही गरेको हो,’ २७ वर्षे मेदभेदेभले भने । तेस्रो वरीयताका मेदभेदेभले २०११ मा यूएस ओपन जितेका थिए, जुन उनको खेलजीवनमा एक्लो ग्रान्ड स्लाम हो । मेदभेदेभको त्यो सफलताले १२ वर्षअघि एकै सिजनमा सबै चार ग्रान्ड स्लाम जित्ने जोकोभिचको अभियानलाई समाप्त पारेको थियो ।

मेदभेदेभले अल्कारेजविरुद्ध फेरि एक पटक सनसनी प्रदर्शन गरेका थिए । जुलाईमा विम्बल्डनको सेमिफाइनलमा यी स्पेनिस खेलाडीसँग एकतर्फी प्रतिस्पर्धामा पराजित भएको बदला पनि लिएका छन् । अल्कारेजले पहिलो सेटमा भने दबाब दिएका थिए । तर मेदभेदेभले संयमपूर्वक खेल्दै टाइब्रेकमा पहिलो सेट हात पारेका थिए ।

‘मैले त्यो सेटमा पूर्ण रूपमा होस गुमाएको थिएँ, ५० मिनेट चुनौती दिएपछि ४ अंक अगाडि मैले नियन्त्रण गुमाउन पुगें, त्यसपछि मलाई त्यो झेल्न गाह्रो भयो,’ अल्कारेजले भने । उनले पहिलो सेटमा एउटै सिंगल ब्रेक प्वाइन्टको सामना गर्नुपरेन । तर मेदेभेदेभले दोस्रो सेटमा आफ्नो वर्चस्व देखाए र केवल दुई अंकमात्र गुमाए भने शीर्ष वरीयताका खेलाडीविरुद्ध दुई पटक सर्भिस ब्रेक गरे ।




२० वर्षे अल्कारेजले तेस्रो सेटको खेलमा एउटा ब्रेक प्वाइन्टसहित आफ्नो पक्षमा परेका थिए । मेदभेदेभले चौथो सेटमा पनि सानदार प्रदर्शन गर्दै फाइनल यात्रा तय गरे । ‘जब खेल तपाईंको सही दिशामा गएको छैन, त्यस्तो बेलामा मैले समाधन खोज्नु जरुरी हुन्छ,’ अल्कारेजले भने, ‘अब म आफ्नो खेल परिवर्तन गर्न गइरहेको छु । यस्तो खाले खेलको दबाब झेल्न म त्यति परिपक्व भइसकेको छैन । त्यसैले मैले यो सिक्नुपर्नेछ ।’

जोकोभिचले २० वर्षे अमेरिकी खेलाडी बेन सेल्टनलाई ६–३, ६–२, ७–६ (७/४) ले पराजित गरेका थिए । उनी १७ पटकको सहभागितामा १० औं पटक यूएस ओपनको फाइनल पुगेका हुन् । ‘अर्को एक ग्रान्ड स्लाम फाइनल, म जहाँ छु, त्योभन्दा बढी खुसी हुन सक्दिनँ,’ जोकोभिचले भने । कोभिड–१९ को खोप लगाउन अस्वीकार गरेका कारण उनले गत वर्ष यो प्रतियोगिता खेलेका थिएनन् ।

फाइनलमा सफलता हात पारे उनी ओपन युगमा न्युयोर्कमा उपाधि जित्ने सबैभन्दा पाका खेलाडी बन्ने छन् । जोकोभिचले पछिल्ला २३ ग्रान्ड स्लाम सेमिफाइनलमध्ये २२ मा सफलता हात पारेका छन् । सन् २०१८ मा उनले आफ्नो तेस्रो तथा पछिल्लो यूएस ओपन उपाधि जितेका थिए । उनी एकै वर्षको चारै ग्रान्ड स्लाम फाइनलमा पुगेको यो तेस्रो पटक हो । मेदेभेदेभलाई पराजित गरेमा उनी एकै वर्ष तीन ग्रान्ड स्लाम जित्ने कीर्तिमान चौथो पटक बनाउने छन् ।

‘ग्रान्ड स्लाममा मैले जुन सफलता पाएको छु, त्यसले मलाई चन्द्रमामा पुगेको अनुभूति गराएको छ,’ जोकोभिचले भने, ‘एकै सिजनमा सबै चार ग्रान्ड स्लाम फाइनल खेल्नु आश्चर्यजनक नै छ । यो सबैभन्दा ठुलो सफलता हो । यो यस्तो सफलता हो, जुन मैले सिजन सुरु हुनु अघि सोचेको थिएँ, सपना देखेको थिएँ ।’ विम्बल्डनमा भने उनी फाइनलमा पाँच सेटको प्रतिस्पर्धामा अल्कारेजसँग पराजित भएका थिए ।

४७ औं वरीयताका रूपमा यूएस ओपनमा खेलेका सेल्टन सोमबार प्रकाशित हुने विश्व टेनिस वरीयतामा शीर्ष २० भित्र आउने छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...