यूएस ओपन : उपाधि दाबीमा सबालेन्का र गउफ
यूएस ओपन : उपाधि दाबीमा सबालेन्का र गउफ

— अमेरिकी किशोरी कोको गउफले मौसमलाई लिएर भइरहेको प्रदर्शनको बाधाबीच बिहीबार यूएस ओपन टेनिसको फाइनल यात्रा तय गरेकी छन् । उनले अब उपाधि भिडन्तमा बेलारुसकी अर्यना सबालेन्काको सामना गर्नेछिन् ।


सबालेन्काले भने कठिन जित निकाल्दै आफ्नो दोस्रो ग्रान्ड स्लाम उपाधि जित्ने सपना कायम राखिन् । गउफले पहिलोपल्ट ग्रान्ड स्लामको फाइनल प्रवेशका लागि चेक गणतन्त्रकी दसौं वरीयताकी क्यारोलिन मुचोभालाई ६–४, ७–५ ले पराजित गरिन् ।


विरोधबीच दोस्रो सेटमा ४९ मिनेट खेल रोकिएको थियो । त्यसमा १९ वर्षीया गउफले आफूलाई मानसिक रूपमा दरिलो राखिन् । आर्थर एस स्टेडियममा वातावरण समर्थक कार्यकर्ताले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीलाई हटाएपछि फेरि खेल सुरु भएको थियो । त्यसमध्ये चार प्रदर्शनकारीलाई प्रहरीले समातेको छ । फेरि खेल सुरु भएयता गउफले कडा चुनौती सामना गर्नुपरे पनि उनको प्रदर्शन फाइनल पुग्न पर्याप्त रह्यो ।

जितपछि अमेरिकी किशोरीले प्रदर्शनकारीप्रति आफ्नो सहानुभूति रहेको बताइन् । उनले भनिन्, ‘मौसम परिवर्तनका कारण भइरहेको समस्यामा हामीले धेरै सुधार गर्न सक्छौं । यस्तो विरोध खेलका क्रममा नभएको भए हुन्थ्यो, तर प्रदर्शनकारीविरुद्ध म छैन । म खेलमा ६–४, १–० को स्थितिमा थिएँ, त्यही बेला विरोध सुरु भयो । यही प्रदर्शनकारीलाई लाग्छ कि यस्तै बेला विरोध गरे धेरै सुन्छन् भने मलाई केही भन्नु छैन ।’

पछिल्लो समय ठुल्ठूला खेल महोत्सवमा वातावरण समर्थक कार्यकर्ताले प्रदर्शन गर्दै आएकी छन् । विम्बल्डन र फ्रेन्च ओपनका क्रममा पनि विरोधका कारण खेल रोकिएका छन् । गउफ सन् १९९९ यता यूएस ओपनको फाइनल पुग्ने सबैभन्दा कान्छी अमेरिकी खेलाडी भएकी छन् । त्यसअघि यस्तै उपलब्धि सेरेना विलियम्सले हात पारेकी थिइन् । फाइनल शनिबार हुनेछ । उनले दोस्रो वरीयताकी खेलाडी सबालेन्काको सामना गर्नेछ ।

बेलारुसकी २५ वर्षीया सबालेन्का अहिले उच्च लयमा छिन् । उनी प्रतियोगितापछि निस्कने वरीयतामा विश्व नम्बर एक खेलाडी हुनेछिन् । यसअघिका शीर्ष वरीयताका खेलाडी इगा स्वाटिक प्रतियोगिताबाट बाहिरिएपछि सबालेन्का अगाडि जाने भएकी हुन् । तर, उनको जित भने सजिलो रहेन । यसका लागि कडा संघर्षबीच पुनरागमन विजय रच्नुपरेको थियो । उनले २ घण्टा ३२ मिनेट चलेको खेलमा अमेरिकाकी १७ वर्षीया म्याडिसन केयसलाई ०–६, ७–६ (७/१), ७–६ (१०/५) ले हराइन् ।

‘जसरी मैले हारको स्थितिबाट आफूलाई जितसम्म दोहोर्‍याएँ, त्यस प्रदर्शनमा मलाई गर्व छ । यो जित वास्तवमै अद्वितीय रह्यो,’ सबालेन्काले भनिन्, ‘मैले खेलका क्रममा आफूलाई प्रतिस्पर्धामा कायम राख्न प्रयास गरिरहें । मैले थप केही राम्रो गर्न कडा मिहिनेत पनि गरें ।’ उनले पहिलो सेटमा नचिताउने गरेर खराब सुरुआत गरेकी थिइन् । दोस्रो सेटमा उनी एक समय ५–४ ले पछाडि थिइन् । तर, अस्ट्रेलियन ओपनको पनि विजेता रहेका खेलाडी सबालेन्काले हार मानिनन् ।

उनले थपिन्, ‘हामी दुवैले टाइब्रेकमा ठीकै खेल्यौं । विशेषतः मैले चारैतर्फ अगाडि पछाडि गर्दै खेलें ।’ हारपछि केयस भने स्वाभाविक रूपमा स्तब्ध देखिएन र आफूलाई आँसु झार्नबाट रोक्न पनि सकिनन् । उनले भनिन्, ‘मैले खेलमा आफूले सक्दो खेलें । सायद कोही पनि खेलाडीले गर्न सक्ने भनेकै यति हो । मलाई टेनिस खेल्नुमै खुसी लाग्छ । जसरी म पराजित भएँ, त्यसमा दुःख त हुन्छ नै ।’ उनी दोस्रोपल्ट यूएस ओपनको फाइनल नजिक पुगेर पनि रोकिएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...