— अमेरिकी किशोर खेलाडी कोको गउफले एक सेटले पछाडि रहेको स्थिति उल्टाउँदै शनिबार बेलारुसकी आरयना सबलेन्कालाई पराजित गर्दै यूएस ओपन जितेकी छन् । उनले जितेको यो पहिलो ग्रान्ड स्लाम उपाधि हो ।
आर्थर ऐस स्टेडियम कोर्टमा उत्कृष्ट प्रदर्शन गर्ने क्रममा १९ वर्षीया गउफले दुई घन्टा छ मिनेट चलेको खेल २–६, ६–३ र ६–२ ले आफ्नो पक्षमा पारिन् । फाइनल अगाडि फ्लोरिडाकी गउफसामू दोस्रो वरीयताकी सबलेन्का उपाधिका लागि बलियो प्रत्यासी थिइन् ।
तर फाइनलमा कीर्तिमान २८ हजार १ सय ४३ दर्शक अगाडि गउफको प्रदर्शन निर्णायक रह्यो । जुलाईमा मात्रै गउफ विम्बल्डनको पहिलो चरणबाटै बाहिरिएकी थिइन् । त्यसपछि भने उनले वासिङटन र सिनसिनाटीमा उपाधि जितेकी थिइन् ।
उपाधिपछि गउफले भनिन्, ‘यो सफलताको मेरो जीवनमा धेरै महत्त्वपूर्ण राख्नेछ ।’