मोरक्को भूकम्पमा दुई हजारभन्दा बढीको मृत्यु
मोरक्को भूकम्पमा दुई हजारभन्दा बढीको मृत्यु

— मोरक्कोमा शक्तिशाली भूकम्पका कारण २ हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकन जिओलोजिकल सर्भेका अनुसार मोरक्कोको माराकेसबाट ७१ किलोमिटर दक्षिण पश्चिममा रहेको हाई एटलस माउन्टेनलाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति ६.८ म्याग्निच्युडको भूकम्प आएको हो । स्थानीय समयअनुसार राति ११ बजे आएको भूकम्पको गहिराइ १८.५ किलोमिटर रहेको बताइएको छ ।

शनिबार रातिसम्म १ हजार ४ सय जना गम्भीर घाइते रहेको बीबीसीले उल्लेख गरेको छ । मोरक्कोका आन्तरिक मामिला मन्त्रालयका अनुसार भूकम्पको धक्काबाट थुप्रै भवन तथा भौतिक संरचना भत्किएका छन् । कतिपय भत्किएका भवनमा मानिसहरू पुरिएर रहेको हुन सक्ने आकलन गरिएको छ । भूकम्पबाट ठूलो संख्यामा मानिसहरू घाइते भएपछि उपचारका क्रममा रगत अभाव हुँदा रक्तदानका लागि माराकेसस्थित सयौं मानिस लामबद्ध भएका छन् । रक्तदान केन्द्रमा एम्बुलेन्स नै लगेर रगत संकलन गरिएको पनि स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै घाइतेहरूको उपचारका लागि रगत अभाव हुन सक्ने भन्दै स्वास्थ्यकर्मीहरूले रक्तदानका लागि आह्वान गरेका छन् । घाइतेहरूको उद्धारका लागि सरकारी अधिकारीसहित स्वयंसेवकहरू खटिरहेका छन् ।

भूकम्पका कारण मोरक्कोमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै थुप्रै देशका प्रमुखहरूले समवेदना प्रकट गरेका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त घटनाप्रति गहिरो समवेदना प्रकट गर्दै ऐक्यबद्धता व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत सन्देश लेख्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् । साथै मोरक्कोले व्यहोर्नुपरेको पीडाप्रति युक्रेनले समवेदना प्रकट गरेको जेलेन्स्कीले जनाएका छन् ।

टर्कीका राष्ट्रपति रेसेप तैय्यप एर्दोगानले मोरक्कोलाई सहयोगको घोषणा गरेका छन् । उनले सहयोगका लागि आफूहरू तयार रहेको भन्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि मोरक्कोको भूकम्पप्रति दुःख र समवेदना व्यक्त गर्दै सहयोग उपलब्ध गराउने बताएका छन् । ‘मोरक्कोमा भूकम्पबाट भएको जनधनको क्षति र विनाशबाट मलाई गहिरो दुःख लागेको छ । त्यहाँ आवश्यक सहयता उपलब्ध गराउन अमेरिका तयार छ,’ बाइडेनले उल्लेख गरेका छन् । यस्तै चिनियाँ राष्ट्रपति सी चिनफिङले पनि मोरक्कोलाई समवेदना सन्देश पठाएका छन् ।

यस्तै रेडक्रसको अन्तर्राष्ट्रिय महासंघले मोरक्कोमा २४ देखि ४८ घण्टाको अवधिमा आपत्कालीन उद्धार टोली खटाउन सकिने जनाएको छ । यसैबीच मोरक्कोमा भूकम्पपछि सुनामीको खतरा भने नभएको सरकारले जनाएको छ । भूकम्पपछि दर्जनौं परकम्पहरू गए पनि त्यसले सुनामी निम्त्याउने प्रक्षेपण गरिएको छैन । ती परकम्पहरूले पहिलो भूकम्पभन्दा सानो धक्का दिइरहेका छन् । मोरक्कोमा यसअघि पनि विभिन्न समयमा शक्तिशाली भूकम्पले ठूलो क्षति पुर्‍याएका थिए । २००४ मा शक्तिशाली भूकम्प जाँदा ६ सय २८ जनाको मृत्यु भएको थियो । त्यस्तै १९६० को शक्तिशाली भूकम्पमा १२ हजारको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...