मुख्य समाचार
कीर्तिमानी गोलबाट चुके अञ्जन
कीर्तिमानी गोलबाट चुके अञ्जन

— अञ्जन विष्ट नेपालका लागि सर्वाधिक गोलको कीर्तिमान बराबरी गर्नबाट शुक्रबार चुकेका छन् । उनको त्यही असफलताका कारण नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा शुक्रबार म्यानमारसँग गोलरहित बराबरी खेल्नुपरेको छ । खेलको ६३ औं मिनेटमा नेपाललाई पेनाल्टीको अवसर प्राप्त भएको थियो ।


म्यानमारका डिफेन्डर फ्यो विनले आफ्नो बक्समा बल ह्यान्ड गरेपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो । तर, त्यसमा अञ्जनले गरेको प्रहारलाई विपक्षी गोलरक्षक जित फ्योले गोल हुन दिएनन् । उनले त्यसमा नेपाललाई अग्रता दिलाउन सकेको भए हरि खड्का र नीराजन रायमाझीको नाममा रहेको १३ गोलको कीर्तिमानसँग बराबरी हुन्थ्यो ।



उनी म्यानमारविरुद्ध गोल गर्ने पहिलो नेपाली खेलाडी पनि हुन सक्थे । त्यसलाई छाडेर यांगुनको थुउन्ना रंगशालामा भएको खेल दुवै टिमले केही अवसर सिर्जना गरे पनि गोल भने हुन सकेन । खेलको अधिकांश समय म्यानमार भने नेपालमाथि हाबी रह्यो । दोस्रो हाफमा नेपालको प्रदर्शन धेरै हदसम्म फितलो रह्यो ।

यसै खेलबाट नेपालका लागि जिलेप्सीजंग कार्की र हिसुब थपलियाले डेब्यु गरेका छन् । आर्मीका जिलेप्सीले सुरुआती ११ मै परेका थिए । जावलाखेल युथका हिसुब सब्स्टिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए । उनले अञ्जन विष्टलाई सब्स्टिच्युट गरेका थिए । नेपाल र म्यानमारबीचको यो चौथो अन्तर्राष्ट्रिय खेल हो ।

यसअघिका सबै तीन खेलमा नेपाल पराजित थियो । नेपालले म्यानमारलाई बराबरीमा रोकेको यो पहिलोपल्ट हो । लाओसविरुद्ध अर्को महिना हुने एसियाली विश्वकप तथा एसिया कप छनोटको तयारीकाक्रममा नेपाली टोली दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलका लागि म्यानमार गएको हो । अब दोस्रो खेल सोमबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— म्यानचेस्टर सिटीका व्यवस्थापक पेप ग्वार्डिओलाले मंगलबार क्लबसँग थप एक वर्षको अनुबन्ध गरेका छन् । यससँगै इंग्लिस प्रिमियर लिगमा स्पेनी प्रशिक्षकको बसाइ १० वर्ष पुग्ने भएको छ । ग्वार्डिओला सन् २०१६ मा सिटी आएका थिए र त्यसयता उनले क्लबका लागि १६ उपाधि जितिसकेका छन् । त्यसमा छ प्रिमियर लिग उपाधि पनि पर्छन् । यस सिजनको अन्त्यसँगै ...
— लिभरपुल मिडफिल्डर डोमिनिक सबोस्लाईले पेनाल्टीबाट गरेको गोलमा हंगेरीले यूईएफ नेसन्स लिगमा मंगलबार जर्मनीलाई १–१ को नाटकीय बराबरीमा रोकेको छ । सबोस्लाईले दोस्रो हाफको इन्ज्युरी समयको नवौं मिनेटमा बराबरी गोल गरेका हुन् । जर्मनीले फेलिक्स एनमेचाको गोलले ७६ औं मिनेटमा अग्रता लिएको थियो र जिततर्फ अग्रसर देखिएको थियो । बराबरीका बाबजुद जर्मनीले लिग–वान ग्रुप–थ्री जित्ने निश्चित भइसकेको ...
। यूईएफए नेसन्स लिग फुटबलअन्तर्गत भएको खेलमा स्पेनले रोमाञ्चक जित निकालेको छ । लिग ए समूह ४ अन्तर्गत गएराति भएको खेलमा स्पेनले स्वीट्जरल्याण्डलाई ३-२ गोलअन्तरले हराएको हो । स्पेनको जितमा येरेमी पिनो, ब्रायन गिल र ब्रायन जारागोजाले एक-एक गोल गरे । स्वीट्जरल्याण्डका जोएल मोन्टेरो र एण्डी जेकिरीले एक-एक गोल गरे । रोमाञ्चक खेलमा स्पेनले दुईपटकसम्म अग्रता लिँदा ...
। पाकिस्तानसँगको तीन खेलको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अस्ट्रेलियाले क्लिन-स्वीप गरेको छ । सोमबार भएको तेस्रो खेलमा ७ विकेटको जित निकाल्दै अस्ट्रेलियाले सिरिज ३-० ले जितेको हो । पाकिस्तानले दिएको ११८ रनको लक्ष्य अस्ट्रेलियाले ११.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । अस्ट्रेलियाका मार्कस स्टोइनिसले २७ बलमा ५ चौका र ५ छक्कासहित ६१ रनको अविजित पारी ...
। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को प्रायोजकमा एनसेल पनि जोडिएको छ । एनपीएलको पहिलो संस्करणलाई थप प्रभावकारी बनाउन एनसेललाई ‘पावर्ड बाई’ प्रायोजकका रूपमा अनुबन्ध गरिएको जनाइएको छ । एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रालि र क्यानको संयुक्त पहलमा यो महत्त्वपूर्ण प्रायोजन सम्झौता सम्पन्न भएको हो । यसअघि ...